पोखरा । आईएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको छैठौँ वार्षिकोत्सव कार्यक्रमको गएकाे साउन १५ बाटसुरु भएका विभिन्न कार्यक्रमहरु गरी देशभर प्रभातफेरी तथा रक्तदान कार्यक्रम संचालन गर्दै सम्पन्न भएको छ ।
कम्पनीले श्रावण १५ गते देशभर ग्रामीण क्षेत्रका महिलाहरुलाई "तिज गिफ्ट" उपहार प्रदान गरेको थियाे । श्रावण १६ गते देशभर वेबिनार कार्यक्रम संचालन गरेर मानव जीवनमा चिनी रोग संबन्धि जनचेतना जागरण कार्यक्रम सम्पन्न गरेको थियो ।
श्रावण २० गते देशभर बिभिन्न बृदाश्रम र अनाथाश्रममा खाना खुवाएर साथै आवश्यक सामग्री जस्तै झुल तथा बिजुली पंखा बितरण गरेको थियो । श्रावण २५ गते देशभर ग्रामीण क्षेत्रमा बिभिन्न बिषयमा स्वास्थ्य सिविर संचालन गरेको थियो ।
श्रावण २७ गते अन्तराष्ट्रिय युवा दिवसको अवसरमा देशैभर युवाहरु संग बितिय साक्षरताका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो भने भाद्र १ गते सुक्रबार देशैभर प्रभातफेरी तथा रक्तदान कार्यक्रम संचालन गरी छैठौं वार्षिकोत्सव संग सम्बन्धित बिभिन्न चरणका कार्यक्रमको समापन गरेको थियो ।
पोखराको सृजना चोक स्थित रहेको कम्पनीको प्रदेश कार्यालय बाट सुरु भएको प्रभातफेरी पृथ्वी चोक परिक्रमा गरी सोही स्थानमा सम्पन्न भएको थियो । तत्पश्चात कम्पनीका गण्डकी प्रदेश प्रमुख श्री कर्म राज पौडेलको अध्यक्षतामा, नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख श्री केशव दाहालको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम संचालन भएको थियो ।
उक्त कार्यकामा ससस्त्र प्रहरी बल कालीका गणका प्रतिनिधि, निप्स पोखरा च्यापटरका अध्यक्ष, ग्लोबल आइएमई बैंकका प्रदेश प्रमुख र एशिन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रदेश प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए ।
नेपाल रेडक्रस सोसाइटी क्षेत्रिय रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक मा संचालन भएको उक्त कार्यक्रममा ७७ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।