उदयपुर । देशव्यापी रुपमा सुरु भएको नेकपा (माओवादी केन्द्र) को ‘जनतासँग माओवादी, विशेष रुपान्तरण ३ महिने अभियान’ जारी रहेको छ । गत शनिबार देशव्यापी सुरु भएको ‘जनतासँग माओवादी, विशेष रुपान्तरण ३ महिने अभियान’ उदयपुरको आठवटै पालिकाको ७५ वडामा एकसाथ सुरु भएको थियो ।
आठवटै पालिकाका ७५ वटै वडामा विभिन्न कार्यक्रम गरी उद्घाटन भएको थियो । ‘जनतासँग माओवादी, विशेष रुपान्तरण ३ महिने अभियान’ जारी ८ वटै स्थानीयतहका ७५ वटै वडामा एकैसाथ अभियानको सुरुवात भएको पार्टी जिल्ला समन्वय समिति संयोजक विनोद कटुवाल दिवसले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘७५ वटै वडामा एकसाथ विभिन्न कार्यक्रम गरी एकसाथ उद्घाटन भएको छ । त्रियुगाका १६ वटै वडा, कटारीका १४, चौदण्डीगढीका १० र बेलकाका ९ वटै वडामा एकैसाथ अभियान सुरुवात भएको छ । त्यस्तै गाउँपालिकातर्फ लिम्चुङबुङका ५ वडा, ताप्लीका ५, रौतामाईका ८ र उदयपुरगढीका ८ वटै वडामा अभियान सुरु भएको छ । अभियानको सुरुवात गर्दा अस्पताअल, विद्यालय, स्वास्थ्यचौकीलगायत बिभिन्न सार्वजनिकस्थलको सरसफाई, श्रमदान, सहिद परिवार र बृद्धबृद्धासँग भेटघाट र फलफुल बितरण गर्दै गरिएको छ ।’
‘घरघरमा माओवादी, जनजनमा माओबादी’ भन्ने नाराका साथ सञ्चालित अभियान अन्तर्गत हरेक स्थानीयतहमा पार्टी केन्द्रीय सदस्यको नेतृत्व रहेको छ । त्यस्तै पार्टीले हरेक वडाकौ अभियान ठोस रुपमा सम्पन्न गर्न सुक्ष्म अनुगमन र व्यवस्थित नियमन गर्ने जिम्मासहित केन्द्रीय सदस्श्रयहरुलाई इन्चार्ज तोकेको छ । हरेक वडामा स्थानीयतहको कमिटीका पदाधिकारीलाई संयोजकको जिम्मेबारी दिइएको छ । साथमा अन्य पदाधिकारी र कमिटीका सदस्यहरु आवद्ध रहेका छन् ।
अभियानको क्रममा जनतासँग जोडिन उनीहरुको घरघर गएर दुःखसुसखका कुरा गर्ने, पार्टीले लिएको मुद्धा, सञ्चालन गरेको नीति कार्यक्रम र यसअघि पार्टीले गरेका बिभिन्न जनमुखी र अधिकारकेन्द्रित आन्दोलन र संघर्षहरु तथा त्यसिबाट प्राप्त उपलब्धी तथा माअेबादीको नेतृत्वमा बनेका सरकारले गरेका जनपक्षीय कामहरुको बारेमा विश्लेषण र समीक्षा गर्दै जनताको प्रतिक्रिया लिने काम हुनेछ ।
अभियानको सुरुवात अत्यन्त राम्रो गरी भएकाले ३ महिने अभियान पनि सफलतापूर्वक सम्पन्न हुने अपेक्षा गरिएको कटुवालको भनाइ छ । कटारी पार्टी अध्यक्ष मणिराज दाहाल, चौदण्डीगढी अध्यक्ष्ँ दिनेश बायुङ राई, बेलका अध्यक्ष मनोज ताामाङले विहान एकैसाथ अभियानको उद्घाटन भएको बताउनु भएको छ । त्यस्तै लिम्चुङबुङ पार्टी अध्यक्ष मेजर राईले निर्धारित समयमै ५ वटै वडामा अभियानको सफलतापूर्वक सुरुवात भएको बताउनु भयो । उता ताप्ली पार्टी अध्यक्ष गुरु पोखरेलले गाउँपालिकाका ५ वटा सबै वडामा एकैचोटी अभियानको सुखद सुरुवात भएको बताउनु भएको छ । रौतामाई अध्यक्ष वीरेन्द्र मगरले पनि ८ वटै वडामा अभियानको एकैसाथ सुरु भएको जानकारी दिएक छन् भने उदयपुरगढीका पनि ८ वटै वडामा एकैसाथ अभियानको सफल सुरुवात भएको पार्टी अध्यक्ष दिपक तामाङले बताउनु भएको छ ।
तीन महिने अभियानमा पार्टीका भातृसंगठन, जनबर्गीय संगठनहरुलाई पनि परिचालन गरिएको छ । युवा, विद्यार्थी, महिला, दलित, शिक्षक, कर्मचारी संगठनहरु तथा जातीय मोर्चाहरु सबै परिचालन हुने कटुवालको भनाइ छ । अखिल नेपाल शिक्षक महासंघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति), योङ कम्युनिष्ट लिग (वाईसिएल) अनेमसंघ, दलित मुक्ति मोर्चा, मजदुर संगठन तथा किराती राष्ट्रिय मोर्चा, थरुहट मोर्चा, मगर, तमु, नेवा र मधेसी मोर्चाहरु सबैलाई अभियानमा जोडेर देशव्यापी रुपान्तरणका लागि परिचालन गरिएको जिल्ला संयोजक कटुवाले बताउनु भएको छ ।