उदयपुरगढी । उदयपुरगढी गउाँपालिकामा पालिका स्तरीय कृषि मेला प्रर्दशसनी हुने भएको छ । उयपुरगढी गाउँपालिका–६ नेपाटार बजारमा माघ ५ र ६ गते आयोजना हुन भएको हो ।
उदयपुरगढी गाउँपालिमा–६ मा रहेको पञ्वतीमाई सहरकारी सँस्था लिमिटेड, सहास नेपाल उदयपुर, हुरेण्डेक उदयपुर, बालबिकास समाज उदयपुर र प्रधानमन्त्री कृषि आधुनिकीकरण अदुवा÷बेसार जोन उदयपुरको संयुक्त आयोजनामा नेपालटार बजारमा रहेको तरकारी संकलन केन्द्रको प्रङ्गगणमा आयोजना हुने भएको हो ।
प्रर्दशनीको लागि आगामी माघ ५ गते कृषि उपज सामग्री दर्ता र ६ गते प्रर्दशन र उत्कृष्ठ कृषकलाई पुरस्कार वितरण कार्यक्रम रहेको कृषि विकास शाखा उदयपुरगढी गाउँपालिकाका प्रमुख पारस फुयँलले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘प्रत्यके बालि समूहमा प्रथम हुनेलाई पुरस्कार स्वरुप एक हजार र प्रमाण पत्र, दोस्रो हुनेलाई नगद सातसय र प्रमाण पत्र, तेस्रो हुनेलाई पाँचसय प्रमाण पत्र, चौथो हुने वा सान्तवना पाउनेलाई नगद तीनसय र प्रमाण पत्र प्रदान गरिने कार्यक्रम छ ।
प्रर्दशनीमा समावेश गराइने १५ वटा बालिसमूह रहेका छन् । जसमा खाद्यन्न बालि समूह, दलहन बालिसमूह, तेलहन बालि समूह, नगदे बालि समूह, फलफूल बालिसमूह, पातजन्य तरकारी बालि समूह, फलजन्य तरकारी समूह, तहररे बालि समूह, फल जन्य तरकारी समूह, आलु बालि समूह, माछा, मौरी, च्याउ, जरे बालि समूह र अन्य बालि समूह रहेको आयोजकले जनाएको छ ।