उदयपुर । उदयपुर क्षेत्र नम्बर १ मा नेका माओवादी केन्द्र र नेपाली कांग्रेस बाहेकका दलले पुन मतदान गराउन माग गरेका छन ।
प्रतिनिधि सभाको मतपेटिकामा सय भन्दा बढी प्रदेश सभाको मत पत्र भेटिएपछि नेकपा एमाले राप्रपा जसपा लगाएत अन्य दलले पुन मतदानको माग गरेका हुन मतगणनाका क्रममा पछिल्लोपटक खोलिएको १० वटा ब्यालेट बक्समा उदयपुर १ (२) प्रदेशसभाको १०० मतपत्र भेटिदा मतगणना रोकिएको थियो।
६३ हजार ८० मत गणना भइसकेपछि थप गणनाका लागि १० वटा ब्यालेट बक्स खोलिएको थियो । तिनै ब्यालेट बक्समा प्रदेश सभा २ को सय मतपत्र भेटिएपछि दलहरूले गणना रोक्न माग गर्दै गणना अवरुद्ध गरेका थिए ।
गणना अवरुद्ध भए संगै बिहान साढे १० बजे सर्वदलीय बैठक बसेको थियो तर कुनै निकास नआएपछी पुन: ४ बजे दिउसो अर्को बैठक बसेको थियो । यद्धपी कुनै ठोस निर्णय नहुँदा मतगणना झनै अन्योलमा परेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयको पहलमा अर्को चरणको वार्ताका लागि उम्मेदवार र दलका फोकल पर्सनको बैठक साँझ ७ बजे बस्ने भनिएको भए पनि एमाले, रा.प्र.पा र केही स्वतन्त्र लगायतका उमेदवरहरुले पुन: मतदान गरीपाउ भन्दै मुख्य निर्वाचन अधिकृत समक्ष निवेदन पेश गरेका छन। उनिहरुले पुन: मतदानको माग राखेपछी उदयपुर जिल्ला प्रतिनिधी सभा क्षेत्र नं. १ को अन्तिम मतपरिणाम आउने समय अनिश्चित बनेको छ ।
सो क्षेत्रमा प्रदेश सभा सदस्यको अन्तिम मतपरिणाम यस अघी नै सार्वजिनगरिएको छ जस अनुसार प्रदेश सभा १ मा माओबादी केन्द्रका राजन किराती बासु र प्रदेश सभा २ मा नेपाली कांग्रेसका हिमाल कार्की निर्वाचित भईसकेका थिए ।
प्रतिनिधी सभा तर्फ ७६ हजार ७५६ मत खसेको यो क्षेत्रको ६३ हजार ८० मतगणना भइसकेको छ । गणना भइसकेकोमा कांग्रेसका नारायण खड्काले १ हजार ८२५ मतले अग्रता लिएका छन् ।
खड्काले २७ हजार ४८४ मत प्राप्त गरेका छन् भने एमालेकी मन्जुकुमारी चौधरीले २५ हजार ६५९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय उदयपुरले जनाएको छ ।