उदयपुर : स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका तत्कालीन जिल्ला सचीव रामकुमार राईले आफु पुर्ण नेपाली काङ्ग्रेसमा सचिवकै हौसियतामा फर्किएको भन्दै विज्ञप्ति निकालेपछि नेपाली काङ्ग्रेस उदयपुरमा भाडभैलो मच्चिएको छ।
कांग्रेसका जिल्लातहका नेताहरुले राईका विरुद्धमा ४ वटा विज्ञप्ती निकालेका छन । रामकुमार राईले पार्टी केन्द्रीय अनुशासन समितिले आफुमाथि लागेको आरोप झुठो भएको प्रमाणित गर्दै पुरानो जिम्मेवारीमा फर्कन भने अनुसार सचीव पदको कार्यभार सम्हालेको विज्ञप्ति सार्वजनिक गरेपछि पार्टी जिल्ला सभापति विदुर वस्नेतले रामकुमार राईले औपचारिक रुपमा पार्टी परित्याग गरेको हुनाले फेरि पार्टिमा फर्केको बारे आफुहरुलाई जानकारी नभएको जनाउदै विज्ञप्ति निकालेपछि काङ्ग्रेसमा विज्ञप्ती निकाल्नेको लहर चलेको छ ।
२०७४ सालमा भएको स्थानीय चुनावको बेला कटारीमा आयोजित माओवादी केन्द्रको चुनावी सभामा उपस्थित हुदै, काग्रेसबाट देश परिर्वत र विकास सम्भव नभएको भन्दै रामकुमार राईले काङ्ग्रेस परित्याग गरि तत्कालिन माओवादी केन्द्र प्रवेश गरेको घोषणा गरेका थिए ।
काग्रेस सभापति शेर बहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशाक कोईरालाले आफुलाई पुर्णः जिल्ला सचिवको जिम्मेवारी दिएको भन्दै नेता राईले विज्ञप्ती निकाल्दै आफु नेकपा छोडेर काङ्ग्रेस भएको उल्लेख गरेका थिए । माओवादी र एमाले बीच एकता भइ बनेको नेकपाको जिल्ला समिति सदस्यमा समेत मनोनीत भएका राईले यहि असोज १७ गते नेपाली काङ्ग्रेस जिल्ला पार्टी कार्यालय पुगि आफु पुरानै जिम्मेवारीमा फर्किएको भन्दै विज्ञप्ति निकालेका थिए।
उनको यो विज्ञप्ति पछि नेपाली काङ्ग्रेसका उदयपुर जिल्ला सभापति विदुर वस्नेतले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली काङ्ग्रेसको निर्वाचित जिल्ला सचीव पद रिक्त भएको जनाउदै राईले जिल्ला सचीवको हैसियतले विज्ञप्ति जारी गरेको देखेर आफुहरु छक्क परेकोे बताएका छन् । “पार्टी कठिन अवस्थामा हँुदा पार्टीको जिल्ला सचीवजस्तो मान्छेले पार्टी छोडेर गएको उल्लेख गर्दै त्यो ठाउँमा केन्द्रिय समितिलाई अवगत गराएर सांगदोर्जे तामाङलाई जिल्ला सचिवमा मनोनीत गरिसकिएको जिल्ला सभापतीले विज्ञप्ति भनेका छन ।”
उनले कांग्रे्रेसको विधान विपरीत रहेर आधिकारिक व्यक्ति बाहेकले कसैले पनि पार्टीको नाम, छाप, प्याड लगायत कुराहरु प्रयोग नगर्न पनि विज्ञप्तिमा अनुरोध गरेका छन् । जिल्ला सभापति बस्नेतले राई काग्रेसमा प्रवेस गरेको आफुलाई थाहा नभएको र यदि कसैलाई जानकारी भए खबर गरि दिन अनुरोध गरेका छन । त्यस्तै प्रतिनिधी सभा दुईका क्षेत्रीय सभापति रामकुमार खत्रीले मंगलबार एक विज्ञप्ती जारी गर्दै “कागे्रस पुर्व सचिवको नाममा सामाजिक संजालमा विज्ञप्ती आएको देखेर हामी कांग्रेसीजनहरु आश्र्चय चकित परेको बताएका छन ।”
उनले विज्ञप्तीमा भनेका छन्, ‘राईले पाटी प्रवेश गरेको दिन चुनाव प्रचारप्रसारका क्रममा उदयपुरका २ नम्बर निर्वाचन क्षेत्रका आफ्ना उम्मेद्धार नारायण कार्की र ने.बि. संघ नेत्री मिरा कटुवाल एम्बुसमा परि मर्नु न बाच्नु भई छट्पटाई रहेको बेला नेकपाको सुनाभी सभामा नाचगाँन गरि खुसीयाली मनाउँदै अविर जात्रा गरेर ने.क.पा प्रेवश गरेको गरेको अडियो र फोटो हामीसँग सुरक्षित रहेको खत्रीले बताएका छन।’
प्रदेश निर्वाचन क्षेत्र (२) ख का क्षेत्रीय सभापति ज्ञान बहादुर बानियाँले पाटीमा फर्केका राईलाई कुनै पनि कार्यक्रममा सहभागि नगराउन भन्दै विज्ञप्ती निकालेका छन । त्यस्तै कटारी नगर सभापती र्गोपा प्रसाद पराजुलीले कांग्रेस त्याग गरेका राई पुर्ण कांगे्रसको पुरानै जिम्मेवारमा फर्किएको भन्दै निकालिएको विज्ञप्तीले आफुहरु आश्र्चय चकित परेको बताएका छन । यो सहित राईका विरुद्धमा कांग्रेस उदयपुरका नेताहरुले ४ वटा विज्ञप्ती निकालेका छन ।
नेकपा छाडेर फेरि कांग्रेस फर्किएका राईको विज्ञप्ति :