काठमाडौं । नेपालमा कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको सचिवालय बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ ।
शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको ५ सचिवालय सदस्यहरूको बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी पार्टीका प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकमा प्रचण्ड र श्रेष्ठसहित वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतम सहभागी थिए । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालयको अनौपचारिक बैठकले पार्टी एकतालाई जोगाएर अगाडि बढ्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा बसेको सचिवालय बैठकले भोलि सचिवालयका बहुसंख्यक सदस्यले सामूहिकरुपमै अर्का अध्यक्ष केपी शर्मा अोलीलाई भेटेर औपचारिक बैठकका लागि पहल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीकै सहमतिमा बसेको सचिवालयको अनौपचारिक बैठकले स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ । विधान अनुसार माग गरिएका बैठक तत्काल बोलाउन पहल गर्ने निर्णय पनि भएको छ ।
पार्टी बैठकका लागि भोलि अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता श्रेष्ठ प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जाने भएका छन् । कार्यकारी अध्यक्षले पार्टीको आधिकारिक बैठक बोलाउन मिल्ने भए पनि पार्टी एकताको सन्दर्भलाई ध्यान दिँदै अर्का अध्यक्ष ओलीको सहमतिमै बैठक बोलाउन पहल गर्ने निर्णय भएको श्रेष्ठको भनाइ छ ।
पछिल्लो समय बैठकको निरन्तर माग गरिए पनि ओलीले आफूले बैठक पनि नबोलाउने र बैठकको निर्णय पनि कार्यान्वयन नगर्ने बताउँदै आएका छन् । पार्टीका सबै तहमा अल्पमतमा परेपछि उनले बैठक टार्दै आइरहेका छन् । आजको बैठकमा प्रचण्डले औपचारिक बैठक राखेमा पार्टी त्यहीँबाट विभाजन गर्ने ओलीले चेतावनी दिएको पनि सचिवालय सदस्यलाई जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलीको निर्देशन अनुसार आजको बैठकमा ओलीसहित महासचिव विष्णु पौडेल, सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र रामबहादुर थापा बादल सहभागी भएनन् ।
यता धुम्बाराहीको बैठकको खवर सुनेर प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रूपमा सचिवालय बैठक राखे पार्टीमा फुटको प्रस्थानबिन्दु पुगेको बताएका छन् ।
याे पनि पढ्नुहाेस्
नेकपा विवादः कार्यकारी अध्यक्ष प्रचण्डद्वारा सचिवालय बैठक बाेलाइयाे, ओलीले मन्त्रीपरिषद्को बैठकमा भने, ‘मेरो विरुद्ध नलाग्नुहोस्,