उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका– ३ दोबाटे डाँडामा आठ हिमश्रृंखला अवलोकन गर्ने सकिन्छ ।
गाँउपालिकाका अध्यक्ष मेजर राईका अनुसार दोबाटे डाँडाबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, कञ्चनजंघा, लोत्से, मकालु, चोयु, चारपाटे, गौरी शंकर जुगल हिमाल देखिन्छ। यहाँ असोजदेखि जेठ महिनासम्म हिमशृंखला हेर्न पाइन्छ ।
अहिले त्यही दोबाटे डाँडामा ‘एभरेष्ट भ्यु टावर’ समेत बनाउने काम सुरु गरिएको छ । लिम्चुङबुङ गाँउपालिकाले चार वर्षभित्र सम्पन्न गर्ने गरी एभरेष्ट भ्यु टावरको काम थालेको अध्यक्ष राईको भनाइ छ । आन्तरिक तथा बाह्य पर्यटन भित्र्याएर लिम्चुङबुङ लाई पर्यटकीय क्षेत्र बनाउन एभरेष्ट भ्यु टावर निर्माण गर्न लागिएको लिम्चुङबुङ गाँउपालिकाका अध्यक्ष राईले जानकारी दिए ।
एभरेष्ट भ्यु टावर ७२ फिट अग्लो हुनेछ। टावरको टुप्पोमा किराती सभ्यता झल्काउने चिन्डो निर्माण गरी ‘बाइनाकुलरु राखिने छ,’ उनले भने, ‘टावरको डिजाइन भइसकेको छ । यसको लागत १० करोड रुपैयाँ अनुमान गरिएको छ ।’ एभेष्ट भ्यु टावर बन्ने दोबाटे डाँडाबाट हाल विश्वको सर्वोच्च शिखर सगरमाथा, कञ्चनजंघा, लोत्से, मकालु, चोयु, चारपाटे, गौरी शंकर जुगल हिमाल देखिन्छ ।