फिल्म ‘झोला झाल’को सुटिङमा प्रहरीले हस्तक्षेप गरेको छ । फिल्मको शनिबारको सुटिङमा प्रहरीले हस्तक्षेप गरेको हो । सोमबार काठमाडौको शंखमुल चोकबाट सुरु भएको फिल्मको शनिबार पनि शंखमुल आसपासका स्थानमा छायाँकन हुँदै थियो । कोरोनाको समयमा पनि फिल्मको सुटिङ गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको हो ।
फिल्मका निर्माता सहित सम्पुर्ण युनिटलाई प्रहरीले ५ घन्टा नियन्त्रणमा लिएर छोडेको छ । करिब ५ बजे हामी सुटिङ प्याकअप गर्ने तरखरमा रहेको युनिटलाई प्रहरीले नियन्त्रणमा लिएर १० बजे छोडिदिएको निर्माण युनिटका एक सदस्यले बताए ।
दिनेश पाख्रिनको निर्माण तथा कथा रहेको फिल्ममा पटकथा, सम्बाद समेत निर्देशक मोक्तानकै रहेको छ । फिल्मले युट्युव, समाजका बिक्रिती लगायत हरेक बिषयमा झोलझाल हुने कथा उठाएको निर्देशक आरएल मोक्तानले बताए ।
कोरोनाको महामारीको समयमा पनि भिडभाड गरेर फिल्मको सुटिङ गरेको कारण नियन्त्रण लिएको उक्त सुटिङ युनिलाई सामान्य चेतावनी दिएर छोडिएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता सोमेन्द्र सिंह राठौरले बताए ।
रोहित रुम्बा, कविता राय, कालु राना, रस्मी भट्ट, रमेश बस्नेत, रेसम फिरिरि, शैलेस पहारी, सविना मल्ल ठकुरी, श्रृजना मल्ल ठकुरी, पवन नगरकोटी, अनिल लामा, दिनेश पोख्रिनलगायतको अभिनय फिल्लमा रहनेछ ।
दीपक आलेमगर, मिलन श्रेष्ठ, कर्णबहादर बिष्ट, टेकेन्द्र निर्माता रहेको फिल्मको कार्यकारी निर्माता शेखर लामा हुन् ।
बिकाश चौधरीको संगीत रहने फिल्मको छायाँकन रामेश्वर केसीले गरिरहेका छन् ।