होम बस्नेत
उदयपुर : प्रदेश सरकारले उदयपुरको रौतामाई गाउँपालिकालाई दमकल र प्रहरी भेन दिएको छ ।
प्रदेश १ का ११ जिल्लाका एकएक स्थानीय तहलाई मुख्यमन्त्र एकीकृत शान्ति सुरक्षा विपद ब्यवस्थापन र स्वास्थ सेवाका लागि दमकल र प्रहरी भेन हस्तान्तरण गरेको हो ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा बिहीबार आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले दमकल र प्रहरी भेन हस्तान्तरण गरेका छन ।
आग्लागी र अपराधका घटनाहरु बढ्दै गएकाले पालिकाको माग अनुसार प्रदेश सरकारले दिएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्काले बताए । खड्का का अनुसार पालिकामा हुने आग्लागी तथा अपराधिक गतिविधी नियन्त्रणमा प्रदेश सरकारले दिएको दमकल र प्रहरी भेनले ठुलो सहयोग पुग्ने बताए ।
दमकल र प्रहरी भेन रौतामाईले पाएपछि खुसी व्यक्ति गर्दै अध्यक्ष खड्काले प्रदेश सरकारलाई धन्यवाद व्यक्त गरेको छन ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले खरिद गरेको दमकल र प्रहरी भेन आज स्थानीयहतहरुलाई मुख्यमन्त्री राई हस्तान्त्रण गरेका छन ।
बिहीबार सुनसरीको कोशी गाउँपालिका, मोरङको कानेपोखरी गाउँपालिका, झापाको कमल गाउँपालिका, ईलामको देउमाई नगरपालिका, पाँचथरको फिदिम नगरपालिका, तेह्रथुमको आठराई गाउँपालिका, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको हतुवागडी गाउँपालिका, खोटाङको खोटेहाङ गाउँपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका र उदयपुरको रौतामाई गाउँपालिकालाई ती सामाग्री हस्तान्तरण गरिएको हो ।