प्रिन्टिङ प्रेसको छापाबाट शुरु भएको पत्रकारिताको विकास अहिले इन्टरनेटको युगमा आइपुगेको छ । सूचना प्रविधिलाई आत्मसात् गर्दै अहिले इन्टरनेटमै रेडियो, टेलिभिजन, डिजिटल पत्रिका पाइन्छन् । हेर्दै, सुन्दै, पढ्न पाइने युगमा हाम्रा पाठक, दर्शक, श्रोता पनि त्यही खोजिरहेको हुनुहुन्छ । जसको कारण विश्वभर अनलाइन पत्रकारिताको महत्व बढिरहेको छ । नेपाल जस्तो अर्धशिक्षित र भौगोलिक विकटता भएको देशमा अनलाइनमै हेर्दै, सुन्दै, पढ्दै गर्ने पाठक, श्रोता र दर्शको संख्या बढिरहेको छ । यसैगरी अनलाईनकै अर्थात इन्टरनेटकै दर्शक श्रोता, पाठकलाई ध्याँनमा राखेर यस अमर मिडिया प्रा.लि. कटारी नगरपालिका ७, उदयपुरले पनि जनभाव डटकम (WWW.JANABHAV.COM) को शुरुआत गरेको छ । ‘विकासका निम्ति समाचार’ भन्ने नाराकासाथ शुरु भएको जनभाव डटकम डिजिटल पत्रिकाले समाज हुने भ्रष्टचार, अन्याय अत्याचार, लैंगिक हिंसा, समाजमा घटेका र लुकाएका घटना, विकास निमार्णमा हुने ढिलासुस्तीलाई विशेष प्रथामिकतामा राख्ने छ । समाजको तेस्रो आँखाको रुपमा रहेर सम्बन्धित पक्षलाई खबरदारी गर्दै नागरिकलाई सुसूचित गर्ने पहिलो प्राथमिकता जनभाव डटकमको हुनेछ । छिनछिनमा समाचार खोजिरहने पाठक, दर्शक, श्रोताको लागि जनभाव डटकम राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, खेलकुद, शिक्षा, विकास, स्वास्थ्य, कृषि, अर्थ, मनोरंजन, साहित्यलगायत सबै क्षेत्रका मुद्दाहरु लिएर आइरहने छ । पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै पत्रकार तथा सञ्चारमाध्यमको पेशागत मर्यादालाई प्रतिकुल प्रभाव पर्ने गरी कुनै पनि सरकारी, गैर सरकारी निकाय, व्यापारिक प्रतिष्ठान, संघसंस्था वा व्यक्तिबाट प्रभावित हुने छैन् । राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र आमजनताको पक्षधर बन्दै समाज रुपान्तरणको तेस्रो आँखाको रुपमा रहेर ‘विकासका निम्ति समाचार’भन्ने नाराकासाथ सम्बन्धित पक्षलाई खबरदारी गर्दै नागरिकलाई सुसूचित गरिरहने प्रतिवद्धता व्यक्त गर्दछु ।
–प्रधान सम्पादक