काठमाडाै । अस्ट्रेलियाले इङ्ल्यान्ड विरुद्ध ३ विकेटको रोमाञ्चक जित निकाल्दै ३ म्याचको वन डे सिरिजमा कब्जा जमाएको छ।
इङ्ल्यान्डको म्यान्चेस्टर स्थित वर्ल्ड ट्राफोर्ड मैदानमा सप्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलिले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३०२ रन बनाएको थियो।
खराब सुरुवात गर्दै सुरुको दुई बलमा शुन्य रनको स्थितिमा आफ्ना दुई ओपनर गुमाएको घरेलु टिमको इनिङ उकास्ने क्रममा जोनि बारिस्टोवले ११२ रनको योगदान गरेका थिए । यस्तै साम बिलिङ्सले ५७ रन तथा क्रीस वोक्सले ५३ रनको विस्फोटक पारि खेलेपछि इङ्ल्यान्डले ३०३ रनको ठुलो स्कोर खडा गर्न सफल भयो ।
सुरुवाती दुई बलमा दुई विकेट लिन सफल मिचेल स्टार्क यसपछिका ओभरमा महंगा सावित हुँदै थप १ विकेट लिएर ७४ रन व्योहोर्न पुगे।भने अस्ट्रेलियाका लेग स्पिनर एडम जाम्पाले पनि समान ३ विकेट लिए।अर्को एक विकेट प्याट कमिन्सको नाममा रह्यो ।
३०३ रनको विशाल लक्ष्य पछ्याएको अस्ट्रेलियाले पनि गतिलो जवाफ फर्काउन सकेन।उसका ओपनर आरोन फिन्च २१ रन हुँदा पहिलो विकेटको रुपमा क्रीस वोक्सको शिकार बन्दा तेस्रो क्रममा आएका मार्कोस स्टोइनिस व्यक्तिगत ४ रन बनाउदै क्रीस वोक्स कै शिकार बन्न पुगे। टिमको स्कोर ५१ रन हुँदा डेबिड वार्नरलाई गुमाएको अस्ट्रेलियाका मिचेल मार्स पनि टिमको स्कोर ५४ रन हुदा जोय रुटको शिकार भएपछि अस्ट्रेलियालि इनिङ्स धर्मराएको थियो । ७३ रन बनाउदा पाचौं विकेटको रुपमा मार्नस लाबुसचाग्नेलाई गुमाएपछि अस्ट्रेलिया एकसमय फराकिलो अन्तरको हारतर्फ बढेको थियो ।
तर छैटौं विकेटका लागि विकेटकिपर ब्याट्सम्यान एलेक्स केरि तथा स्टार अलराउण्डर ग्लेन म्याक्सवेलले दोहोरो शतकिय ऐतिहासिक साझेदारी गरेपछि अस्ट्रेलिया जिततर्फ अगाडि बढ्यो ।
९० बलको सामना गरेका ग्लेन म्याक्सवेलले करियरको तेस्रो शतक बनाउने क्रममा ७ छक्का तथा ४ चौकाको मद्दतले व्यक्तिगत १०८ रनको उत्कृष्ट पारी खेले।भने अर्का ब्याट्सम्यान एलेक्स केरिले ११४ बलमा २ छक्का तथा ७ चौकाको मद्दतले १०६ रनको शतकिय पारि खेले।केरिको यो नै पहिलो अन्तरास्ट्रिय ओडिआइ सेन्चुरि पनि हो।
अन्तिम समयमा एलेक्स केरि तथा म्याक्सवेललाई गुमाएको अस्ट्रेलिया हारतर्फ अगाडि बढेको थियो।तर खेलको अन्तिम ओभरको पहिलो बलमा ६ तथा चौथो बलमा चौका प्रहार गर्दै मिचेल स्टार्कले अस्ट्रेलियालाई ओडिआइ सिरिज जिताउन सफल भए।
खेलको म्यान अफ द म्याच तथा म्यान अफ द सिरिजको उपाधि ग्लेन म्याक्सवेलले जित्न सफल भए ।