काठमाडौं । विवाद बढ्दै गएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय सदस्यलाई दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराही बोलाएका छन् । प्रचण्डले दिउँसो ३ बजे सचिवालयका सबै सदस्यलाई केन्द्रीय कार्यालय धुम्बाराही बोलाएका एक सचिवालय सदस्यले जानकारी दिए ।
सचिवालय सदस्यलाई बोलाइए पनि प्रचण्डले सचिवालय बैठक भने भनेका छैनन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाउन नमानेपछि अब कसरी जाने भन्ने विषयमा छलफल गर्न सचिवालय सदस्यलाई बोलाएको स्रोतको भनाइ छ ।
मन्त्रीपरिषद्को बैठकमा ओलीले भने, ‘मेरो विरुद्ध नलाग्नुहोस्’
प्रधानमन्त्री ओलीले आफूले बैठक पनि नबोलाउने र बैठकले गरेका निर्णय पनि कार्यान्वयन नगर्ने बताउँदै आएका छन् ।
यता प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषद्का सदस्य नै आफूविरुद्ध लागेको गुनासो गरेका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रिपरिषद्का सदस्यहरु नै आफूविरुद्ध लागेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाउँदै भने, ‘मलाई थाहा छ, मन्त्रीहरु नै मेरोविरुद्धमा लाग्नु भएको छ । मेरो मन्त्रिपरिषद्मा बसेर मेरोविरुद्धमा हस्ताक्षर गर्दै हिँड्नु भएको छ । म अन्य ठाउँमा भएका तानाबाना बारेमा पनि अपडेट छु, बिफल पारिनेछ ।’
अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विवाद उत्कर्षमा पुगेसँगै नेकपाभित्र जोड घटाऊ सुरु भएका छन् । दुबै पक्षले आआफ्नो पक्षमा सक्रियता देखाएका छन् । पछिल्लो समय नेकपा विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सक्रियता देखाएकी छन् । स्रोतका अनुसार ओली पनि प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध आफुनिकट नेताहरु बाक्लो छलफल गर्दै आएका छन् ।
प्रचण्डले ओलीलाई भने, ‘पार्टीको बैठक राख्नुहोस्, राजीनामाको हल्ला नगर्नुहोस्’
पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो विहीबार ओलीसँग भएको भेटवार्तामा पार्टीको बैठक राख्न आग्रह गर्दै राजीनामाको हल्ला नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले आफूले राजीनामा नदिने बताएको कुरामा भेटवार्ताका क्रममा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले आपत्ति जनाउँदै प्रचण्डले भने, ‘तपाईँले पार्टी बैठक राख्ने कि आफैले राजीनामाको हल्ला गर्दै हिँड्ने ? कस्ले माग्यो तपाईँको राजीनामा ? एक स्थानीय कमिटी सदस्यले भने ।
प्रधानमन्त्री ओलीसँग प्रचण्डले प्रदेश १ मा ओलीले आफू निकट नेताहरुको भेला गरेकामा पनि आपत्ति जनाएका छन् । उनले भने, ‘तपाईँले आफूलाई पहिलो नम्बरको अध्यक्ष भन्ने अनि पार्टी फुटाउन भेला गर्दै हिड्ने ? पार्टी बैठक राख्ने, बैठकका निर्णय मानेर जाने कुरामा ध्यान नदिने अनावश्यक कुरामा ध्यान दिएर कस्तो पार्टी बनाउन लाग्नु भएको हो ?’
प्रचण्डले पार्टी बैठक राखेर कोरोना भाइरसको महामारी लगायत पार्टीमा विवाद देखिएका विषयमा छलफल गर्न र अपानि मानेर जान गरेको आग्रह ओलीले अस्वीकार गरेका छन् ।
यो पनि पढ्नुहोस् ।
नेकपा विवादः दुई अध्यक्षको भेटघाट तिक्ततापूर्ण, दोस्रो पुस्ताका नेता सक्रिय हुँदै
नेकपा विवादः आजको ओली प्रचण्ड वार्ता निश्कर्षविहीन, जुटेन सहमति, दुबैजना आ–आफ्नै अडानमा
नेकपा विवाद : नेताहरु भन्छन्, मिडियामा आएजस्तो गम्भीर छैन