उदयपुर : नेपाल कम्युनिस्ट पार्टीको उदयपुरगढी गाउँपालिका कमिटीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
पार्टीका १ नम्बर प्रदेश सचीव सुरेश कुमार राई (हिमाल) को उपस्थितिमा सपथग्रहण कार्यक्रम सम्पन्न भएको हो । सपथग्रहण समारोह पश्चात नेकपा उदयपुरगढि गाउँपालिका पार्टी कमिटीले पुर्णता पाएको छ ।
गोपाल खत्री अध्यक्ष तथा भुवन केप्छाकी मगर सचीव रहेको ७५ सदस्यीय गाउँपालिका कमिटीले सपथ ग्रहण गरे सँगै पाटीले गतिविधीहरु बढाउने नेकपा पालिका सचिव मगरले जानकारी दिए ।
उनिहरुलाई नेकपाको एक नम्बर प्रदेश पार्टी कमिटी सचीव तथा प्रतिनिधि सभा सांसद सुरेश कुमार राईले सपथ ग्रहण गराएका थिए । पार्टीको गाउँपालिका कमिटी अध्यक्ष बनेका खत्री साविक एमालेका हुन् भने सचीव केप्छाकी मगर माओवादी केन्द्रका हुन् ।
सपथ ग्रहण समारोहमा प्रमुख अतिथि राईका अलावा नेकपा उदयपुर जिल्ला इन्चार्ज बलदेव चौधरी, जिल्ला अध्यक्ष बिनोद कटुवाल 'दिवस', जिल्ला सचीव इश्वरमणि राउत, प्रदेश कमिटी सदस्यहरू मोहन बहादुर खत्री, अनिल अधिकारी ,नारायण बुर्जामगर, द्रोण पौडेल लगायतको उपस्थीति रहेकाे थियो ।
देशका प्रमुख दुई शक्तिशाली कम्युनिस्ट पार्टी तत्कालीन माओवादी केन्द्र तथा एमाले बीच एकता भएको २ वर्ष बढी बितिसक्दा पनि स्थानीय तह पार्टी कमिटीको सम्म एकता टुंगिएको थिएन ।
पछिल्लोपटक नेकपाका अध्यक्षद्वय पुष्प कमल दाहाल र केपि शर्मा ओलीका बीच छिटोभन्दा छिटो पार्टी एकताको काम सक्ने सहमति भएको थियो । दुई अध्यक्षबीचको सहमति अनुसार उदयपुरमा पनि पार्टीको स्थानीय तह तथा वडासम्मको एकता प्रक्रियामा तीव्रता आएको छ ।