उदयपुर । उदयपुरको प्रतिनिधिसभा–२ को प्रत्यक्ष तर्फको मत गणना सम्पन्न भएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को निर्वाचन कार्यालयका अनुसार अब सामानुपातिकतर्फको मात्र मत गणना गर्न बाँकी रहेको छ ।
उदयपुर २ मा एमालेका रायामाझी विजयी
उदयपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका अम्बरबहादुर रायामाझी विजयी भएका छन् । रायामाझी प्रतिद्वन्दी गठबन्धनका नेकपा एकीकृत समाजवादीका जगनाथ खतिवडालाई २ हजार ३५८मतले हराउँदै विजयी भएका हुन् ।
निर्वाचन कार्यालय उदयपुर २ का सहायक निर्वाचन अधिकृत देवराज भट्टराईका अनुसार विजयी रायामाझीले १५ हजार २५१ मत प्राप्त गरेका छन् । यसैगरी उनका प्रतिद्वन्दीले पराजित खतिवडाले १२ हजार ८९३ मत प्राप्त गरेका छन् ।
उदयपुर २ को १ प्रदेशसभा सदस्यमा मगर निर्वाचित
उदयपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र २ को १ प्रदेशसभा सदस्यमा नारायण बुर्जामगर निर्वाचित भएका छन् । बुर्जामगर प्रतिद्वन्दी नेकपा एमालेका देवराज राईलाई ३५ मतान्तरले निर्वाचित भएका हुन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ का सहायक निर्वाचन अधिकृत देवराज भट्टराइका अनुसार निर्वाचित बुर्जामगरले ८ हजार १०५ म ल्याएका छन्, भने पराजित हुने ८ हजार ७० मत ल्याएका छन् ।
बुर्जामगर सोही क्षेत्रबाट २०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
उदयपुर २ (२) को प्रदेशसभा सदस्यमा कांग्रेसका खत्री निर्वाचित
उदयपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र २ को २ प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका रामकुमार खत्री निर्वाचित भएका छन् । खत्री प्रतिद्वन्दी नेकपा एमालेका जीवनाथ दाहाललाई हराउँदै निर्वाचित भएका हुन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ का सहायक निर्वाचन अधिकृत देवराज भट्टराइका अनुसार निर्वाचित खत्रीले १२ हजार ६२७ मत पाएका छन् । उनका प्रतिद्वन्दी दाहालले ९ हजार २३६ मत पाएका छन् । खत्री र दाहालको मतन्तर ३ हजार तीनसय ९१ रहेको छ ।