उदयपुर । पूर्ण रुपमा सरकारी स्वामित्व रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले निर्वाचनपछि सञ्चालन हुने भएको छ । आईतबार उद्योग प्रशासन र उद्योगमा कार्यरत मजदूर युनियनबीच उद्योगलाई निर्वाचनपछि सञ्चालन गने सहमति भएको हो ।
यसभन्दा अघि कोइलाको अभाव र मर्मतको लागि लामो समय उद्योग बन्द गरिएको थियो । उद्योगलाई कोइलाको अभावमा पटक÷पटक बन्द गरिएपछि मजदूर युनियनहरुले महाप्रबन्धकलाई तत्काल उद्योग सञ्चालन गर्न माग गर्दै आएका थिए ।
‘यस उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा क्रियाशिल ट्रेड युनियनहरुले सिमेन्ट प्लान्ट र बिक्री सुचारु भएतापनि क्लिङ्कर उत्पादन गर्न कच्चा पदार्थ अभवा भई बन्द भएको तर, आज (आईतबार) सम्म पाँचसय मेट्रिकटन कोइला आइसकेको र निर्वाचन अघिपछिसम्म पाँचसय मेट्रिकटन थप गरी तत्काल सञ्चालन गर्ने सहमति भई कार्यन्वयमा लैजाने ।’
उद्योग प्रशास र मजदुरहरुबीच सहमति पत्रमा भनिएको छ, ‘निर्वाचन अघि मर्मत कार्य सम्पन्न गरिसक्ने र पूर्ण क्षमतामा सञ्चालन गर्ने र पुँजी लगानी गरिदिन नेपाल सरकारलाई अनुरोध गर्ने ।’
उक्त सहमतिको पत्रमा उद्योगका तर्फबाट महाप्रबन्धक गोपीकृष्ण न्याउपाने, नायव महाप्रबन्धकहरुमा उमाशंकर आन्नद, महेशप्रसाद साह, प्रशासन प्रमुख प्रथमलाल चौेधरी र मजदुरहरुको तर्फबाट नेपाल कारखाना श्रमिक संघका अध्यक्ष देवेन्द्र झा, नेपाल औद्योगिक मजदुर संगठनका अध्यक्ष महावीर चौधरी, अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष विशेश्वर पाल र समग्र टे«ड युनियनका उपाध्यक्ष पुर्णप्रसाद गुरागाँइबीच सहमति भएको बताइएको छ ।
चालु आर्थिक वर्षमा उद्योगका सहायक महाप्रबन्धक उमाशंकर आन्नदका अनुसार चालु आर्थिक वर्षको साउनमा १२, भदौमा ८ दिन, असोजमा १५ दिन, कात्तिकमा हालसम्म उद्योग कोइला अभवा र मर्मतको लागि बन्द भएको छ ।
उनले भने, ‘उद्योग बन्द हुन मुख्य कारण कोइला अभाव मर्मत हो । उनले भने । उनका अनुसार साउनमा ६ हजार १४५, भदौमा ८ हजार ९७६, असोजमा ६ हजार ५१४, कात्तिकमा २ हजार ५१ मेट्रिकटन क्लिङ्कर उत्पदन भएको थियो ।
दैनिक ८ सय मेट्रिकटन क्लिङ्कर उत्पादन गर्ने क्षमता भएको उद्योग मर्मतको अभावले पूर्ण उत्पादन गर्न नसकेको उनको भनाइ छ । चाुल आर्थिक वर्षको हालसम्म बिक्री शाखाका प्रमुख रामबहादुर जिसीले साउनमा ९८ हजार ८१० बोरा, भदौमा ८९ हजार ६४१, असोजमा ७६ हजार ५१३, कात्तिक २५ गतेसम्म ५७ हजार २२३ बोरो बिक्री गरेको बताए ।
उनले भने, ‘हामीले अहिले पहिला उत्पादन भएको सिमेन्ट प्रति ५० किलोग्रामको बोरा सातसय ६० पैसामा बिक्री गरिरहेका छौँ ।
महाप्रबन्धक न्याउपानेले दशैँ तिहार विदा, मर्मत र कोइलाको अभावका कारण क्लिङ्क उत्पादन बन्द भएको बताए । उनले भने, उद्योगमा कोइलाको पवनि अभवा भयो । समयमा आइदिएन । मर्मत सम्भार पनि थियो । त्यो मर्मत पुरा हुँदै छ । अब चुनावपछि उद्योग सञ्चालनमा आउँछ ।’
उनले विभिन्न कारण उद्योग बन्द भएपछि मजदूर युनियनहरुले तत्काल सुचारु गर्न माग गरेको जायज भएको पनि बताए । उनले भने, ‘उद्योगलाई माया गर्ने मदजू साथीहरुले चिन्दा व्यक्त गर्नु भएको थियो । अब चुनावपछि पूर्ण क्षमतामा सञ्चलन हुन्छ ।’
उनले उद्योगको क्षमता बढाउनको लागि ५६ करोड ७२ लाख रुपैँया सरकारले ऋण सहयोग माग गरेको पनि बताए । उनले भने, ‘सरकारले त्यो ५६ करोड ७२ लाख सहयोग आवश्यक गरे हामी उद्योग पनि बचाउँछौँ । चार वर्ष भित्र सरकारलाई फिर्ता दिन्छौ । सरकारबाट ऋण लिने हो । त्यही ऋणको लागि काठमाडौं धाउने काम गरे ।’
उनले पछिल्लो समय आफु पारिवारिक कामले अलि बढी काठमाडौं बस्नु परेको बताए । उनले भने, ‘मैले काठमाडौं बसे पनि यहाँका रिर्पोटहरु हेरिरहेको हुन्छु । मैले निमित्त महाप्रबन्धक साथीहरुलाई दिएर गएको छु ।’ उनले भने, ‘भौतिक रुपमा पछिल्लो समय कमै समय उद्योगमा बसेको हुँ ।, उद्योग विर्सेर बसेको होइन ।’