इन्डियन प्रिमियर लिग क्रीकेट (आइपियल) मा गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । युएईमा जारी प्रतियोगितामा दिल्ली क्यापिटल्सले आफ्नो ८ औं खेलमा राजस्थान रोयल्समाथि १३ रनको जित निकाल्न सफल भयो ।
टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले राजस्थान रोयल्ससामु निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रनको मध्यम लक्ष्य दिएको थियो ।
खेलको पहिलो बलमै पृथ्वी शाहलाई शुन्य रनमा गुमाएको दिल्लीको इनिङ्स तेस्रो क्रममा आएका अजिन्क्या रहाणे व्यक्तिगत २ रन बनाउदै आउट हुदा एकसमय धर्मराएको थियो ।
तर मध्यपंक्तिका खेलाडी श्रेयस अएर तथा ओपनर शिखर धवनले अर्धशतकीय पारी खेल्दै सम्हालेका थिए । ३३ बलको सामना गरेका धवनले ६ चौका तथा २ छक्काको मद्दतले सर्वाधिक ५७ रन बनाउदा अएरले ४३ बलमा ३ चौका तथा २ छक्काको मद्दतले ५३ रनको योगदान गरे । यस्तै मार्कोस स्टोइनिसले १८ रन बनाउदा एलेक्स केरि १४ रनमा आउट भए ।
बलिङतर्फ राजस्थानका लागी जोआफ्रा आर्चरले ४ ओभरमा १९ रन खर्चदै सर्वाधिक ३ विकेट लिदा जयदेव उनाड्कटको नाममा २ तथा कार्तिक त्यागी तथा श्रेयस गोपालको नाममा १र१ विकेट रह्यो । १६२ रनको मध्यम लक्ष्य पछ्याउँदै जवाफी इनिङ सुरु गरेको राजस्थानले खराब ब्याटिङ प्रदर्शन गर्यो । र उ २० ओभरमा ८ विकेट गुमाएर १४८ रनमात्र बनाउन सक्यो ।
राजस्थानका लागी ओपनिङ गरेका बेन स्टोक्सले सर्वाधिक ४१ रन बनाए । रोबिन उथप्पाले ३२ रनको पारी खेल्दा सन्जु सामसन २५ तथा जोस बट्लर २२ रनमा आउट भए ।
राजस्थान विरुद्ध कसिलो बलिङ गरेको दिल्लीका लागी तुशार देशपाण्डे तथा एनरिच नोर्ट्जेले २र२ विकेट लिए । कागिसो रबादा,रविचन्द्रन आश्विन तथा अक्सर पटेलको नाममा १र१ विकेट रह्यो ।
यो जितसगै दिल्ली आइपियलको शिर्ष स्थानमा उक्लिएको छ । आइपियलमा आज राती किङ्स ११ पञ्जाब तथा रोयल च्यालेन्जर्स बंग्लोरबीच खेल हुनेछ ।