मानव जातिको इतिहासमा महिलाहरुले पनि विश्व हल्लाएका प्रशस्त उदाहरणहरु नभएका हौईनन् । यसै पनि पुरुषहरुको सफलताका पछाडि महिलाहरुको ठूलो भुमिका हुन्छ ।
तर, उनीहरुको योगदान छायाँमा पर्ने गरेको पाईन्छ । पुरुष प्रधान समाज र विश्वमा यसलाई सामान्य रुपमा लिइँदा पनि महिलाहरुको योगदान छायाँमा पर्ने गरेको छ ।
विश्वमा लाखौं महिला छन, जसले विश्व मानव जाति र सभ्यताका लागि निकै ठूलो योगदान गरेको इतिहास जिउदै छ । केहिले आफ्नो हातमा रहेको शक्तिको चरम दुरुपयोग पनि गरेको पनि पाईन्छ । त्यसमध्ये यहाँ हामीले विश्वविख्यात १० महिलाको संक्षिप्त चर्चा गर्ने प्रयास गरेका छौं।
१. जेनी मार्क्स – विश्वप्रसिद्ध महिला नेतृ जेनी मार्क्सको जन्म सन् १८२४ फेब्रुअरी १२ मा पश्चिम जर्मनीमा भएको थियो। उनका बाबू लुडविग जर्मनीका प्रसिद्ध वकिल तथा विलक्षण प्रतिभाका वुद्धिजीवी हुन । जेनीले विश्वप्रसिद्ध मार्क्सवादी दार्श्निनक कार्ल मार्क्ससँग विवाह गरेकी थिइन ।
र मार्क्सको जति पनि वैचारिक चिन्तन र अन्वेषण छ, त्यसमा जेनीको निकै ठूलो भूमिका रहेको थियो । सम्भ्रान्त परिवारमा जन्मिएर पनि जेनीले सर्वहारा र श्रमजीवी वर्गको पक्षमा कार्ल मार्क्सलाई जीवनपर्यन्त साथ र प्रेम दिएकी थिइन्।
२. बेनजिर भुट्टो बेनजिर - भुट्टोको जन्म सन् १९५३ जुन २१ मा पाकिस्तानमा भएका होे। उनी पाकिस्तान र मुस्लिम समुदायकै पहिलो प्रधानमन्त्री समेत भएकि थिन । उनलाई राजनीतिक आन्दोलनका क्रममा सन् १९७७ देखि १९८४ सम्म घरमै नजरबन्दमा राखिएको थियो। बेनजिर १९८८–१९९० र १९९३ गरी २ पटक पाकिस्तानको राष्ट्रपतिमा निर्वा्चिचत हुनु भयो ।
२७ डिसेम्बर २००७ का दिन भुट्टोलाई आत्मघाती बम प्रहार गरी हत्या गरिएको थियो। भुट्टो विश्वकै शक्तिशाली महिला नेतृ हुन्।
३. चन्द्रिका कुमारा तुङ्गा – तुङ्गा श्रीलङ्काको प्रधानमन्त्री हुँदै राष्ट्रपतिसम्म निर्वा्चिचत भएकी विश्वविख्यात महिला नेतृ हुन्।
उनी १९ अगस्ट १९९४ देखि १२ नोभेम्बर १९९४ सम्म श्रीलङ्काको प्रधानमन्त्रीमा निर्वा्चिचत भएका थिइन्। र १२ नोभेम्बर १९९४ देखि नोभेम्बर २००५ सम्म श्रीलङ्काको राष्ट्रपतिमा निर्वा्चिचत भएर उनी विश्वकै शक्तिशाली महिला नेतृ भईन।
४. इन्दिरा गान्धी – भारतका प्रसिद्ध नेता जवहरलाल नेहरुकी छोरी इन्दिरा गान्धीको जन्म सन् १९१७ नोभेम्बर १९ मा भएका होे। सन् १९६४ मा गान्धी भारत सरकारको सूचना तथा सञ्चार मन्त्रीमा नियुक्त हनुका साथै सन् १९६६ मा गान्धी भारतको प्रधानमन्त्रीमा निर्वा्चिचत हुनुभयो ।
गान्धी भारतकै इतिहनसमा पहिलो महिला प्रधानमन्त्री हुनुभयो। उनले आफ्नो कार्यकालमा गरीबी निवारण, भूमिसुधार र व्यक्तिगत आय वृद्धिका लागि महत्वपूर्ण काम गरिन्। गान्धीको कार्यकाल निकै विवादास्पद र चुनौतिपूर्ण भयो । कांग्रेस नेतृ गान्धीको ३१ अक्टोबर १९८४ का दिन आफ्नै अंगरक्षकद्वारा हत्या गरियो ।
५. मदर टेरेसा – टेरेसा विश्वप्रसिद्ध महिला समाजसेवी हुन्। टेरेसा सात वर्षको हुँदा बाबुको मृत्यु भएको थियो । त्यसबाट टेरेसाको बाल मस्तिष्कमा गहिरो चोट पुग्यो। इो घटनाले टेरेसालाई समाजसेवाका लागि प्रेरित बनार्योे।
टेरेसाले आफ्नो अध्ययनका क्रममा सीसेबाट प्रभावित भइन्। टेरेसा भारतका फुटपाथमा बसेका बेसहारा बालकहरुको हेरचाह गर्न थालिन । टेरेसाको विश्वप्रसिद्ध भनाइ छ, ‘आमा तिनै हुन, जो ममता बाँड्छिन्।’ उनी विश्व शान्ति नोवेल पुरस्कारबाट सम्मानित विश्वप्रसिद्ध र समाजसेवी महिला हुन।
६. आङ सान सुकी – सुकीको जन्म १९४५ जुन १९ मा बर्मा (म्यानमार) मा भएको थियो। उनका पिता आङ्ग सान बर्माको स्वतन्त्रताका लागि शहिद भएका थिए।
सुकी २ वर्षको हुँदा उनका पिताको हत्या भएको थियो। सुकीले राजनीतिक स्वतन्त्रताका लागि निकै लामो सङ्घर्ष गरिन्। उनी अक्सफोर्ड विश्वविद्यालयकी एक सम्मानित व्यक्तित्व हुन्, उनले १९९१ मा नोवेल पुरस्कार प्राप्त गरेकी थिइन्। उनी विश्वप्रसिद्ध प्रजातन्त्रवादी नेतृ, समाजसेवी र राजनीतिज्ञ हुन्।
मेरिट नामक ख्यातिप्राप्त पुरस्कारबाट सम्मानित भएकी थिइन्। जीवनको अन्तिम क्षणमा आँखाको दृष्टि गुमाएकी विश्वकै आमा नाइटिङ्गेलको १९१० मा निधन भयो।
७. हिलारी रोधाम क्लिन्टन – क्लिन्टनको जन्म सन् १९२६ अक्टोबर २६ मा भएको हो। उनी सन् २००१ मा अमेरिकी कंग्रेसको सिनेटरमा निर्वा्चिचत भएकी थिइन्। उनी बिल क्लिन्टनकी श्रीमति र अमेरिकाको राष्ट्रपति पदमा डेमोक्र्या्टिटक पार्टीको तर्फबाट प्रतिस्पर्धा गर्ने महिला थिइन्।
उनी एक चर्चित वकिल र बाल अधिकारवादी नेता पनि हुन्। पार्टी्भिभत्रै बाराक ओवामासँग प्रतिस्पर्धा गरेकी चर्चित महिला नेतृ हुन्। उनी उदारवादी सिद्धान्तमा विश्व राख्ने विश्वकै चर्चित र शक्तिशाली महिला हुन्।
८. फ्लोरेन्स नाइटिङ्गेल – नाइटिङ्गेलको जन्म सन् १८२० मा इटालीको फ्लोरेन्समा भएको हो। उनी विश्वप्रख्यात नर्स हुन। हातमा टुकी लिएर बिरामीको सेवा गर्ने उनको कार्यले विश्वभरि नै मानवताको स्वर्णीम् सन्देश दिएको थियो।
उनी मानवमाथिको बर्बरतादेखि अत्यन्तै चिन्तित थिइन्। उनले आफ्नो जीवनको सम्पूर्ण शक्ति गरीब र बिरामीहरुको उपचारमा खर्चिइन्। उनले ठूला कलेज र संस्थाहरु खोलेर बिरामीहरुको सेवा गरेकी थिइन्।
सन् १९०७ मा अर्डर अफ मेरिट नामक ख्यातिप्राप्त पुरस्कारबाट सम्मानित भएकी थिइन्। जीवनको अन्तिम क्षणमा आँखाको दृष्टि गुमाएकी विश्वकै आमा नाइटिङ्गेलको १९१० मा निधन भयो।
९. पामेला बोर्डेस् – पामेलाको जन्म सन् १९६२ मा भारतमा भएको हो । पामेला बोर्डेस् निकै कामूक र यौनवादी महिला हुन्। उनले कलेजमा सार्वजनिक रुपमै भन्ने गरेकि थिईन, ‘हे राम, अब के होला ? गर्भ्निनरोधक चक्की खानै र्बिसेछु।’
उनलाई बेलायतमा कर्लगर्लको रुपमा लिईयोे। पामेला बोर्डेस्को कमाइ वार्षिक ३००० पाउण्डभन्दा बढ्ता रहेयो। पामेला बोर्डेस्ले सन् १९८२ मा मिस इण्डिया उपाधि जितिन्।
पामेला बोर्डेस् लण्डन पुगेर वरिष्ठ नेताहरुसँग सम्बन्ध स्थापित र्गथिन्। त्यसपछि उनले बेलायतकै सत्तामा निकै ठूलो प्रभाव लेखाइन्। पामेला बोर्डेस्लाई बेलायतको संसद हल्लाउने शक्तिशाली महिलाका रुपमा हेरिथियने ।
१० . नाजेज्दा क्रुप्सकाया – क्रुप्सकायाको जन्म सन् १८६९ मा भएको हो। नाजेज्दा क्रुप्सकाया विश्वप्रसिद्ध मार्क्सवादी नेता लेनिनकी श्रीमति र रुसी कम्युनिष्ट पार्टीकी प्रभावशाली नेतृ भईन्। नाजेज्दा क्रुप्सकायाले कम्युनिष्ट सिद्धान्तको रक्षा र साम्यवादको लक्ष्यका लागि सम्पूर्ण जीवन समर्पित गरिन । नाजेज्दा क्रुप्सकाया एक शिक्षिका, कम्युनिष्ट नेतृ, पत्रकार र क्रान्तिकारी नेतृ हुन्। रुसी क्रान्तिको सफलता र लेनिनवादको विकासमा क्रुप्सकायाले महत्वपुर्ण योगदान पुर्याईन्। सन् १९३९ मा उनको निधन भएको थियो ।