काठमाडौं । भुवन केसीसँगको विवाद झेलिरहेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह नयाँ नेपाली चलचित्रमा जोडिन पुगेकी छिन् ।
विगतमा एकल नायिकाको मात्र भूमिका निर्वाह गर्दै आएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले यसपटक अर्को नायिकासँग संयुक्त अभिनय सञ्चालन गरिरहेको छु । निर्वाह गर्दै छिन् ।
‘अमेरिका बोइज’ निर्देशन गरेका प्रवेश पौडेलले आफ्नो निर्देशनमा बन्ने नयाँ चलचित्रमा अभिनेत्रीद्वय साम्राज्ञी राज्यलक्ष्मी शाह र आना शर्मालाई अनुबन्धित गरेका गरेका हुन् । यही चलचित्रमा साम्राज्ञी र आना मुख्य भूमिका प्रस्तुत हुँदै छन् ।
नाम सार्वजनिक नगरिएको यो नयाँ चलचित्रमा ‘प्रेम गीत–३’का अभिनेता मनीष राउतले नायकको रूपमा काम गर्ने भएका छन् । राउतले दुई नायिकासँग त्रिकोणात्मक प्रेम सम्बन्ध यसमा निर्वाह गर्नेछन् । यो फिल्म सिबर्ड्स पिक्चर्स र सौर्य इन्टरटेनमेन्टको ब्यानरमा बन्नेछ । निर्देशक पौडेलले फिल्म कलेज ओस्कार इन्टरनेसनल कलेजबाट निर्देशन विषय अध्ययन गरेका हुन् ।
फाइनल स्क्रिप्टमा काम भइरहेको यो फिल्मको शीर्षक भने फाइनल नभएको निर्देशक पौडेलले बताए । आफ्नो पहिलो फिल्म रिलिज नहुँदै राउतले अर्को फिल्ममा काम गर्न लागेका हुन् । ‘प्रेम गीत–३’मा नायक प्रदीप खड्कासँग काम गरेका मनीषले आगामी चलचित्रमा प्रमुख भूमिका निभाउँदै छन् । यो नयाँ चलचित्रको लागि तीन जना कलाकारसँग नै बिहीबार सम्झौता भएको छ ।
यो चलचित्र युवा मनोविज्ञानमा आधारित रहेर बनेको छ । यो चलचित्रमा उपयुक्त कलाकार छान्ने क्रममा साम्राज्ञी, आना र मनीषलाई छनोट गरिएको हो ।
अब एक जना पुरुष कलाकार र एक जना महिला कलाकारको जरुरत छ । हामीले अडिसनबाट छान्ने प्रक्रियामा छौं,’ निर्देशक पौडेलले भने, ‘कमिङ एज’ को कथामा हामीले दुई वर्षदेखि काम गरिरहेका थियौं अब भने यसले मूर्तरूप लिन लागेको छ ।