असोज १४,२०७७ विराटनगर र धरानमा बुधबार विहान दई कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
विराटनगरमा मोरंगको जहदा एक पुरूषको विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा र सप्तरीका अर्का संक्रमितको धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनामा मृत्यु भएको हो ।
मोरंगको जहदा ६ का ६३ बर्षीय पुरुषको विहान कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा उपचारका क्रममा मृत्युु भएको अस्पतालका संयोजक डा।दीपक सिग्देलले बताए । असोज ४ गते संक्रमण देखिएपछि सोही दिन उनलाई कोभिड अस्पतालमा भर्ना गरिएको थियो । असोज ५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार भईरहेकोमा बुधबार विहान ४ वजे मृत्यु भएको डा सिग्देलले बताए ।
उनलेका बृद्वमा स्वासप्रस्वासमा समस्या देखिएको, मधुमेह र उच्चरक्तचापबाट पीडित रहेको बताए ।वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।
त्यसैगरी पीपी कोइरालाल स्वास्थ्य विज्ञान प्रतिष्ठनाको कोभिड १९ अस्पतालमा उपचारको क्रममा आज बिहान ३ बजेर १० मिनेटमा राजविराज ४, सप्तरीका ३९ बर्षीय पुरुषको मृत्यु भएको छ ।
प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार असोज १० गते कोभिड अस्पतालमा भर्ना गरेर मृतकलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनलाई असोज ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
मृतकलाई विराटनगरस्थित गोल्डेन हस्पिटलले रिफर गरेपछि वीपी प्रतिष्ठानमा भर्ना भएका थिए । उनलाई उच्चरक्तचाप, विगत १० बर्षदेखि मधुमेह र मृगौलाको दीर्घकालिन समस्या भएर डाइलाइसिस भइरहेको पनि प्रवक्ता डा।सापकोटाले जानकारी दिए । वीपी प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुने संक्रमितको कुलसंख्या ३७ पुगेको पनि प्रवक्ता डा।सापकोटाले जानकारी दिए ।