उदयपुरगढी । गाउँ गाउँमा भलिवल क्रेज बढ्दै गएको छ । वडादेखि स्थानीय, प्रदेश, संघीय सरकारले नै खेलकुदलाई प्रथामिकता दिन थालेपछि भलिवलको क्रेज बढेको हो ।
विभिन्न चाडपर्वमा कतै भाले कप, कतै खसी, राँगो कप आयोजना हुनुनै खेलप्रेमीको लागि सुनौलो अवसर हो । यसै उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्वर ३ को जरुवमा दशैँ सकिए लगतै तिहार छटको अवसरमा खुल्ला पुरुष भलिवल प्रतियोगिता सम्पन्न भएको छ । युवाहरुलाई खेलकुदमा मोह जगाउने उदेश्यले आयोजना गरिएको उक्त भलिवल प्रतियोगितको उपाधि हिमचुलि क्लब ताप्लिको हातमा परेको छ ।
हिजो (शुक्रबार) सम्पन्न भएको प्रतियोगितको फाइनल खेलमा सात भञ्ज्याङ् सक्रिय समाज ताप्लीलाई ३÷१ को सेटमा हराउँदै हिमचुली क्लब ताप्लीले उपाधि हात पारेको थियो । खेलको पहिलो सेट २५÷२० ले हिमचुलीले जितेको थियो । दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै सात भञ्ज्याङ् सक्रिय समाजले २७÷२५ ले जित्यो । रोचक प्रतिस्पर्धात्मक खेलको निर्णायक सेटमा फेरी हिमचुलिले २५÷२३ को जित निकाल्यो । लगातार दुई पटक जितेको हिम्चुली क्लवले २५÷२१ ले उपाधि कब्जा गरेको थियो ।
सात भञ्ज्याङ् सक्रिय समाज ताप्लीले दोस्रो उपाधिमा चित्त बुझाएको थियो भने प्रतियोगिताको तेस्रो स्थानमा लिम्चुङबुङ स्पोर्ट्स उक्लेको थियो । यता उदयपुरगढी गाउँपालिकाको नवप्रतिभा क्लब अधेरीले सान्तवाना पुरस्कार पाएको थियो ।
प्रतियोगितामा पहिलो हुने हिमचुली क्लब ताप्लीले नगद ३५ हजार र शिल मेडल र प्रमाणापत्र पाएको थियो । यसैगरी द्वितीय स्थान हासिल गरेको सात भञ्ज्याङ् सक्रिय समाज ताप्लीले नगद २५ हजार र प्रमाणपत्र र मेडल पाएको थियो । तृतीय स्थान प्राप्त गरेको लिम्चुङबुङ स्पोर्ट्स टिमले १५ हजार तथा प्रमाणपत्र लिएर घर फर्केको थियो । यता सन्तवना पुरस्कार पाउने नवप्रतिभा क्लब अधेरीले ५ हजार तथा प्रमाणपत्र प्राप्त गरेको आयोजकले जानकारी दिइएको छ ।
प्रतियोगितामा विजयी खेलाडीहरुलाई प्रमुख अतिथि उदयपुरगढी गाउँपालिका उपाध्यक्ष सानुकुमारी राउत तथा विशेष अतिथिहरु वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कार्की तथा वडा नम्बर २ का वडा अध्यक्ष इन्द्रबहादुर राउतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताको समापन समारोहमा गाउँपालिका उपाध्यक्ष सानु कुमारी राउत तथा विशेष अतिथिहरु वडा नम्बर ३ का अध्यक्ष मनोज कार्की तथा वडा नम्बर २ का अध्यक्ष इन्द्र राउतले तिहार तथा छटको सुभकामना दिदै स्थानीय सरकार खेलकुदको विकासमा प्रतिबद्ध रहेको पनि बताएका छन् ।
कोरोना भाइरस संक्रमणको महामारीबीच उच्च सुरक्षा सतर्कता अपनाएर खेल संचालन गरिएको थियो । उदयपुरगढी गाउँपालिका ३, बर्रे र बाह्रविसे युवा क्लवको संयुक्त आयोजनामा भएको भलिबल खेल कार्तिक २५ गते नेकपा नेता देवकुमार गिरिको प्रमुख आतिथ्यतामा सुरु भएको थियो । कार्यक्रममा उदयपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको परेवा झरनाको प्रचारप्रसार पनि गरिएको थियो । िजल्लका विभिन्न स्थानीय तहका १८ समूहले सहभािगिता जनाएका थिए ।