उदयपुर : उदयपुरको कटारी नगरपालि ११ का राजु खड्काको दुवै मृगौला काम नलाग्ने भएपछि बचाउनको लागी उनको परिवारले सहयोगको याचना गरेका छन् ।
खड्काको मृगौला प्रत्यारोपण तथा डायलासिस गर्न आर्थिक क्षमता नभएपछि सहयोगको याचना गर्नुपरेको पीडितकी श्रीमती सवीना खड्काले बताइन। बृद्ध भएका बुबाआमा, श्रीमती र एक नावालिका छोरी समेत रहेका २४ बर्षिय खड्काको उपचार गर्न आर्थीक समस्या भएको छ।
सामान्य खेतीकिसानी गरेर जीविकोपार्जन गर्दै आएको उनको परिवारको आर्थिक अबस्था नाजुक रहेको छ । मृगौला पीडितकी श्रीमती सविना भन्छिन् ‘अहिले खान लाऊँन नै समस्या भैरहेको र यस्तो अबस्थामा बिरामीको उपचार कसरी गराउनु उनले सहयोगी मनहरुबाट सहयोग गरेर आफ्नो श्रीमान बचाईदिन अनुरोध गरिन्न ।
२०७४ साल मंसिर १ गते गोरखा घर भएकी सवीना संग उनको बिबाह भएको थियो। बिबाह भएको १ बर्ष पछि बैदेशिक रोजगारीको लागी कतार गएका उनले यूबीसी कम्पनीमा सेक्युरिटी गार्डको रुपमा काम गरे । ३ महीना पछि ड्यूटीमा रहेको अबस्था एक्कासि बेहोस भएर ढले पछि प्रहरीले अस्पताल लगेको उनले बताए।
खड्काले भने “एक दिन सम्म मेरो होस आएन छ, होस आए पछि चेक जाँच गर्दा किड्नीमा समस्या छ डायलसिस गर्नु पर्ने हुन्छ भनेर डाक्टरले भने ३ महीना पछि मलाई नेपाल फिर्ता पठाइदियो।
नेपाल आइसके पछि परिवारका सदस्यलाई खबर गरी विर अस्पतालमा २ दिन भर्ना भएर उपचार गराए अहिले एक बर्षदेखि कहिले काठमाण्डौंको शिक्षण अस्पताल महाराजगञ्ज त कहिले बिर अस्पताल र बीपी प्रतिष्ठान धरानमा उपचार गराईरहे।
अहिले खड्काकोे बीपी प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । अस्पतालले उनको दुवै मृगौला फेल भएको जनाएको छ । बीपी प्रतिष्ठान धरानमा डायलसिस मात्र हुने भएकाले पैसा जम्मा भए काठमाण्डौ लगेर मृगौला प्रत्यारोपण गर्न सके आफ्नो श्रीमानलाई बचाउन सकिने श्रीमती सवीनाको आशा छ ।
“आफ्नो मृगौला दिने मिल्ने भए आफु श्रीमानलाई आफ्नो मृगौला दियर भएपनि बचाउन चाहन्छु सवीनाले भनिन।”
नाता, ईष्टमित्र तथा आफन्तकै भरमा अस्पताल पु¥याएर औषधी उपचार गरिरहेको दाजु प्रबीन खड्काले बताए । उनले अस्पतालले मृगौला प्रत्यारोपणका लागि ८–९ लाख रुपैंयाँ जम्मा गर्न भने पनि आफुसँग रकम जम्मा गर्ने क्षमता नभएकाले हारगुहार माग्नुको बिकल्प नभएको गुनासो गरे ।
उनले राजू बचाउन मुक्तिनाथ बिकास बैंक कटारी शाखामा खोलिएको खातानम्बर ०४६२०१००५८२५४५०००००१ मा उनका दाजु प्रबिन खडकाको नाममा रकम जम्मा गरेर सहयोग गर्न सकिने व्यवस्था मिलाइएको छ ।