एजेन्सी । संयुक्तराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेन विजयी भएका छन् । अमेरिकाको उपराष्ट्रपति पदमा पनि सोही पार्टीका अश्वेत एवं दक्षिण एसियाली मूलकी कमला ह्यारिस अमेरिकामा पहिलो महिला उपराष्ट्रपति पदमा विजय भएकी छिन् ।
जमाइकाली मूलका डोनाल्ड ह्यारिस र भारतीय मूलकी श्यामला गोपालनकी जेठी छोरीका रुपमा ५५ वर्षअघि कमलाको जन्म भएको हो । उनिहरुकी जेठी छोरीका रुपमा कमलाको जन्म भएको थियो । बिहे गरेको केही वर्षमै कमलाका बावु र आमाको सम्बन्ध विच्छेद भएको थियो ।
पितासँग अलग भएपछि कमला र उनकी बहिनी माया दुवै छोरी आमासँगै हुर्किएका थिए । हाइस्कुलको पढाइ सकिनेबित्तिकै कमलाले वकिल बन्न अगाडिको पढाइ तयारी गरेकी थिइन् । पच्पन्न वर्षीया कमला ह्यारिसले शुरुमा अमेरिकाको राष्ट्रपति पदका लागि उम्मेदवार हुने बताइएको थियो । तर उनि गत डिसेम्बरमा राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिएकी थिइन् ।
क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिएकी ह्यारिसका पिता जमैकाली नागरिक र आमा भारतीय हुन् । उनका आमा भारतमा जन्मिएकी हुन् । पिता जमैकामा जन्मेकाले उनलाइ अमेरिकाका लागि अस्वेत तथा अफ्रो एसियाली पहिलो महिला उपराष्ट्रपतिका रुपमा विश्वमा मिडियाले प्रचार गरिरहेका छन् ।
उनले हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी हुन् । उनले सधैँ आफूलाई आफूलाई ‘एक अमेरिकी’ गर्दथिइन् । भारतीय– जमैकन मूलकी उनि क्यालिफोर्नियाकी सांसद हु्न । कुनैबेला त उनले राष्ट्रपतिकै उम्मेदवारका लागि जोन बाइडेनलाई समेत चुनौती दिएकी थिइन् ।
पछि उनि राष्ट्रपतिको उम्मेदवारको दाबीबाट पछि हटेपछि पनि उहाँको नाम चर्चामा नै रहेको थियो । ह्यारिस क्यालिफोर्नियाको महान्यायाधिवक्ता पनि भइसकेकी व्यक्ति हुन् । उनले केही समयमात्र अघि अमेरिकामा देशव्यापी रूपमा भएको रंगभेदविरुद्धको प्रदर्शनका क्रममा अमेरिकी प्रहरीमा सुधार हुनुपर्ने माग पनि राखेकी थिइन् ।
त्यस क्रममा पनि उनि चर्चामा आएकी थिइन् । उनले त्यस आन्दोलन ताका ट्रम्प प्रशासनका साथै प्रहरीमा पनि व्यापक मात्रामा सुधार गर्न आह्वान समेत गरेकी थिइन् । कमला ह्यारिसका आमा श्यामला गोपालन पनि अधिकारको संघर्षमा लाग्ने महिला हुन् ।
श्यामलाले मानवअधिकारका पक्षमा लागेर यसैको अभियानमा काम गर्दा छोरी ह्यारिसलाई पनि साथमा लाने गरेकोले उनकै प्रभावले आफू पनि अधिकारको आन्दोलनमा लागेको अनुभव कमलाले समय समयमा मिडियालाई बताउने गरेकी थिइन् ।
केही समयअघि अमेरिकाका एकजना अस्वेत नागरिकलाई प्रहरीले गरेको दुव्र्यवहारका कारण अमेरिकाभर भएको आन्दोलनमा पनि कमलाले ट्रम्प प्रशासनको विरुद्धमा र अमेरिकी अस्वेत नागरिकको पक्षमा लागेर काम गरेकी थिइन् ।