उदयपुर । उदयपुरमा जुवा खेलीरहेको अवस्थामा विभिन्न राजनीतिक दलका कार्यकर्ता, व्यापारी, ठेकेदार पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमका अनुसार दुई लाखभन्दा बढी नगदसहित पक्राउ परेका ९ जना जुवाडेमा व्यापारी, नेता रहेका छन् । प्रहरीको विशेष टोलीले त्रियुगा नगरपालिका १० करमगाछीबाट गएको राती पक्राउ गरेको हो ।
करमगाछि स्थित प्रेम भट्टराईको घरबाट भट्टराई समेत पक्राउ परेका छन् । भट्टराई काठ व्यवसायी हुन् । यसैगरी पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ का वर्ष ४० का मन्दिप राई पनि छन् । यसैगरी सोही स्थानका वर्ष ४० का राजनकुमार राउत ठेकेदार हुन् । त्रियुगा नपा १० का वर्ष २० का ईश्वर खड्का, त्रियुगा नपा १२ का वर्ष ४५ का बलबहादुर कार्की पनि पक्राउ परेका छन् । कार्की व्यापारी हुन् ।
त्रियुगा नपा १ का वर्ष ४० का नबिन राई, त्रियुगा नपा ८ साहीखाेलाका वर्ष ४२ का पुरुषोत्तम काकी छन् । त्रियुगा नपा ११ वर्ष ४१ का मेखबहादुर राई, त्रियुगा नपा ३ का वर्ष २९ का सुनिल चौधरी पक्राउ परेको गौतमले जानकारी दिए ।
पक्राउ पर्नेहरुको साथबाट तास १ बुक, मोबाईल १७ थान, कौडा १९ वटा, मोटसाइलको ६ थान चाबी, सुनको सिक्री २ थान, सुनको औंठी ३ थान , कृषि बिकास बैंकको १ लाखको चेक, नबिल बैंकको २ लाख दस हजारको चेक, नगद २ दुई लाख ४७ हजार एकसय ७ बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिइएको छ । केही विवरण अन्यथा हुन गएकाेमा सच्याइएकाे छ। सम्पादक