उदयपुर । उदयपुरमा महिला माथी बढिरहेको बलात्कार तथा हिंशाको घट्नाको विरोधमा युवाहरूले विरोध प्रदर्शन गरेका छन् ।
जिल्ला सदरमुकाम गाइघाटमा भेला भएका युवाहरूले विभिन्न नाराहरु लेखिएको ब्यानर,प्लेकार्ड तथा पोस्टर देखाउदै विरोध गरेका छन् । विरोधका क्रममा युवाहरुले कोरोना महामारीलाई ध्यानमा राख्दै निश्चित सामाजिक दुरी कायम गरी प्रदर्शन गरेका थिए ।
संविधानमा यो कुरा टासिदे,बलात्कारीलाई फासी दे,हामी न्याय चाहन्छौं ,यदि तिमी मौन छौ भने तिमी पनि बलात्कारी हौ ,यदि तिमी मौन छौ भने तिमी पनि हत्यारा हौ भन्ने लगायत नाराहरु लेखिएको प्लेकार्ड युवाहरुले बोकेका थिए ।
गाइघाट पिपलचोकबाट निस्किएको युवाहरूको र्यालिले गाइघाट बजार समेत परिक्रमा समेत गरेको थियो ।यसक्रममा युवाहरुले बलात्कार,कानुनी प्रक्रिया तथा पिडक र पीडितले समाजबाट प्राप्त गर्न सहयोग बारे सडक नाटक समेत देखाएका थिए ।
कार्यक्रममा सहभागी हुन आएका अरविन ठकुरीले देशमा यत्रो बलात्कार तथा महिला माथी हिंशाको घट्ना हुँदा राज्यसगै नागरिक पनि मौन हुनु दुर्भाग्यपूर्ण रहेको बताएका थिए ।
यस्तै कार्यक्रममा सहभागी सुजा पौडेलले समाजमा बलात्कार पीडितले भन्दा पिडकले उच्च सम्मान प्राप्त गर्ने गरेको भन्दै यो विरुद्ध पनि आफुहरु सडकमा आएको बताएकि थिइन् । उनले समाजमा यस्तो घट्ना हुन नदिन सबै नागरिक लाग्नुपर्ने तथा पिडकलाई फासीको सजाय दिनुपर्ने पनि बताएकि थिइन् ।
कार्यक्रममा ठुलो संख्यामा युवायुवतीहरुको सहभागीता रहेको थियो । पछिल्लो समय देशैभरि महिला तथा बालबालिकामाथि बलात्कार तथा हिंशाको घट्ना बढिरहेको छ । यसको विरोधमा देशैभरि युवाहरूले आक्रोश पोख्दै विरोध प्रदर्सन गरिरहेका छन् ।