उदयपुर : उदयपुरको कर्णाली भनेर चिनिने विकट लिम्चुङबुङ गाउँपालिकामा कृषि उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ ।
गाउँपालिकाले जनता धनी नबनि पालिकाको विकास र समृद्धि सम्भव नहुने भन्दै कृषि र पर्यटनलाई महत्वपुर्ण योजना बनाएर गघि बढेको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले बताए ।
कृषिलाई प्राथामिकतामा राखेर ‘अध्यक्ष कृषि परियाेजना’ संञ्चालन गरेर किसानलाई प्रोत्साहन गरिएको पालिकाले जानएको छ ।
लिम्चुङबुङमा कृषिका लागि योग्य जमिन भएता पनि यहाँका किसानहरुले स्थानीय बजार नहुँदा कृषिजन्य उत्पादनका बस्तुहरु ब्रिक्रि वितरण गर्न नपाएको र आफ्नो आवश्यकता अनुसार मात्र उत्पादन गर्ने गरेकोले बढीबढी उत्पादन गर्न लगाएर कृषि सामाग्रीहरु बिक्री वितरणका लागि पालिकाले स्थानीय हाट बजारको व्यवस्था समेत मिलाएको अध्यक्ष राईले जानकारी दिए ।
‘अध्यक्ष कृषि परियाेजना’ मार्फत कृषकहरुलाई आत्मनिर्भर मात्र हैन, परिश्रमी र आर्थीक आर्जनको माध्याम बन्यो अध्यक्ष राईले भने,‘पालिका तरकारीमा आत्मर्निभर मात्र हैन यहाँबाट बाहिर समेत बिक्री, वितरण हुन थालेको छ ।’ पालिका भित्रको गाउँवस्तिमा उत्पादित कृषि उत्पादन पालिकामै निर्माण भएको कृषि बजारमा लगेर बेच्न सकिने भएपछि स्थानीयहरु व्यवसायी कृषि उत्पादन तर्फ लागि परेका छन ।
लिम्चुङबुङमा विषेश गरि टमाटर, साग, करेला, चुच्चे करेला, फर्सी, आलु, बोडी, काउली, लसुन, प्याज, सुन्तला, बिभि, अदुवा र बेसार उत्पादन हुने गरेको छ । अध्यक्ष राईले सबै उत्पादनलाई लिम्चुङबुङ कृषि बजारमा लागि बिक्रि वितरण गर्न समेत आग्रह गरेका छन।
सडक संञ्जालले छोएको छ, यातायातको पहुँच पुगेको छ । स्थानीय सरकारले समेत प्रौत्साहन गरि रहेको छ । अहिले सम्म यहाँका मान्छेहरुले केहि तरकारी बेचेको थाहा थिएन। तर यसपाली देखी किसानले प्रश्सत मात्रामा तरकारी बेचेका र आफुले साग मात्रै ९० के.जि बेचेको लिम्चुङबुङ ५ का कृषक भुपाल कार्कीले बताए ।
तरकारीमा आत्मर्निभर मात्र हैन, यसपाली हामीले एउटा टोलबाट मात्रै २ जना मिलेर तरकारी संकलन गरेरी करिव ३ हजार के.जी तरकारी गाईघाट पठाएको लिम्चुङबुङ गाउँपालिका ५ का कृषक बासु परियारले बताए ।
अध्यक्ष राईले गाउँमा भएको उत्पादनलाई स्थानीय स्थरमै भरपर्दो मुल्यमा बिक्रि गर्न कृषि बजारले ठुलो मदत गरेको बताए । त्यहाँ उत्पादित कृषि उत्पादनहरु सफा र आर्गनिक हुने पनि स्थानीय कृषकहरुले बताउँछन् ।