उदयपुर । उदयपुरमा यतिबेला आन्तरिक पर्यटकहरुको चहलपअल बढ्दै गएको छ ।
जिल्लाको ऐतिहासिक महत्व बोकेको धार्मीक रौतापोखरी, देशकै घुम्न लायक सय गन्तव्य मध्ये एक उदयपुरगढी दरवार, लिम्चुङबुङको ‘एभरेष्ट भिउ टप’ चौण्दढीगढी दरवार, ताप्ली पोखरी, अधेँरी झरना, बेतेनी भंज्याङ, विभिन्न गाउँहरुका ‘होमस्ट’ लगायतका स्थानहरु यतिवेला आन्तरिक पर्यटकको गन्तव्य बनेका छन् ।
कोरोनाका कारण लामो समयदेखि पर्यटक पुग्न नसकेका उदयपुरकाका पर्यटकीय स्थलहरूमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । दशौंमा सबै जना जिल्ला, गाउँ फर्किने र पछिल्लो समय होमस्टे, पर्यटकिय स्थलहरु घुम्न गएर दसैँ मनाउने भएकाले आन्तरिक पर्यटकको संख्या बढेकाले पर्यटकीय स्थलहरुमा चहलपहल बढेको हो । दसैँ बिदालाई उल्लासका साथ मनाउने प्रचलन बढ्न थालेपछि आन्तरिक पर्यटकहरु पर्यटकिय स्थल तिर जाने गरेका छन ।
धार्मीक रौतापोखरी, देशकै घुम्न लायक सय गन्तव्य मध्ये एक उदयपुरगढी दरवार, लिम्चुङबुङको ‘एभरेष्ट भिउ टप’ चौन्दढीगढी दरवार, ताप्ली पोखरी लगायतका स्थानमा यतिवेला आन्तरिक पर्यटकहरुको बाक्लो संख्यामा उपस्थिती रहेको छ ।
विश्वको सर्वोच शिखर सगरमाथा लगायत ८ वटा हिमाल आँखै अगाडिबाट नियाल्न सकिने लिम्चुङबुङको ‘एभरेष्ट भिउ टप’ का साथै मगर ‘होमस्ट’ घुम्नको लागि ईलाम, मोरङ, झापा, सुनसरी, सिराहा, सप्तरीका साथै जिल्लाका विभिन्न स्थानबाट आन्तरिक पर्यटकहरु उल्लेखनिय मात्रामा आएका लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले बताए ।
उनी भन्छन्, ‘कोरोनाको महामारीका बिचमा पनि आन्तरिक पर्यटकहरु ‘एभरेष्ट भिउ टप’ घुम्न आउनेको बाक्लो संख्या रहेको छ ।’ दसैँमा हुने लामो बिदामा धेरै व्यक्तिहरू विभिन्न स्थानमा घुम्न निस्किन्छन्, तर यसपटक भने कोरोनाका कारण उदयपुरमा पर्यटकको संख्यामा कमी आएको छ ।
‘प्राकृतिक दृश्यावलोकनका लागि पर्यटकीय गाउँहरूमा पर्यटकको आकर्षण बढ्दै गएको दसैँ बिदा मनाउन लिम्चुङबुङको ‘एभरेष्ट भिउ टप’ हुँदै रौतापोखरी गएका चौदण्ढीगढीका नगरपालिकाका दुर्गा प्रसाद खनाल बताउँछन ।’ उनले भने, ‘दसैँ बिदा मनाउन साथीहरूको समूह मिलेर जिल्लाको पर्यटकिय ठाँउ गयौँ, पर्यटन प्रवद्र्धनमा यसले सघाउ पुग्नेछ ।’
उनी मात्र होइन, दसैँ बिदा मनाउन मोरङका कमल तिमल्सिनाले पनि लिम्चुङबुङको ‘एभरेष्ट भिउ टप’ पुगेको बताए । पर्यटकीय गाउँहरूमा कृषिसँगै पर्यटन नै मुख्य पेसा रहेको छ । दैनिक पर्यटकको चहलपहल हुने यी ठाउँहरूमा यस वर्ष कोरोनाका कारण ६–७ महिनासम्म पर्यटक पुग्न नसके पनि दसैँ बिदा मनाउन आएका पर्यटकहरू पर्यटकीय ठाउँमा पुगेका हुन ।