उदयपुर । सप्तकोसीको बहाब गाउँतिर मोडिएपछि नदि कटानको उच्च जोखिममा परेको उदयपुरको बेलका नगरपालिका वडा नं ८ स्थित मेखवारी क्षेत्रको जमिन र वस्ति जोगाउन रिभेटमेन्ट अर्थात कटान क्षेत्रको भित्तो संरक्षणको काम शुरु गरिएको छ ।
बिचमा बग्नुपर्ने नदी पूर्व तर्फबाट पश्चितिर मोडिएर पानीको सम्पूर्ण वहाव पश्चिमि किनारामा एकिकृतहुदै गएपछि सुनसरी मोरङ सिंचाई आयोजनाले छ करोड बढि रुपियाँको लगानीमा दुईसय मिटर लामो लन्चिङ्ग एप्रोचसहितको यस किसिमको भित्ता संरक्षण गरी वेलका तर्फको कटान नियन्त्रणको काम द्रुत गतिमा अगाडि बढाएको हो ।
कोसीमा बाढी आउँदा डुबाउला भन्ने चिन्ता र बाढी घट्दा जमिन कटान गरेर झन् छिटो गाउँ सखाप पार्ला भन्ने भयले स्थानीयहरुमा ब्यापक निरासा र चिन्ता पैदा भइरहेको अवस्थामा सो आयोजनाले अवको दुईमहिना भित्रमा निर्माण सम्पन्न गर्नेगरी १८ मिटर चौडाईमा दुईलिएर कोसीको पानी भित्रैबाट जालीमा ढुङ्गा भरेर छ मिटर अग्लो भित्ता संरक्षणको काम युध्दस्तरमा गरिरहेको सुनसरी मोरङ सिंचाई आयोजनाका सिनियर डिभिजनल ईन्जिनियर राजेशभक्त पोखरेलले बताउनुभयो ।
आयोजनाका सिडिइ पोखरेलका अनुसार छिटो छिटो धार परिवर्तन गरीरहने प्रमुख विशेषता भएको सातसय २० किलोमिटर लामो सप्तकोसी नदी बालुवा र लेदो बगाएर ल्याउनेमा चीनको ह्वाङ्ग हो पछिको एशियाकै दोश्रो ठूलो नदी हो । बालुवार लेदोे पूर्वि किनारामा थुप्रिदै जादा त्यहाँ रहेको आयोजनाको ईन्टेकमा पानी पठाउन निकै समस्या उत्पन्न भएको छ ।
पश्चिमि किनारामा पानी एकतृत हुदा एकातिर उदयपुरको वेलका नगरपलिका वडा नं ८ को कोठु,चम्पापुर,मेखवारी र सोमवारे सम्मको गाउँवस्ति र खेतीयोग्य जमिन कोसी कटानको उच्च जोखिममा रहेको छ भने अर्काेतिर सुनसरी र मोरङ जिल्लाको सिंचाइका लागि बनाइएको आयोजनाको पुरानो इन्टेकमा पानीको अभाव हुने गरेको हो ।
यस क्षेत्रको कटान नियन्त्रण र आयोजनाको नहरमा सदावहार पानी पठाउन अरु संरचनाहरुको समेत खाँचो रहेकोले थप तीनसय मिटर लामो यस किसिमको भित्ता संरक्षण गर्न र थप तीनवटा स्पहरु यसै क्षेत्रमा निर्माण गर्न अति आवश्यक भएकोले आवश्यक लगत ईष्टमेटसमेत तयार पारेर मूल्याङ्कन गरी स्वीकृतिका लागि जलश्रोत तथा सिंचाइ विभागमा पेस गरिएको उहाँले बताउनुभयो ।
हाल निर्माण भइरहेको दुईसय मिटर लामो रिभेटमेन्टका लागि रौताहा आसिर्वाद रेग्मी जेवि निर्माण कम्पनि उदयपुरसँग आगामि वैसाख मसान्त भित्रमा सम्पूर्ण काम सम्पन्न गर्नेगरी भ्याटसहित छ करोड २७ लाख रुपियाँमा ठेक्का सम्झौता गरिएको र सो अनुसार द्रुत गतिमा निर्माणको काम भइरहेको उहाँले बताउनुभयो ।
कोसी कटानबाट बेलका नगरपालिका वडा नं ३ स्थित चिलिया टप्पु, श्रीलंका टप्पु, सिसौली टप्पु, एबिसि टप्पु, रामनगर, बोचि, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोशी टप्पु आरक्ष उच्च जोखिममा रहेको वेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीले बताउनुभयो ।
उहाँका अनुसार सिंचाई तथा यातायात क्षेत्रको बिकास गर्ने उद्देश्यले नेपाल र भारतबीच सन १९५४ अप्रिस २५ मा कोशी सम्झौता भएको हो । सो सम्झौता अनुसार चतरादेखि ब्यारेजसम्म दुवै तर्फ भारत सरकारले तटबन्ध निर्माण गर्नुपर्ने भएपनि सो अनुसार अहिलेसम्म काम हुन सकेको छैन ।
नगरप्रमुख कार्कीका अनुसार भारतीय बिशेषज्ञ टोलीले सन १९८१ मा गरेको अध्ययन प्रतिवेदन अनुसार सप्तकोशीको बाढीले भारत तर्फका सातहजार छ सय ८० हेक्टर र नेपाल तर्फका सातसय ३८ हेक्टर भुमि वर्षेनी क्षति हुने गरेको छ ।
जापान सरकारको जाइका कम्पनिले सन १९८५ मा गरेको अध्ययन प्रतिबेदनले सप्तकोशी संसारकै बढी लेदो बोक्ने नदि भएको र यसको अत्यधिक पहिरो र भूक्षय हुने ९२ हजार पाँचसयसय ३८ वर्गकिलोमिटर जलाधार क्षेत्र मध्य ४१ हजार तीनसय ३३ वर्गकिलोमिटर नेपालमा पर्दछ भनि उल्लेख गरेको नगर प्रमुख कार्की बताउनुहुन्छ ।