काठमाडौं । पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को विवादलाई लिएर आज (विहीबार) भएको वार्ता आध्यक्षद्वोयको विना निश्कर्ष सकिएको छ ।
अध्यक्षद्वोय केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको वार्ता बिनानिश्कर्ष सकिएको स्रोतको भनाइ छ । सत्तारुढ दल नेकपाको आन्तरिक विवाद समाधानका लागि भएको छलफलमा कुनै निश्कर्ष नआएको हो ।
सत्तारुढ दल नेकपामा सरकारले गरेको राजदूतको नियुक्ति सिफारिसदेखि मन्त्रिपरिषद् पुनर्गठन, कर्णालीमा देखिएको विवाद र रअका प्रमुखको नेपाल आगमनसमेतलाई लिएर विवाद भएको थियो । अध्यक्षद्वोयको विवाद निश्कर्षविही भएपछि अझै सशक्त बन्दै जाने अनुमान गरिएको छ ।
बालुवाटारमा अध्यक्षद्वयबीच सोही विषयमा छलफल भएको भएपनि कुनै सहमति नभएको बालुवाटार स्रोतले जानकारी दिएको छ । प्रचण्डले सरकार सञ्चालनमा एकलौटी गरेको, चौरसिया मृत्यु प्रकरण र कर्णालीमा विवाद गराएकोलगायत विषयमा ओलीसँग जवाफ मागेका थिए । स्रोतका अनुसार जवाफमा ओली कुनै उत्तर नदिएपछि विना निश्कर्ष सकिएको थियो ।
स्थायी कमिटी बैठकको निर्णयविपरित प्रधानमन्त्री ओलीले राजदूत नियुक्त, मन्त्रिपरिषद्को बिस्तार तथा हेरफेर, कर्णाली प्रकरण, पर्सा प्रकरण र कूटनीतिक मर्यादाविपरित भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुखसँग भेटवार्ता गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा छ ।
जसको कारण ओली बचाउन अभियानमा लाग्ने र प्रचण्ड बरिष्ठ नेता माधवकुमार नेपाल मसूह विरोधको पक्षमा उत्रेका छन् । ओलीले दुबै पक्षबीच बसेर छलफल गरौँ भन्ने कुरालाई दोहोर्याएका छन्, भने प्रचण्डले पार्टीको सचिवालय बैठक बोलाएर छलफल गर्नुपर्नेमा जोड दिएपछि ओलीले कुनै उत्तर नदिएको बालुवाटार स्रोतको भनाइ छ ।
विवाद नै भए पनि प्रचण्ड नेपाल समूहले सबै कुरालाई अब डकुमेन्टेसन गरेर अगाडि बढ्नुपर्ने रणनीति बनाएका छन् । ओली समूहले धम्की दिने, मिडियामा विभिन्न प्रकारका प्रचार गर्ने र अन्तिममा सम्झौता गर्ने रणनीति अख्तियार गर्ने स्रोतको भनाइ छ । यता प्रचण्ड नेपाल समूह बैठक राखेर विवाद समाधान गर्न शीर्ष नेताहरुलाई दबाव दिँदै आएका छन् ।