काठमाडौं । पछिल्लो समय निकै उत्र्कषमा पुगेको सत्ताररुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का दुई अध्यक्ष आज वार्ता गर्ने भएका छन् । स्रोतका अनुसार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आ–आफ्ना रणनीतिका साथ वार्ता गर्ने तयारीमा जुटेका छन् ।
हिजो बुधबार आज (विहीबार वार्ता गर्ने गरी रणनीति बनाएका थिए । स्रोत भन्छ, ‘प्रधानमन्त्री ओली पार्टीका कुनै पनि बैठक नराख्ने तयारीमा छन्, भने प्रचण्ड विधि र पद्दतीका लागि विवादमा आएका सबै विषय पार्टी बैठकमा छलफल गराउने गरी बैठक राख्नु पर्ने तयारीमा छन् । अध्यक्षद्वयबीच विवाद बढेपछि संवादका लागि महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्बाङले ओलीसँग प्रचण्डको संवाद गराउन पहल गरेका थिए । स्रोत भन्छ, ‘ओली समूहको आग्रहमा प्रचण्ड कामरेडले वार्ता गर्ने तयारी गर्नुभएको छ, ओलीसमूका नेताको आग्रहमा गर्न लागिएको वार्ता ओली कामरेडले भनेजस्तो नहोला ।’ प्रधानमन्त्री ओलीले आफू निकट नेताहरु पिएस गुरुङ, शंकर पोखरेललाई काठमाडौं बोलाएर असन्तुष्ट समूह प्रचण्ड, माधवकुमार नेपालसँग छलफल चालउँदै गएका छन् ।
ओलीको तर्फबाट राष्ट्रपति विद्या भण्डारी पनि शीतल निवासबाट सक्रिय भएकी छन् । जनताको बहुदलीय जनवाद (जबज) का लागि पूर्वएमाले’ एक ठाउँ हुनुपर्ने भन्दै छलफल राष्ट्रपति भण्डारीले छलफल गरिरहेकी छिन् । बालुवाटारका नेताहरु कोटेश्वरस्थित वरिष्ठ नेता माधव कुमार नेपालको निवासमा पुगेर पूर्वएमाले एक ठाउँमा हुनुपर्ने नारा ओली समूहले लगाउन थालेका छन् । यता प्रचण्ड, नेपाल समूहका नेताहरुले पार्टी एकता जोगाउनको लागि ओली, प्रचण्ड र नेपाल मिल्नु पर्ने माग राख्दै आएका छन् ।
प्रचण्ड नेपाल समूह भने आन्तरिक छलफलमा मात्रै सीमित छ । यो समूहका नेताहरु खुलेरै छलफलमा जुटेका छैनन् । प्रचण्ड पार्टी भित्रका विवाद लगायतका विषय समेटेर डकुमेन्टमा जुटेको स्रोतको भनाइ छ । ओली समूहले दौडधुम गरेपछि असन्तुष्ट समूहले मौन जस्तै छ ।
ओली समूह पाटीएको बैठक टार्दै, प्रचण्ड नेपाल समूह माग गर्दै
झट्ट हेर्दा नेकपा फुटको विन्दुमा पुगेको जस्तो देखिएपनि फुटको अवस्थामा नरहेको नेकपाको नेताहरुको भनाइ छ । अहिलेसम्मको अवस्था हेर्दा आज अध्यक्षद्वय ओली प्रचण्डबीच वार्ता हुनेछ ।
ओलीले दुबै पक्षबीच बसेर छलफल गरौँ भन्ने कुरालाई दोहोर्याउने छन् भने प्रचण्डले पार्टीको सचिवालय बैठक बोलाएर छलफल गर्नुपर्नेमा जोड दिनेछन् । विवाद नै भए पनि प्रचण्ड नेपाल समूहले सबै कुरालाई अब डकुमेन्टेसन गरेर अगाडि बढ्नुपर्ने रणनीति तयारी गरेको छ । ओली समूहले धम्की दिने, मिडियामा विभिन्न प्रकारका प्रचार गर्ने र अन्तिममा सम्झौता गर्ने रणनीति अख्तियार गर्ने स्रोतको भनाइ छ । यता प्रचण्ड नेपाल समूह बैठक राखेर विवाद समाधान गर्ने तयारीमा छ ।
आज हुने भनिएको वार्ता पनि विना निष्र्कष टुंगिने पनि स्रोतको भनाइ छ । स्थायी कमिटी बैठकको निर्णयविपरित प्रधानमन्त्री ओलीले राजदूत नियुक्त, मन्त्रिपरिषद्को बिस्तार तथा हेरफेर, कर्णाली प्रकरण, पर्सा प्रकरण र कूटनीतिक मर्यादाविपरित भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुखसँग भेटवार्ता गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा छ । जसको कारण ओली बचाउन अभियानमा लाग्ने र प्रचण्ड नेपाल मसूह विरोधको पक्षमा उत्रने स्रोतको भनाइ छ ।