विराटनगर । काेशी प्रदेश सरकारले अध्यादेश मार्फत ल्याएकाे आगामी आर्थिक वर्ष २०८०-०८१ काे लागि ३६ अर्ब २४ कराेड ३५ लाख १० हजारकाे बजेट सार्वजनिक गरेकाे छ ।
जसमा चालूतर्फ १४ अर्ब ३९ कराेड ६२ लाख ६६ हजार र पूजीगततर्फ १८ अर्ब २३ कराेड ५२ लाख र वित्तीय व्यवस्थातर्फ १ कराेड र स्थानीत तहमा वित्तीय हस्तान्तरण ३ अर्ब ६० कराेड २९ लाख ९२ हजार रहेकाे छ ।
स्रोत तर्फ राजस्व ४ अरेब ५७ कराेड ७८ लाख ५० हजार, राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ कराेड ८१ लाख, वित्झसमानीकरण अनुदानबाट ८ अर्ब ७८ कराेड ३८ लाख, सशर्त अनुदान ५ अर्ब ८४ कराेड ३२ लाख, समपुरक अनुदान ७३ कराेड, विशेष अनुदान ७६ कराेड र बाँकि अपुग रकममा वचतबाट ३ अर्ब ७५ कराेड १ लाख र वैदेशिक अनुदानबाट १५ कराेड ४ लाख ६० हजार रहेकाे छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रस्तुत गरेकमे बजेटमा कृषि क्षेत्रमा २ अर्ब ७ कराेड बजेट विनियाेजन गरेकाे छ ।
सरकारले उद्योग क्षेत्रमा ४३ कराेड २३ लाख बजेट विनियाेजन भएकाे छ । यस्तै सडक पूर्वाधार विकासका लागि सरकारले ११ अर्ब ४१ कराेड विनियाेजन भएकाे छ । खानेपानी, सिंचाई तथा उर्जा क्षेत्रकाेलागि ५ अर्ब ४३ कराेड, स्वास्थ्य क्षेत्रमा ३ अर्ब ७ कराेड विनियाेजन भएकाे छ । यस्तै शिक्षा र सामाजिक क्षेत्रमा १ अर्ब ७९ कराेड बजेट छुट्टयाइएको छ । वन तथा वातावरण क्षेत्रमा १ अर्ब ८१ कराेड, सुशासनतर्फ ९७ कराेड बजेट विनियाेजन भएकाे छ । काेशी प्रदेशसभा सदस्य पूर्वाधारका लागि १ अर्ब ५० कराेड बजेट विनियाेजन । चालू धजेट ८५ प्रतिशत खर्च हुने अनुमान काेशी प्रदेश सरकारले चालू आर्थिक वर्षमा ८५ प्रतिशत बजेट खर्च हुने अनुमान गरेकाे छ ।
आगामी आर्थिक वर्ष २०८०-०८१ काे लागि बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस्ताे अनुमान गरेका हुन् । चालू आर्थिक वर्षमा ८५% बजेट खर्च हुने अनुमान गरिएकाे छ भने ३९ अर्ब ७३ कराेड बजेटकाे यथार्थ प्राप्ति भने ३३ अर्ब ७ कराेड हुने अनुमान गरिएकाे छ ।