अदुवा एक वर्षीय नगदे तथा मसला बाली हो । यो बाली ७ देखि ९ महिनामा तयार हुन्छ । यसको गानो माटोमुनी रहन्छ । यसको गानो लाई मसलाको रूपमा तरकारी, अचार आदिमा स्वाद बढाउने प्रयोजनका लागि प्रयोग गरिन्छ । अदुवाले मानव शरीरमा रोग प्रतिरक्षात्मक क्षमता वृद्धि गराइ शरीर स्वस्थ बनाउन मद्दत गर्दछ । अदुवा दम, खोकी, रुघा, सर्दी जस्ता रोगहरुमा औषधिका रूपमा प्रयोग गरिन्छ । यसको जमिन मुनिको डाँठलाई स्वादको लागि दाल, तरकारी, चिया वा अचारका परिकारमा मिसाएर खाने गरिन्छ ।
हावापानी
अदुवाको लागि न्यानो र ओसिलो हावापानी चाहिन्छ । बाली अवधिमा १५०० – २००० मि ।मि। वर्षा र २०–३० डि।से। तापक्रममा राम्रो सप्रिने र तापक्रम ३५ डि। से। भन्दा बढी भएमा बिरुवा घामले डढ्ने र वेस तापक्रम १३ डि।से। भन्दा कम हुँदा सुषुप्त अवस्थामा गई बढ्न नसक्ने हुँन्छ ।
माटो
प्रशस्त प्रांगारिक पदार्थ भएको मलिलो, पानीको निकासको व्यवस्था राम्रो भएको, राम्रोसंग हावा खेल्न सक्ने दुमट माटो अदुवा खेतीको लागि सबैभन्दा उपयुक्त मानिन्छ । तठस्थ भएको माटोमा खेती राम्रो हुन्छ ।
जात
सल्याने, इलामे, भोजपुरे, कपुरकोट अदुवा–१, सुभ्प्रभा, सुरुची, सुरभी, हिमगिरी, कालकिट, कोचिन, रियो डि जेनेरियो, जमैका आदि स्थान विशेषका नामले प्रचलित छन् ।
जमिनको तयारी
अदुवा खेतीको लागि १५ – २० से। मि। को गहिराईमा जमिनलाई दुई पटक खनजोत गरी, डल्लालाई धुलो बनाई, झारपात हटाएर भिरालो जग्गा भएमा माटो नबग्ने गरेर तेर्सो ड्याङ्गहरु बनाई आवश्यकता अनुसारको कम्पोष्ट मललाई जोत्नुपूर्व राखेर जग्गा तयार गर्नुपर्दछ र पानी नजम्ने व्यवस्था मिलाउनुपर्छ ।
बीउदर अदुवाको ५० – ६० ग्राम वजनको बिउ २५० किलो प्रति रोपनीको दरले प्रयोग गर्नुपर्दछ ।
बीउ गानोको छनोट
अदुवाको बिउ गानो छनोट गर्दा निम्न कुराको बिशेष ध्यान दिनु पर्दछ ।
बीउको श्रोत गानो कुहिने रोग नलागेको खेतको हुनुपर्ने ।
रोग तथा कीरा नलागेको स्वस्थ गानो हुनुपर्ने ।
कम्तिमा एउटा टुसा निश्चित रुपमा निक्लन सक्ने पोटिलो गानो हुनुपर्ने ।
गानोको आकार हेरी बिउ गानो ४० ग्राम देखि ६० ग्रामसम्मको हुनुपर्ने ।
बीउ उपचार
गानो कुहिने रोगबाट बचाउन १० लिटर पानीमा २५ ग्राम इन्डोफिल एम – ४५ ९मान्कोजेब० र १० ग्राम बेबिस्टीन ९कार्बान्डाजिम० मिसाई बनाएको घोलमा बिउ गानोहरुलाई एक घन्टासम्म डुबाउने, त्यसपछि छायाँमा सुकाउने र ओभाएपछि मात्र रोप्ने काम गर्नु पर्छ ।
लगाउने समय
फाल्गुन – चैत्र महिनाभित्र अदुवा लगाउन उपयुक्त समय मानिएको छ ।
लगाउने तरिका
अदुवा लगाउँंदा एक हारदेखि अर्को हारको दुरी ३० से।मि। कायम गरी एक बोटबाट अर्को बोट ३० से।मि। टाढा राखी ७ – १० से।मि। गहिरो कुलेसोमा बिउ गानो रोप्नुपर्छ । अदुवा रोपेपछि टुसाएर जमिनको सतहमा आउन १ देखि ३ महिनासम्म लाग्नसक्छ । माटाको चिस्यान बचाई राख्न छार्पाको नितान्त आवश्यक पर्छ ।
मलखाँद, गोडमेल
पहिलो पल्टको गोडमेल अदुवा उम्रेको एक महिनापछि र दोश्रो पल्टको गोडमेल अदुवा उम्रेको दुई महिनापछि गानोलाई असर नगर्ने गरी गर्नुपर्छ ।
सिंचाइ
जमिन सुख्खा हुन गएमा चिस्यान हेरी आवश्यकता अनुशर १५ दिनको फरकमा स्प्रिन्ग्क्लर बाट सिचाई दिनुपर्छ । अदुवाले पानी जमेको सहन नसक्ने हुँदा पानी निकासको उपयुक्त व्यवस्था मिलाउनु पर्दछ ।
अदुवाको माउ (बु्रनी निकाल्ने प्रविधि)
रोपेको ४ महिना पछि साउन भदौतिर रोपेको बिउ गानो ९ब्रुनी० निकाल्दा बिरुवालाई पनि असर पर्दैन र अन्तिम उत्पादन पनि घट्दैन । स्वस्थ बीउ गानो रोपिएको छ भने लगभग ९० प्रतिशतसम्म माउ ९ब्रुनी० फिर्ता निकाल्न सकिन्छ ।
बालीचक्र
प्रत्येक तीन वर्षमा एकपटक मात्र अदुवा लगाउनु पर्दछ ।
अदुवामा लाग्ने रोग र किराहरुः
रोग
अदुवा उत्पादनको प्रमुख समस्याका रुपमा रहेको गानो कुहिने( सुके सडन रोगको अतिरिक्त थोप्लेरोग, भण्डारण सडन आदि प्रमुख रुपमा लाग्ने गरेको पाइन्छ ।
रोग व्यवस्थापन प्रविधि
रोगरहित स्थानमा उत्पादन भएको स्वस्थ बीउलाई भण्डारण गर्नु अघि डाईथेन एम–४५ ९०।२५५० ले र रोप्नुअघि डाईथेन एम–४५ ९०।२५५० र बेविस्टीन ९०।१५० ले बिउ उपचार गरी प्रयोग गर्ने ।
तीन वर्ष बिराएर मात्र अदुवा लगाउने र अदुवा लगाउनु भन्दा अघिल्लो वर्ष कोदो वा घिउसिमी लगाउने ।
पानी नजम्ने ठाउँको छनौट गर्नुको साथै निकासको उचित व्यवस्था गर्नुपर्ने ।
अदुवा लगाउँदा १०० के।जी। प्रति रोपनी निम वा तोरीको पिना र २।५ – ३ के।जी। टिमुरको धुलोको प्रयोग गर्नुको साथै रोग सहने सक्ने जति जस्तै कपुरकोट अदुवा–१ लगाउनु पर्ने ।
किराहरु
अदुवामा मुख्य गरी खुम्रे किरा, रातो कमिला, गाने औसा लगायतका किराहरुले आर्थिक दृष्टिकोणले केही हदसम्म क्षति पु¥याएको पाइन्छ । साथै किराको सम्बन्ध गानो कुहिने रोगसँग पनि हुने हुँदा अदुवा लगाउँदा प्रति रोपनी ३ के।जी। का दरले क्लोरोपाइरिफस धुलो प्रयोग गर्दा राम्रो नतिजा पाइन्छ ।
बाली भित्रयाउने स् अदुवाको लगभग ७५५ सरा सुकेर ढल्न थालेपछि खन्न तयार हुने भएतापनि बजार भाउ राम्रो भएमा, हिउँदे बाली लगाउनु पर्दा वा क्यान्डी बनाउने प्रयोजनका लागि ६ महिनामा र सुठो तथा बीउ बनाउने प्रयोजनको लागि ८ – ८।५ महिनामा आधा सरा नढल्दै खन्नुपर्छ ।
उत्पादन
नेपालमा अदुवाको अधिकतम उत्पादन क्षमता ४० मे। टन प्रति हेक्टरसम्म पाइएको भएतापनि औसत राष्ट्रिय उत्पादकत्व ११।६८ मे. टन प्रति हेक्टर छ ।
अदुवा भण्डारण
अदुवालाई खनी सकेपछि भण्डारण गर्दा सुक्ने, चाउरिने र टुसा आई गुणस्तर घट्ने तथा कुहिएर नोक्सान हुने हुँदा सुरक्षित भण्डारणका लागि सावधानी अपनाउनु पर्दछ । यसलाई १२ – १४ डि।से। तापक्रम र ६५ – ७०५ सापेक्षिक आद्रता भएको वातावरणमा ५६ महिनासम्म सुरक्षित भण्डारण गर्न सकिन्छ ।