उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका ३ स्थित रामजानकी माध्यामिक बिद्यालयका प्रधानाध्यापक र लेखा मिलेर शिक्षकहरुको तलब भत्ता अनियमिता गरेको पाईएको छ।
शिक्षकको कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कर जम्मा नगरेको र तलब भत्ता नपाएको भन्दै शिक्षकहरुले प्रेस विज्ञप्ती जारी गर्दै प्रशासनमा उजुरी गरेका छन। राज्यले दिएको सेवा सुविधा जम्मा नगरि बैकको नक्कली भौचर बनाएर लेखापालले विद्यालयमा पेस गरेको शिक्षकहरुले बताएका छन।
शिक्षकहरुको सेवा सुविधा निकासा गर्दै प्रधानाध्यापक देवनाथ चौधरी र लेखापाल रामशखर राजधामीले अनिमियता गरेको शिक्षकहरु बताउँछन । “असोज महिनाको तलब र दशौं खर्च समेत नआएको लेखापालले आउछ आउछ भन्दै टारेको शिक्षक दुर्गा प्रसाद भट्टराईले बताए।”
रामजानकी मा.वि.का १८ जना शिक्षकको विगत २ बर्ष देखी सामाजिक सुरक्षा कर र कर्मचारी सञ्चय कोष समेत बिद्यालयले नतिरेको र करको लागि शिक्षकहरुको तलबबाट कटौती गरेको शिक्षक खगेन्द्र प्रसाद पोख्रेलले जानकारी दिए । सामाजिक सुरक्षा कर, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमा पैसा जम्मा गरेको भनेर लेखापालले बैकको नक्कली भौचर बनाएर ल्याएको थाहा पाएपछि शिक्षकहरुले काठमान्डौं, बिराटनगर गएर ‘स्टेटमेन्ट’ हेर्दा पैसा जम्मा नगरेको पाईएको शिक्षक पोख्रेलले बताए।
शिक्षक पोख्रेलले भने,“लेखापालले लकडाउन भएको बेला चैत १३ गतेको कृते भौचर ल्याए अनि हामी बैंकमा बुझन जादा बंैकका म्यानेजरले त्यो समयमा बैंक बन्द भएको र कुनै पनि बंैकिङ कारोवार नभएको बताए पछि हामीले लेखापाललाई सोध्दा आलटाल गर्दै केहि दिनमा जम्मा हुने भनेर टारेको बताए ।”
सेवा सुविधा नपाएका शिक्षकले पटकपटक बिद्यालय व्यवास्थापन समिती र शिक्षक अविभावक संघलाई निवेदन दिँदा समेत समाधान नभएपछि प्रेस विज्ञप्ती जारी गरेर कानुनी प्रक्रिया गएको शिक्षक युवराज दाहालले बताए।
शिक्षकहरुले आफुले पाउँने सेवा सुविधा पाउँ भन्दै निवेदन हालेपछि किन निवेदन गरेको भन्दै धम्कि समेत आउँने गरेको बताए । कानुनी प्रक्रियाका लागि सबै ठाँउ चारेको र मिडियाको पनि सहयोग चाहिँने भएकाले प्रेस विज्ञप्ती जारी गरेको बताएका छन।
आर्थीक परिचाल गर्ने ठाँउमा र आर्थीक अनियमीताको छानमिन गर्ने ठाँउमा समेत सहायक प्र.अ.अष्ट बहादुर राई रहेकोले झन समस्या आएको शिक्षकहरु गुनासो गरे। कृते भौचर आउँदा समेत बिद्यालयको कुनै गल्ति नभएको बंैककै गति भएको भन्दै सहायक प्र.अ. राई पन्छिने गरेको शिक्षकहरुले बताए।
आर्थीक वर्ष २०७५÷०७६ को स्रेस्तामा दोस्रो र तेस्रो चौमासिकको सञ्चय कोष,नागरिक लगानिक कोष र कर दाखिलाको भौचर पेस गरेको नदेखिएको त्रियुगा नगरपलिका लेखा अधिकृत बिनया बस्नेतले जानकारी दिईन ।
शिक्षकहरुको समस्यालाई पटकपटक प्र.अ.सँग राख्दा लाल्टाल गरेको शिक्षक अविभावक संघ अध्यक्ष मेघनाथ दाहालले भन्ने, “यी समस्याहरुमा छलफल गर्दा लेखाबाट सबै कागजी प्रक्रिया मिलेर आएकोले सामाजिक लेखा परिक्षण पास भएको बताए।” पछि समस्या झन जटिल बन्दै गयो, र बैकको नक्कली भौचर पता लागेपछि प्र.अ. सग बुझदा प्र.अ.ले लेखापाललाई देखाउँने लेखापाल नबोल्ने भएपछि समस्या सत्तहमा आएको अध्यक्ष दाहाले बताए। उनका अनुसार समस्या प्र.अ. र लेखापालमै भएको बताए। देवनाथ चौधरी प्र.अ. भाको ४ बर्ष भयो तर कहिले कर्मचारी मिलाएर राख्न सक्नु भएन अविभावक संघका अध्यक्ष दाहाले गुनासो गरे ।
आवश्यक कागज पत्र लिएर ३ दिन भित्र जिल्ला प्रशासन कार्यालयमा प्र.अ. र लेखापाललाई पत्राचार गरिएको र यो बिषयमा छानविन गरेर दोसीलाई कार्वाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी शशी कुमार लम्सालले जानकारी दिए । प्र.अ. चौधरी उमेद हदबन्दिका कारण यहि मङ्सिर १६ गतेबाट अनिर्वाय अवकाज हुँदै छन । प्र.अ.चौधरी र लेखपाल राजधामीलाई कार्यालयमा भेट्न दाजा भाग्ने गरेको र टेलिफोनमा सम्र्पक गरेर पत्रकार बोलेको भन्ने बितिकै फोन कटाएर ‘फोन अफ’ गर्ने गरेका छन ।