खोटाङ । खर वा फुसको छाना विस्थापित गर्ने नेपाल सरकारको कार्यक्रमअनुसार यस वर्ष खोटाङका दुई हजार ३ सय ८८ घरमा जस्तापाताको छाना लगाइने भएको छ ।
नेपाल सरकारको सुरक्षित आवास कार्यक्रमअन्तर्गत खर ९फुस० वा कच्ची छाना भएका जनतालाई जस्तापाता वितरण गरिने भएको हो ।
यस वर्ष फुसको छाना भएका वृद्ध, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलालाई पहिलो प्राथामिकतामा राखेर जस्तापाता वितरण गरिने प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले जानकारी दिए । “आगामी वर्ष जिल्लाका अन्य खरको छाना भएका नागरिकको घरलाई समेत सम्बोधन गर्दै लगिनेछ”, उनले भने, “यस वर्ष जस्तापाता वितरण गर्ने जिम्मा जिल्लाका १० वटै स्थानीय तहलाई दिइएको छ ।”
शहरी विकास मन्त्रालयअन्तर्गत वितरण गरिने जस्तापाता यस वर्ष सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३ सय ४८ घर स्थानीय बासिन्दाले पाउने भएका छन् । यस्तै यसै वर्ष त्रिधार्मिकस्थल हलेसीसमेत रहेको हलेसी तुवाचुङ नगरपालिकामा ३ सय ४३ घरपरिवारको फुसको छानो हटाइने भएको छ ।
जिल्लाका १० वटै स्थानीय तहका प्रमुखको उपस्थितिमा भएको जस्तापाताको छाना वितरण गर्दा ऐँसेलुखर्क गाउँपालिकामा २ सय ३१, रावाबेँसी गाउँपालिकामा २ सय ६, जन्तेढुङ्गा गाउँपालिकामा २ सय २०, खोटेहाङ गाउँपालिकामा २ सय ८०, केपिलासगढी गाउँपालिकामा २ सय ११, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा २ सय ३, साकेला गाउँपालिकामा १ सय ५० र बराहपोखरीमा गाउँपालिकामा १ सय ९६ घरधुरीले जस्ता छाना पाउनेछन् ।
जस्तापाताको छाना वितरण गर्दा पुरानो मौलिक घरहरु ९खरको छाना भएको पुरानो संरचनाका घुमाउने घर०का घरधनीले संरक्षण गर्न चाहेमा स्थानीय सरकारले वैकल्पिक व्यवस्था गर्ने गरी संरक्षणमा सहयोग गर्ने निर्णय गरिएको छ । यस्तै भूकम्पमा परेको घर जसलाई राज्यले अनुदान दिइसकेको छ भने, त्यस्तो घरलाई उक्त सुविधा नदिने निर्णय गरिएको सांसद भट्टराईले जानकारी दिए ।
यस्तै घर छाडेर अन्यत्र बसोबास गर्दै आएका तर यताको पुर्ख्यौली घरसमेत नछाडेकाहरुलाई समेत यो सुविधा नदिइने सांसद भट्टराईले बैठकमा जानकारी दिए । सांसद भट्टराईले बैठकमा सहभागी स्थानीय तहका प्रमुखहरुलाई जिल्लामा सामाजिक सुरक्षा भत्ता वितरणमा देखिएको अनियमिततालाई रोक्न निर्देशन दिए ।
जिल्ला समन्वय समिति खोटाङको सभाहलमा आयोजना गरिएको बैठकमा सांसद भट्टराईले आगामी मंसिर १५ गते देशव्यापीरूपमा एकैसाथ प्रत्येक स्थानीय तहमा १५ शय्याको अस्पताल शिलान्यास गर्ने कार्यक्रम रहेकाले सबैलाई सहयोग गर्न आग्रह गरे । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा यस वर्ष छ स्थानीय तहमा उक्त कार्यक्रम रहेको छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा रहेको १५ शय्याको अस्पतालसमेत स्तरोन्नति गरेर ५० शय्याको बनाउने तयारी भइरहेको सांसद भट्टराईले जानकारी दिए । यसका लागि शहरी विकास मन्त्रालयले डिपिआर ९विस्तृत परियोजना प्रतिवेदन० बनाएर बोलपत्र खोल्ने तयारी गरिरहेको जनाइएको छ ।
विसं २०४८ मा स्थापना भएको उक्त अस्पतालमा श्यया अभाव भएपछि कतिपय बिरामी नजिकको होटल तथा आफन्तको कोठाबाट धाएर उपचार गराउन बाध्य छन् । स्थापना भएको २९ वर्ष बितिसक्दा समेत अस्पतालको स्तरोन्नति नहुनुमा सम्बन्धित निकायले चासो नदिएको जिल्लावासीको आरोप लगाएका छन् ।