कटारी । उदयपुरको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले कोरोना जितेपछि नगरवासीलाई भेट्न काठमाडौंबाट कटारी हेलिकप्टरमार्फत आएका छन् । काठमाण्डौ होम आइसुलेसनमा बसेका मेयर श्रेष्ठसहित ५ जना आज कैलाश हेलीकप्टर सर्भीसेज हेलीबाट कटारी आएका हुन ।
मेयर श्रेष्ठ, ईलाका प्रशासन कार्यलय कटारीका प्रमुख चन्द्र सिवाकोटि, निर्माण ब्याबसाहि हरेराम घिमिरे, नगरपालिकाका चालक प्रेम शाही र मेयरको भतीजी स्वेता श्रेष्ठ सहित ५ जना आज बिहानको १० बजे कटारीको टाइगर फील्डमा हेलीकप्टर बाट कटारी आएका हुन।
पछिल्लो पटकको परीक्षणमा नेगेटिभ रिपोर्ट आएसँगै मेयर कोरोनामुक्त भएको कटारी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । कटारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालका अनुसार केही दिन निवासमा आराम गरेर मेयर काममा फर्किने दाहालले जानकारी दिए । असोज ४ गते मेयर सहित प्रमुख प्रशासकीय अधिकृत, ईलाका प्रसाशन कार्यलयका प्रमुख, कटारी नगरको शिक्षास्रोत ब्यक्ति गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टिपछि होम आइसोलेसनमा बसेका मेयर १४ औं दिनमा उनको रिपोर्ट नेगेटिभ आएको हो ।
स्थानीय सरकार प्रमुख भएकाले मैले पनि स्वास्थ्य मापदण्ड पालना गर्दै र दुरी कायम गर्दै नगरपालिका भित्रका काम कारवाही र जनताका दुख सुखमा संगसंगै साथ दिंदै गईरहँदा कोरोना संग मिल्दोजुल्दो लक्षण देखिन थालेपछि म त्यही दिनदेखि घरमै बस्न थालेँ ।
सुरुमा मलाई नै कोरोना नलाग्दासम्म त यो केही होइन, साधारण रुघाखोकी मात्र हो, सामाजिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गर्दा केही हुन्न भन्ने लागेको थियो । अरुलाई पनि यस्तै गरी सचेत गराउँदै थिएँ । तर, जब आफैंलाई लाग्यो, मेरो सोचाई भन्दा ठिक उल्टो र फरक पाएँ मैले । ज्वरो र रुघाखोकी लाग्यो, जीउ दुख्यो, अनि कमजोरी पनि बढ्यो ।
अहिलेसम्म कोरोनाको खास औषधी पनि नबनेको अवस्थामा घरेलु उपचार नै यसको औषधी हो । तसर्थ यो समयमा मैले पनि बेसार पानी, गुज्रो पानी, ज्वानो पानी, मह पानी लगायत भिटामिन सी प्राप्त हुने खाद्यपदार्थहरु सेवन गरेँ । यसै गरी १४ दिन सम्म होम आईसोलेसनमा बसेर पुनः परीक्षण गराउँदा मेरो रिपोर्ट नेगेटिभ आयो । अव म आफ्नो नियमित काममा फर्किएँ ।
हेलीमा आएको खबर पछि हेलीमा आउनु भएछ नी भनेर न्यूज़ २४ ले सोधेको प्रश्नमा मेयर श्रेष्ठले भनेू म गाडीमैं आउँन खोजेको थिए मलाई माया गर्ने कटारीका ब्याबसाहिहरुले हामी हेलीको ब्यबस्था गरीदिन्छौ भनेर उहाँहरुले नै ब्यबस्था गरीदिनु भएको हो म नगरपालिका बजेट बाट हेलीकप्टर चढेको होइन ।
हेलीबाट उत्रिने वित्तिकै संक्रमित भेट्न पुगे श्रेष्ठ
आफु कोरोना संक्रमित भएर १४ दिन होम आइसोलेसनमा बसेर कोरोनालाई परास्त गरी हेलीबाट कटारी झरे सँगै मेयर श्रेष्ठले कटारी नगरपालिकाले ताराघारीमा निर्माण गरेको ३० बेडको आइसुलेसनमा रहेका संक्रमितहरुलाई भेट्न मेयर श्रेष्ठ पुगेका थिए ।
नेपाल प्रहरी ,नगर प्रहरी र स्थानिय समेत गरेर ११ जना संक्रमितको अबस्था बुझदै फलफूल समेत वितरण गरेका थिए । कोरोनामा आफुलाई परेको अबस्था बारे बताउदै आत्मबल कमजोर नबनाउन कोरोनालाई परास्त पारी फेरि दैनिक काममा फर्किनु होला भन्दै केहि समस्या परे सीधा आफुलाई फोन गर्न आग्रह गरे ।
श्रेष्ठ भन्छन, ‘नगर बासीको कामनाले गर्दा कोरोना परास्त गर्न सके’
स्वास्थ्यमा समस्या त आई नै सक्यो, तर यो अवधिमा मलाई आम नगरबासी, शुभेच्छुक लगायतले जुन किसिमले मेरो विषयमा चिन्ता गरेर जसरी स्वास्थ्य लाभको कामना गरे । कोरोना कहरको समयमा बिहानदेखि बेलुकासम्म जनताकै सेवामा अति व्यस्त भएर खटिरहनु पर्ने बेला मलाई यो १४ दिन घरभित्रै बस्नु पर्दा चाहिँ असाध्यै गाह्रो भयो । उनले भने ।
कुन बेला संक्रमित भए थाहा नै भएन
नागरिकको हरेक गुनासाहरु सुन्ने क्रममा नगरका गाउँ, टोल बजार देखि प्रदेश र केन्द्रसम्म पनि पुगेको मेयर श्रेष्ठले बताए । मेयरले भने ूउहाँले नगरको सिमित बजेटले मात्रै नगरको विकास हुन नसक्ने भएकोले विभिन्न योजनाहरु लिएर आफु केन्द्र र प्रदेशसम्म पुगेको कुन समयमा कोरोना संक्रमण भए पत्तै पाईन ।
कोरोनालाई सामान्य रुपमा नलिन आग्रह
उनि भन्छन्, ‘म सबै नगरबासीलाई के भन्छु भने, हामी कसैले पनि यो कोरोनालाई कमजोर रुपमा नठानौं । जसलाई पर्छ, उसलाई मात्र वास्तविकता र पीडा थाहा हुने रहेछ ।
अझ पछिल्लो समय त मृतकको संख्या पनि बढिरहेको र अस्पतालहरुमा बेड तथा आईसियु र भेन्टिलेरहरु समेत नपाउने अवस्था सिर्जना भएको छ । तसर्थ हामीले समयमा नै यसबाट सावधानी अपनाउन सक्यौं भने हामी बच्न सक्छौं, यदि हामीले लापरवाही गर्यौं भने यसले नै हाम्रो ज्यान लिने खतरा अत्याधिक छ ।