उदयपुर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को त्रियुगा नगरपालिकाको नगर कमिटीको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । विहीबार गाईघाटमा भएको एक कार्यक्रममा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।
अध्यक्ष प्रकाशकुमार बस्नेत र सचिव गीता कार्की नेतृत्व त्रियुगा नगर कमिटीको शपथ ग्रहणसँगै पूर्णता पाएको नेकपा त्रियुगाले जानकारी दिएको छ । अध्यक्ष बस्नेतका अनुसार तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि गठन भएको नेकपाले त्रियुगा नगरपालिकामा पनि एकता टुंग्याएको छ । उनका अनुसार सदस्यहरु यस प्रकार रहेका छन् ।
केसब प्रसाद घिमिरे, युवराज राई, दलबहादुर राउत, गणेश दनुवार, बिपिन आचार्य, बद्रीप्रसाद गेलाल, ओमबहादुर खड्का, योगेन्द्र दाहाल, बिक्रमी महतो थारु, कुलबहादुर राउत, कुबेरकान्त काफ्ले, रोहित रिजाल, थिरबहादुर तामाङ, जोतबहादुर खड्का, दुर्गा श्रेष्ठ, रमेश कार्की, ध्वजकुमार राउत रहेका छन् ।
यसैगरी दिनेश चौधरी, संकर थापा, नरबहादुर खड्का, तिर्थ दनुवार, देबनारायण चौधरी, सारदा दनुवार, सकुन्तला बिक, ज्ञान बहादुर खत्री, पान्डु परियार, बिष्णु ओलि राई, जितेन्द्र महतो, मनोज चौधरी, बिष्णु श्रेष्ठ, घमान सिंह खत्री रहेका छन् । यसैगरी टीकाकुमार श्रेष्ठ, भिमबहादुर खड्का, कुमार घिमिरे, गोमा बिष्ट, मानबहादुर सिक्देल, भुवन दाहाल, हितमान बिक, अर्जुन बस्नेत, ईश्वर खड्का, महेस पौडेल, नेत्र बहादुर मगर, बिना राई, रिता पाठक, दुर्गा कार्की, जिवनी राई, रुपा तामाङ, गोमा कार्की, धनदेबी सुयल, मैयाकुमारी राई, सनमाया दनुवार, मैया कटुवाल, उर्मिला श्रेष्ठ, ज्ञानुमाया लामा, दिपक किराँती रहेका छन् । यसैगरी पवन नुरि शेर्पा, शिव बास्तोला, टेकबहादुर राई, थामबहादुर बराइली, मेम बिक, तिलकबहादुर कार्की, बेदप्रसाद आचार्य, गोपाल कट्टेल, केसब आचार्य, भरत कार्की, मनोज पौडेल, डिकबहादुर सुतार, युवराज बुढाथोकी रहेका छन् ।
यसैगरी राजकुमार शर्मा, ईश्वरमान राई, हरि राउत, कर्ण राई, तारिणी थापा मगर, तुलबहादुर मगर, कृष्णकुमार तामाङ, ज्ञानेन्द्र मगर, राधारमण खतिवडा, कासी कार्की, गजेन्द्र राई, कमलबहादुर कटुवाल, प्रलाद खड्का, राजन ढकाल, यादव पोखरेल, दुण्डी घिमिरे, गणेश कार्की, ओम श्रेष्ठ, पुर्ण पौडेल, कमला खड्का, रत्न न्याउपाने, गोबिन्द खड्का, चक्र कार्की, गम्बरसिंह बराल र रामकृष्ण राजधामी रहेका छन् ।
नगर सचिवालय पनि गठन गरेको छ । जसमा अध्यक्ष बस्नेत र सचिव कार्कीसहित सदस्यहरु यसप्रकार छन् । केसबप्रसाद घिमिरे, युवराज राई, दल बहादुर राउत, गणेश दनुवार, बिपिन आचार्य, बद्री प्रसाद गेलाल, ओमबहादुर खड्का, योगेन्द्र दाहाल, बिक्रमी महतो थारु रहेका छन् । यसैगरी कुलबहादुर राउत, कुबेरकान्त काफ्ले, रोहित रिजाल, थिरबहादुर तामाङ, बिना राई, रिता पाठक, दुर्गा कार्की, जिवनी राई, गोमा कार्की, रुपा तामाङ, दिपक किराँती, पवन नुरि शेर्पा, राजकुमार शर्मा, थाम बहादुर बराइली, शिव बास्तोला, तारिणी थापा मगर रहेका छन् ।
नेकपा त्रियुगा गरे कार्यलय टिम पनि गठन गरेको छ । जसमा अध्यक्ष र सचिव सहित सदस्यहरु यसप्रकार छन् । केसबप्रसाद घिमिरे, युवराज राई र बिना राई रहेका छन् । शपथ ग्रहण कार्यक्रममा नेकपा प्रदेश १ का सचिव सुरेशकुमार राई(हिमाल), उदयपुर इन्चार्ज बलदेव चौधरी, नेकपा उदयपुरका अध्यक्ष विनोद कटुवाल दिवशको उपस्थिति रहेको थियो ।