लिम्चुङबुङ । प्रचार प्रसार र समान्य रुपमा भैतिक पुर्वाधार अभावमा देशका धेरै पर्यटकीय क्षेत्र ओझेलमा परेका छन । धार्मिक, सँस्कृतिक, प्रकृतिक, समाजिक पर्यटन क्षेत्रको सम्भावना रहेका क्षेत्रहरु ओझेलमा परेका छन् ।
जुन ठाँउमा टाठाबाठा भएका अगुवा नेताहरु छन । त्यहाँ नै पर्यटकका नाममा बजेट पुग्छन । जहाँ कोही बोल्ने व्यक्ति हुँदैनन । त्यहाँ पर्यटकको सम्भावना भएपनि बजेट पुग्न सकेको छैन् । अनि काम पनि हुन सकेको छैन् । समान्य रुपमा भौतिक पुर्वाधार काम समेत भएका छैनन् । त्यसैको एउटा उदाहरण लिन सकिन्छ, उदयपुरको लिम्चुङबुङ गाँउपालिकालाई ।
धार्मिक, सँस्कृति, प्रकृतिक लगायतका पर्यटकीय सम्भावना लिम्चुङबुङमा छ । तर, कहिले पनि पर्यटकको उपाधि लिम्चुङबुङले पाएको छैन् । उदयपुरको रौतामाई, उदयपुरगढी, चौदण्डीगढी र ताप्ली पोखरीले पर्यटनको उपाधि भिरिसकेका छन । तर, तिनै पर्यटकीय क्षेत्रकोभन्दा फरक पहिचान र विशेषता बोकेको लिम्चुङबुङ पछि पर्दै आएको थियो ।
राज्यको पुर्नसंरचनासँगै शासन व्यवस्थामा परिवर्तन आएपछि लिम्चुङबुङ जस्ता पर्यटकीय क्षेत्रहरु अहिले जुरुमुराउन थालेका छन । विगतमा चर्चामा नआएका ठाँउहरु अहिले स्थानीय सरकारको प्रथामिकतामा पर्न थालेका हुन । लिम्चुङबुङ गाँउपालिकाले पनि पर्यटककीय क्षेत्रबाट आम्दामी गर्ने सपना बुन्न थालेको छ ।
यस्तो छ, ‘लिम्चुङबुङ’
लिम्चुङबुङ गाउँपालिका नेपालको प्रदेश नं. १ को उदयपुर जिल्लाको पश्चिम उत्तर हिस्सामा अवस्थित छ । यस गाउपलिकाको नाम साबिकको सुनकोशी भएता पनि स्तानीय सरकार संचालन ऐन २०७४, बमोजिम गाउपलिकको सिफरिमा लिम्चुङबुङ गाउँपालिका बनेका हो ।
यस गाउँपालिकामा साबिकका बस्बोटे, ताम्लिछा, बाराहा, बलाम्ता र जाते गरि जम्मा ५ बटा वडाहरु छन । गाउँपालिकाको केन्द्र बाराहामा । यस गाउँपालिकामा कुल क्षेत्रफल १०६.८ वर्ग किलोमिटरमा ११ हजार ९९२ जनसंख्या छ ।
बक्लो रुपमा किराती समुदाय बसोबास रहेकाले जसलाई किराँती सँस्कार सँस्कृतिकलाई समेत पर्यटनको एउटा आधार बनाउन सकिन्छ । ‘किरातीहरुमा विभिन्न जातिहरु हुन्छ,’ वडा नम्वर १ का भिमबहादुर राईले भने, ‘किराती धर्म, सँस्कर, परम्परालाई पनि एउटा पर्यटन भित्र्याउने आधार मान्न सकिन्छ ।’ त्यसैक्रममा अर्को दोवाटे डाँडाँ पनि अहिले चर्चामा आउन थालेको छ ।
आठ हिमाल देखिने दोबाटेडाँडा
लिम्चुङबुङ गाउँपालिका–३ मा पर्छ दोबाटेडाँडा । जहाँबाट सगरमाथा लगायत आठ हिमशृंखला देख्न सकिन्छ । सगरमाथा, नुम्बुर, महालंगुर, गौरीशंकर, जुगललगायत आठ हिमशृंखला आँखैअगाडि देख्न पाइन्छ । त्यही दोबाटेडाँडामा ‘एभरेष्ट भ्युटावर’ बनाउन लिम्चुङबुङ गाँउपालिका जुटेको छ ।
गाँउपालिकाका अध्यक्ष मेजरकुमार राईका अनुसार एभरेष्ट भ्युटावर ७२ फिटको हुनेछ । भ्युटावरको टुप्पोमा १६ फिट उचाइको चिन्डो (वाबु) राखिनेछ । ७२ फिट उचाइको भ्युटावरबाट एकैपटक ५० जनाले उत्तरतिर सगरमाथा, नुम्बुर, महालंगुर, गौरीशंकर, जुगललगायत आठ हिमशृंखला आँखैअगाडि देख्न पाउनेछन् । दक्षिणतिर हेर्दा तराईका लोभलाग्दो फाँट देखिन्छ ।
पूर्वतिर र पश्चिमतिर पनि दृश्यावलोकन गर्न सकिन्छ । बाइनाकुलरबाट पूर्व–पश्चिम, उत्तर–दक्षिणको दृश्य नियाल्नुको सकिन्छ । अध्यक्ष राईले एकदेखि डेढ करोड रुपैयाँमा टावर निर्माण गर्ने योजना रहेको जानकारी दिए । भ्युटावरसँगै दुईसय रोपनी क्षेत्रफलमा फैलिएको लिम्चुङबुङ पार्क बनाइनेछ । आधुनिक भव्य पार्कभित्रै ‘चिल्ड्रेन पार्क’ हुनेछ । रिसोर्ट र पर्यटक सूचना केन्द्र बनाइनेछ । दोबाटेडाँडालाई मूख्या पर्यटकीय गनतव्य बनाउने लक्ष्य लिम्चुङबुङ स्थानीय सरकारले राखेको छ । अहिले विभिन्न कामहरु सुरु गरिएको अध्यक्ष राईको भनाइ छ ।
संस्कृतिक पर्यटन
किरात धर्म सँस्कार संस्कृतिको समेत प्रशस्त सम्भावना छ । किरातीको बाहुल्या रहेको गाँउपालिका भएकाले तिनै किरातीको धर्म सँस्कार सँस्कृति प्रर्वद्धन र संरक्षण गरेर संस्कृति पर्यटनको विकासमा जोड गर्न सकिन्छ ।
लिम्चुङबुङ गाँउपालिका २ का वडा अध्यक्ष भविन्द्र राई भन्छन, ‘मगर, राई लगायतका जातजातिका पहिचान झल्कने संग्रहलगय बनाउन समेत लागी परेका छौ,’ उनले भने, ‘संस्कृतिक पर्यटनको पनि प्रशस्त सम्भावनाहरु छ ।’ धार्मिक, संस्कृति पर्यटनको मुख्य अधाधार लिम्चुङबुङमा छ ।
लालिगुराँस र लिम्चुङबुङ
सुनकोसीको गढतिरदेखि मभाभरत क्षेत्रमा फैलिएको लिम्चुङबुङ छ । माथिल्लो भाग बसन्तर ऋतु सुरुभएसँगै नेपालको राष्ट्रिय फुल लालिगुराँसले ढकमक्क बन्छ । जुन लिम्चुङबुङको अर्को सुन्दरता हो । ‘लालिगण्ुराँस पछिल्लो समय लोप हुँदै गएको छ,’ गाँउपालिकाका अध्यक्ष मेजरकुमारले भने, ‘त्यसलाई संरक्षण र प्रर्वद्धन गर्ने तयारीमा गाँउपालिकाका छ, लालिगुराँस संरक्षण गर्न सके भोलिका दिनमा लागि गुराँसा देखाउनकैको लागि यस क्षेत्रमा पर्यटन ल्याउन सकिन्छ ।’
हलेसीको साथी लिम्चुङबुङ
पुर्वको पशुपतिनाथा भनेर चिनिने खोटाङ हलेसी लिम्चुङबुङ गाउँपालिको पारिपटी पर्छ । खोटाङ हलेसी र उदयपुरको लिम्चुङबुङ गाँउपालिकाको बीचमा सुनसकोसी नदीको बतासेघाट पर्छ । खोटाङको धार्मिक तथा पर्यटकीय स्थल हलेसी र पूर्वी तराई जोड्ने छोटो दुरीको सडक मार्गमा पुल निर्माण हुने भएको छ । वारीपारीका हलेसी र लिम्चुङबुङ एकअर्काका साथी हुन ।
उदयपुरको सुनकोसी गाउँपालिका–१ बाँसबोटे र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको सिमानामा पर्ने सुनकोसीस्थित बतासेघाट ख्रोप्पामा पक्की पुल निर्माणको तयारी थालिएको गाँउपालिकाकाले जानकारी दिएको छ ।
गाउँपालिका अध्यक्ष राईका अनुसार सडक विभाग हुँदै राष्ट्रिय योजना आयोगबाट पुल निर्माणका लागि तोक आदेश भइसकेको छ । हाल झोलुंगे पुल सञ्चालनमा रहेको बतासेघाटमा पक्की पुल निर्माण भए त्रि–धार्मिकस्थल हलेसी र गाईघाट आवतजावत गर्ने सबैभन्दा छोटो सडक बन्ने छ । ‘गाईघाट र हलेसी जोड्नका लागि यो सबैभन्दा छोटो रुट हुने भएकाले बतासेघाटमा पक्की पुल निर्माणका लागि पहल थालेका हौँ,’ गाउँपालिका अध्यक्ष राईले भने ‘तराईबाट हलेसी प्रवेश गर्ने छोटो मार्ग खुल्नेक्रम जारी छ, बतासेघाटमा पुल बनेपछि हलेसी आउने तराईबासी बाहेक भारतीय भक्तजन समेत यही बाटोबाट हिँड्नेछन् ।’
सुनकोसीमा पुल बनेपछि हाल पूर्वी तराई–कटारी–घुर्मी हुँदै हलेसी आउने दर्शनार्थीका लागि गाईघाट–मुर्कुची–पुवाँरे–भालेबास–माझखर्क–सुनकोशी गाउँपालिकाको बतासेघाट–हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको होलेसुङ–जनकराज राई मार्ग बन्दै छ । जुन हलेसी पुग्ने छोटो सडक बन्ने छ ।
एक र दुई नम्वर प्रदेशबाट हलेसी दर्शन गर्न जानेको छोटो सडक लिम्चुङबुङबाटै पर्छ । करिब ८० किलोमिटर दुरीको उक्त सडक तराईबाट हलेसीधाम जाने तिर्थालुका लागि सबैभन्दा सोझो, छिटो र सहज सडक बनाउन अहिले लिम्बुङबुङ गाँउपालिका लागि परेको अध्यक्ष राई बताउँछन ।
र्याफ्टिङदेखि एग्रो टुरिजमतर्फ लिम्बुङबुङ
लिम्चुङबुङ र हलेसीको बीचमा पर्ने सुनकोसी नदी सलल बगेको छ । जुन सुनकोसी नदीमा ¥याप्mटिङको व्यवस्था पनि गर्न सकिन्छ । पानीका छालसँग उफ्रँदै र पछारिंदै तीव्र गतिमा गरिने साहसिक ¥याफ्टिङका लागि पनि लिम्चुङबुङमा प्रशस्त सम्भावना छ । जसको लागि सिङगो गाँउपालिका लागि पर्नुपर्ने नेपाल कम्युनिष्ट पार्टी लिम्चुङबुङका नेता कृष्ण निरौला बताउँछन ।
‘पर्यटनको लागि लिम्चुङमा धेरै सम्भावना छ,’ उनले भने, ‘सुनकोसी नदीमा र्याफ्टिङ र माथिल्लो महाभारत क्षेत्रमा चियाँ, अलैँची लगायतका व्यवसायिक खेती गर्ने हो भने कृषि पर्यटनको प्रशस्त सम्भावना छ ।’
हिउँमा लिम्चुङबुङ लगायतका क्षेत्रमा हिउँसमेत पर्ने गर्छ । जसले गर्दा हिउँसँग रमाउन पनि लिम्चुङबुङमा पाइन्छ ।
गाँउपालिका बनाउँदै होमस्टे
स्थानीय तहको पुर्न संरचना अघि जो कोही हालको लिम्चुङबुङ अर्थात साविकाको ताम्लिछा, बारा, बाँसबोटे, जाते, बलम्ता पुगे खाने बस्नेतको व्यवस्था थिएन । अहिले स्थानीय सकारकाले गाँउमा पनि होमस्टे सञ्चालनको अवधारणा ल्याएको छ ।
जसले गर्दा अहिले ताम्लिछाको मगरडाँडाँ गाँउमा मगर हामस्टे र माथिल्लो क्षेत्रमा कार्की होमस्टे सञ्चालनमा ल्याएको छ । ‘लिम्चुङबुङ आउने जो कोही पनि खान बस्नको लागी सर्वसाधरणको घर चार्हनु नपरोस भनेर होमस्टे सञ्चालनमा ल्याएका हौ,’ गाँउपालिकाका अध्यक्ष राईले भने, ‘यहाँका होमस्टे सञ्चालकलाई विभिन्न प्रकारका तालिम दिएर दक्ष बनाउने तयारीमा छौ ।’ लिम्चुबुङका ५ वटै वडा कार्यालयहरुमा सडक सञ्जाल जोडिसकेको छ ।