उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले ब्राउन सुगर सहित ३ जनालाई आईतबार पक्राउ गरेको छ । एक महिला सहित छुट्टा छुट्टै स्थानबाट ३ जना पक्राउ परेका छन् ।
प्रहरीले पक्राउ गरेको लागुऔषधको प्रति १ डोज मुल्य १ हजार पर्ने र ३२२ डोज अर्थात ३ लाख २२ हजारको ब्राउन सुगर सहित ७८ हजार ६ सय नगद समेत नियन्त्रकणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका (डिएपी) बेद प्रसाद गौतमले जानकारी दिए ।
गाईघाटको मेन चोकमा ब्राउन सुगर ल्याई राखेको भन्ने बिषेश सूचनाको आधारमा त्रियुगा नगरपालिका ११ का ३० बर्षिय सुमन बस्नेत पक्राउ परेका छन् । उनका साथ बाट ०.२० ग्राम ब्राउन सुगर र ९ हजार ६ सय २० रुपयाँ नगद, स ११ प ६५९६ नम्वरको स्कुटर समेत प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख (एसपी) भिम बहादुर दाहालले जानकारी दिए ।
बस्नेतलाई पक्राउ गरी सोधि खोजी गर्दा त्रि.नपा. १४ साउने घर भई गाईघाटमा १२ भाडामा बस्ने पार्वती मगरको कोठामा खान तलासी गर्दा २०.३४ ग्राम ब्राउन सुगर, ५७ हजार ८ सय नगद र ब्राउन सुगर प्रयोग गर्ने प्लेट, बिलेट, चुरोट, र सिक्का पैसा समेत फेला पारेको र मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको (एसपी)दाहालले बताए ।
आजै नसिब राईलाई पनि १६.३७ ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । बरुवा खोलामा लागुऔषाध ब्राउन सुगर ओसारपसार भईरहेको भन्ने सूचनाको आधारमा राईलाई पक्राउ गरेको हो । राईको साथ बाट ११ हजार २ सय र स १० प ९५३३ नम्वरको मोटर साईकल समेत बरामद गरेको (एसपी) दाहालले बताए ।
उदयपुरमा ब्राउन सुगर निर्मुल तथा नियन्त्रन अभियान अन्तर्गत प्रहरीको बिषेश अप्रेसन अन्र्तगत हालसम्म ४५.३६ ग्राम ब्राउन सुगर सहित ९ जनालाई पक्राउ गरिसकेको एसपी दाहालले बताए । ब्राउन सुगर जिल्लामा ठुलै मात्रामा कारोबारी र प्रयोगकर्ता रहेको उनले बताए ।