सप्तरीको पश्चिमी भेग सुरुङ्गा नगरपालिका–१ चहका टोलीका जङगली हात्तीबाट पीडित ३६ दलित परिवारलाई नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीले राहत वितरण गर्नुभएको छ ।
उनीहरूलाई प्रतिपरिवार २५ किलो चामल, भुजा पाँच किलो, खाने तेल एक लिटर, नून एक किलो, दाल दुई किलो, कम्बल एक थान वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालले जानकारी दिनुभयो ।
केही दिनअघि कोशीटप्पु वन्यजन्तु आरक्षबाट जङ्गली हात्तीले स्थानीय करिया सदा, जतरु सदा, रामलोचन सदा, टुरा सदा, बौका सदा, मन्जय सदा, रामदेव सदा, लक्ष्मण मण्डल, श्यामसुन्दर सदासहितका घर तोडफोड गरेको थियो ।
हात्तीले उनीहरूको घर तोडफोड गर्नुको साथै अन्नपात खाँदा बिच्चलीमा परेका थिए । केही दिनयता कोशीटप्पु वन्यजन्तु आरक्षबाट दैनिक निस्केको हात्तीले जिल्लाको पूर्वी, उत्तरी र पश्चिमी भेगमा आतङ्क मच्चाउँदै आएको छ ।