काठमाडौ । इन्डियन प्रिमियर लिग क्रीकेट (आइपियल) मा रोयल च्यालेन्जर्स बंग्लोरले कोलकाता नाइटराइडर्सलाई ८२ रनले हराएको छ ।
दक्षिण अफ्रिकी खेलाडी एबिडि भिल्लियर्सको विस्फोटक ७३ रनको मद्दतले बंग्लोरले कोलकातासामु १९५ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
३३ बलको सामना गरेको डे भिल्लियर्सले ५ चौका तथा ६ छक्काको मद्दतले अविजित रहदै ७३ रन बनाएका थिए । यस्तै ओपनरहरु आरोन फिन्चले ४७ तथा देबदत्त पड्डिकलले ३२ रन बनाए । कप्तान विराट कोहलिले ३३ रनमा अविजित रहे ।
कोलकाताका लागी अन्द्रेइ रसेलले तथा प्रसिद्ध कृष्णले १/१ विकेट लिए ।
१९५ रनको विशाल लक्ष्य पछ्याउँदै आफ्नो इनिङ थालेको कोलकाताले खराब ब्याटिङ प्रदर्शन गर्यो ।
उसका सुभमान गिलले सर्वाधिक ३४ रन बनाए । अन्द्रेइ रसेल तथा राहुल त्रिपाठीले समान १६ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर नि बनाउन सकेनन् ।
कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर ११२ रनमात्र बनाउन सक्यो । यो सगै कोलकाता बंग्लोरसँग ८२ रनको लज्जास्पद हारको सामना गर्न बाध्य भयो ।
कोलकातालाई सस्तैमा समेट्न कसिलो बलिङ गरेका बंग्लोरका कृस मोरेस तथा वासिङ्टन सुन्दरले समान २/२ विकेट लिए । भने नवदिप सैनि,मोहम्मद सिराज,युजभेन्द्र चाहल तथा इसुरु उडानाको खातामा १/१ विकेट रह्यो ।
आइपियल अन्तर्गत आज राति सनराइजर्स हैदराबाद तथा चेन्नैई सुपर किङ्सबीच खेल हुनेछ ।