काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारती अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समूह अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई सामूहिक रुपमा भेटघाट गर्ने भएको छ ।
ओलीसँग भेट्नुअघि प्रचण्ड नेपाल समूहले पार्टी कार्यालय धुम्बाराहीमा आज नि छलफल गरेको छ । हिजो (शुक्रबार) पनि छलफल गरेको थियो । धुम्बाराहीको छलफल सकिएपछि ११ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पुगेर ओलीसँग छलफल एक सचिवालय सदस्यले जानकारी दिएका छन् ।
नेकपाको हाइकमाण्ड मानिने नेकपा सचिवालयका नौमध्ये पाँच नेता प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी छन् । शुक्रबारको अनौपचारिक बैठकले ओलीलाई भेटेर सचिवालयको औपचारिक बैठक बोलाउन सामूहिक आग्रह गर्ने निष्कर्ष निकालेको थियो ।
कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको शुक्रबारको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगै सचिवालय सदस्यहरु ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा बादल सहभागी भएका थिएनन् ।
आजको प्रचण्ड नेपाल समूहको सचिवालय बैठकमा पार्टी एकताका लागि अन्तिम प्रयास गर्नेगरी एजेण्डा तय गर्ने एक सचिवालय सदस्यले जानकारी दिए । बैठकपछि प्रचण्डसहितका नेताहरु ओलीलाई भेट्न बालुवाटार जानेछन् । बालुवाटार पुगेर अोलीलाई बैठकका लागि आग्रह गरिने ती सचिवालय सदस्यको भनाइ छ ।
प्रधानमन्त्री ओलीले पार्टी बैठक नबस्ने र बैठकले कुनै निर्णय गरेमा पार्टी विभाजन हुने चेतावनी दिँदै आएका छन् । उनले आफू निकटसँग अध्यादेश ल्याएर पार्टी विभाजन गर्ने वा अन्य कुनै कदम चाल्ने भन्ने विषयमा निरन्तर परामर्श गरिरहेका छन् ।
नेकपामा स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन नभएको मात्र नभएर कर्णाली प्रकरण, पर्सा घटना, मन्त्रिपरिषद्को बिस्तार तथा हेरफेर, राजदूत नियुक्ति र प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर निकाय रअका प्रमुखसँग कुटनीतिक मर्यादाविपरित गरेको भेटले विवाद उत्कर्षमा छ ।
यो पनि पढ्नुहोस्
ओलीसँग भेटेर बैठक बोलाउन माग गर्ने प्रचण्ड नेपाल समूहको तयारी