काठमाडौं । संसद विघटनको निर्णय अगावै संसद सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको सार्वजनिक भएको रहस्य खुलेको छ ।
ओलीविरुद्ध बिहान साढे दश बजेनै संसद सचिवालयमा अविश्वसको प्रस्ताव दर्ता भएको सार्वजनिक भएको थियो । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपालसहित ओलीइतरका ९० सांसदको हस्ताक्षरसहित संसद सचिवालयमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वसको प्रस्ताव दर्ता गरिएको थियो ।
आफूविरुद्धको प्रस्तावको जानकारी पाएपछि प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर संसद विघटनको सिफारिस गराएको स्रोतको भनाइ छ । ओलीले आफूविरुद्धको कदम थाहा पाएलगत्तै नयाँ कदम चालेको बालुवाटार स्रोतले जनाएको छ ।
प्रचण्ड समूहका दुई मन्त्रीले दिएन्न राजीनामा
प्रधानमन्त्री ओलीको यस कदममा प्रचण्ड पक्षका भनिएका गृहमन्त्री राम बहादुर थापा बादल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दरिलो साथ दिएका छन् । थापा र भट्ट दुबैले आफू ओलीको पक्षमा रहेको प्रष्ट पारेका छन् ।
७ मन्त्रीले सामूहिक राजीनामा
संसद विघटन भएसँगै ओलीइतरका ७ मन्त्रीले सामूहिक राजीनामा दिँदा थापा र भट्टको राजीनामा नआउनुले पनि उनीहरु प्रधानमन्त्री ओलीको पक्षमा रहेको थप पुष्टि गरेको छ । सिंहदरबारमा पत्रकार सम्मेलन गरेर ऊर्जा मन्त्री वर्षमान पुन, वन मन्त्री शक्ति बस्नेत, कृषि मन्त्री घनश्याम भुसाल, पर्यटन मन्त्री योगेश भट्टराई, खानेपानी मन्त्री बीना मगर, शिक्षा मन्त्री र श्रममन्त्री रामेश्वर यादवले पदबाट राजीनामा दिएका हुन्।