उदयपुर : उदयपुरको बेलका नगरपालिका ७ मैनामैनी स्थित कोलोहोङ झरना प्रचार–प्रसार नहुँदा ओझेलमा परेको छ।
बेलका नगरपालिका ७ मैनामैनीको सुर्यचोकबाट करिब आधा घण्टाको पैदल यात्रापछि कोलोहोङ झरना पुगिन्छ । अर्को बाटो केशी पुल (चत्तहरा पुल) बाट बोटिङ गरेर पनि पुग्न सकिन्छ । यो झरनामा पुग्दा वेग्लै आनन्दको अनुभूति हुने गरेको स्थानीय शिक्षक हुकुम राईले जानकारी दिए।
पर्यटक पुर्याउनै समस्या
नगरपालिकाको कार्यालयबाट करिब १५ किलोमिटर टाढा पर्ने यो झरना निकै आकर्षक, मनमोहक, र घुम्न आउने पर्यटकको मनै लोभ्याउने गरेको झरना घुन्मन गएका आन्तरिक पर्यटक राजकुमार राईले बताए ।
झरना निकै आकर्षित र ठूलो भए तापनि प्रचार–प्रसार र मुख्य गरी सडक पु¥याउन नसक्दा कोलोहोङ झरनासम्म पर्यटक पु्ग्न नसकेको बेलका नगरपालिका ७ मैनामैनीका वडाध्यक्ष सुरेन्द्र राईले बताए।
वडाध्यक्ष राईले भने, ‘कोलोहोङ झरनासम्म पुग्ने सडक अब छिटै बन्ने उक्त सडक निर्माणका लागि प्रदेश सरकारकाट ४० लाख बजेट समेत विनियोजित भैसकेको र अब केही महिनाभित्र पु¥याइसक्ने योजनामा छौ।’ झरनाको वरिपरि “होमस्ट्रे र रिर्सोट” बनाउन लागिएको पनि वडाध्यक्ष राईले बताए।
१६९ फिट अग्लो झरना
कोलोहोङ झरनाको उचाइ १६९ फिट अग्लोसमेत रहेको वडाध्यक्ष राईले बताए। चतरा पुलबाट बोटिङ गरेर झरना जाने गेटमा झरेर ३० मिनेट सिढि चडेर पुग्न सकिन्छ । उक्त सिढि निमार्णका लागि प्रदेश सरकारबाट ४० लाख बजेट परेको र प्रचार–प्रसार गर्नका लागि नगरपालिकामा समेत माग राखेको साथै कोलोहोङ झरनालाई राम्रो प्रवर्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटकहरुलाई तान्न सकिने वडध्यक्ष राईले बताए।
क्यानाेनिङ गर्न शुरु
कोलोहोङ झरनामा क्याननिङ गर्न शुरु भएको वडाध्यक्ष राईले बताए । क्याननिङको अध्यान पुरा भएको र प्रदेश एककै क्याननिङको लागि उत्कृष्ट समेत रहेको अध्यक्ष राईले बताए । प्राविधीक टोली काठमान्डौंबाट आएर क्याननिङको लागि सबै काम पुरा गरेर गएको र विदेशी पर्यटकहरु मनोरञ्जनकका लागि धेरै भन्दा धेरै भित्र्याएर वडाबासी जनताको आर्थीक स्रोतका रुपमा झरनालाई भरपुर सदुपयोग गरिने वडाध्यक्ष राईले बताए ।
झरना निकै आकर्षक छ, यसको प्रचारप्रसार गरी पूर्वाधार निर्माण गर्नेतर्फ स्थानीय र प्रदेश सरकारले ध्यान दिनुपर्ने स्थानीय अगुवाहरुको भनाइ छ । बेलका नगरपालिकाका युवा भरत घिमिरेले पर्यटकीय क्षेत्रको विकासको लागि कोलोहोङ झरना एक कोशेढुंगा सावित हुने बताए।
‘झरना निकै राम्रो छ, पहरो र चट्टानी ढुङ्गाले झरनालाई आकर्षक देखाउँछ’, उनले भने, ‘यसको व्यापक प्रचारप्रसार गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउन सकिन्छ।’
छिट्टै प्रचारप्रसार थाल्छौँ
नगरपालिकाका मेयर दुर्गा कुमार थापाले झरनासम्म पर्यटकको चहलपहल बढाउन र आवश्यक प्रचारप्रसार थालिने बताए। झरनाको पूर्वाधार निर्माणको कार्य समेत भइरहेको समेत उनले बताए।
जिल्लाको पर्यटन गन्तव्य मध्य बेलका नगरपालिका पनि एक महत्वपुर्ण गन्तव्य भएको र कोलोहोङ झरनासम्म पर्यटकहरु नगरपालिकाले पु¥याउने वातावरण बनाउने मेयर थापाले बताए।