उदयपुर : उदयपुरमा अवैध लागुऔषध सहित ८ जना पक्राउ परेका छन ।
जिल्लाको त्रियुगा नगरपालिका २ र ६ बाट गोप्य सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सप्तरीको फत्तेपुरबाट सदरमुकाम गाईघाटतर्फ स. १ प. ३२२४ नम्बरको मोटरसाईकलमा ल्याई बिक्रि बितरण गरिरहेको अबस्थामा र त्रियुगा नगरपालिका ६ लालपत्ताबाट २ जना गरी ८ जना युवाहरु २८५ एम्पुल लागूऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) भिमबहादुर दाहालले बताए ।
उनीहरुको साथबाट फेनारगन ९५ एम्पुल, डाईजोपाम ९५ एम्पुल र लुपिजेसिक ९५ एम्पुल समेत गरी कुल २८५ एम्पुल लागूऔषध बरामद गरिएको (एसपी) दाहालले जानकारी दिए । साथै उनीहरुको साथबाट मोवाईल समेत बरामद गरिएको छ ।
पक्राउ पर्नेमा सप्तरी अन्निसाईर कृष्णसबरम गाउँपालिका १ बस्ने बर्ष ३१ को पीके भन्ने प्रबेश मिया र उनको श्रीमती बर्ष २६ की हजारुम खातुन, त्रियुगा नगरपालिका १२ का १९ वर्षिय रजामुदिन अन्सारी, २४ वर्षिय दिलिप घिमिरे, २० वर्षिय मिलन बिश्वकर्मा, २२ वर्षिय शिब अधिकारी, अर्का २२ वर्षिय बिशाल मगर र २० वर्षिय सागर पौडेल रहेका छन्। उनीहरुको साथबाट मोबाइल ५ थान समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
मियाँ र खातुनलाई लागुऔषध बिक्रिको लागी भारतबाट उदयपुर आउने क्रममा प्रहरीले पक्राउ गरेको हो । अहिले उनिहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।