महाेत्तरी । आगामी मंसिर ४ गते हुने निर्वाचनमा गिरिराजमणि पोखरेल पाँच दलीय वाम-लोकतान्त्रिक गठबन्धनको तर्फबाट महोत्तरी क्षेत्र नम्बर १ का साझा उम्मेदवार हुन् । माओवादी केन्द्रका उपमहासचिव पोखरेल यो निर्वाचन क्षेत्रबाट पटक पटक निर्वाचित हुँदै आएका छन् ।
यो क्षेत्रमा पोखरेल पुनः उम्मेदवार भएपछि महोत्तरी १ का जनता उत्साही देखिएका छन् । बर्दिबासलाई यत्तिको उचाइमा पुर्याुउन र राष्ट्रिय स्तरमै बर्दिबासको पहिचान स्थापित गराउन गिरिराजमणिले नेतृत्वदायी भूमिका खेलेको भन्दै स्थानीयहरू उनको प्रशंसा गर्छन् । हुन पनि पोखरेलले सडक, पुल पुलेसा जस्ता विकासका कार्य मात्र नभएर बर्दिबासलाई चिनाउन रणनीतिक महत्त्वका कामलाई पनि रणनीतिक हिसाबले नै अगाडि बढाएका छन् ।
गिरिराजमणिकै पहल कदमीमा बर्दिबासले आजको यो उचाइ छोएको र चर्चा बटुलेको महोत्तरी-१ का मतदाताहरू नै बताउँछन् । पोखरेलको घरदैलो र गाउँगाउँमा भएका भेटघाटमा मतदाताले भन्ने गरेका छन्, 'बर्दिबासले अहिले जुन चर्चा पाएको छ, जसरी यसको विकास भइरहेको छ त्यसमा तपाईंको ठूलो योगदान छ।'
त्यसो त पोखरेलले महोत्तरी १ को विकासका लागि निकै मेहनत गरेका छन् । उनले सडक, पुलपुलेसा, खानेपानी जस्ता योजनालाई त अगाडि बढाएका छन् नै सँगै दुरगामी महत्त्वका आयोजनाहरू मेडिकल कलेज, प्राविधिक कलेजहरूको विकासमा पनि रणनीतिक रूपमा पहलकदमी र अगुवाइ गरेका छन् ।
'उहाँ (पोखरेल) ले नेतृत्व गरेपछि बर्दिबासको चर्चा चुलियो । प्रदेश २ का प्राय सबै ठूला गोष्ठी सेमिनारहरू बर्दिबासमा हुन थालेका छन् । यो प्रदेश २ को मात्र नभएर १ र २ नम्बर प्रदेशकै केन्द्र बन्ने दिशामा अघि बढेको छ,' स्थानीयहरू भन्छन् ।
त्यसो त बर्दिबासलाई पोखरेलले शिक्षा र स्वास्थ्यको हब बनाउने दिशामा पनि योजनाबद्ध रूपमा काम गरिरहेका छन् । मेडिकल कलेज तथा प्राविधिक कलेज स्थापनाको पहल कदमी त्यसैको निरन्तरता हो ।
पोखरेलको चुनावी अभियानमा सक्रिय गठबन्धनका एक कार्यकर्ता भन्छन्, 'महोत्तरी १ मा अन्य क्षेत्रमा जस्तै सडक पुलपुलेसा जस्ता विकासका कामहरू पनि उहाँ (पोखरेल) ले अगाडि बढाउनुभएको छ । अझ यो क्षेत्रको समग्र विकास र यसलाई यो स्तरको चर्चित ठाउँ बनाउन उहाँको निकै ठूलो योगदान छ । गिरिराजजी नभएको भए सायद बर्दिबासले यति छिटै यो स्तरको चर्चा नपाउन पनि सक्थ्यो ।'
पोखरेलले चुरे संरक्षण तथा पर्यटनको क्षेत्रमा पनि निकै काम गरेका छन् । बर्दिबासमा ठूलो लगानी केन्द्रित भइरहेको छ, ठूलठूला होटलहरू बनेका छन् । स्वस्थ्य क्षेत्रमा पनि बर्दिबासले निकै फड्को मारेको छ । त्यसका लागि पोखरेलले रणनीतिक रूपमा योजनाबद्ध हिसाबले काम गरे । जसका कारण बर्दिबासले आज यो चर्चा पाएको स्थानीयहरू बताउँछन् । उनीहरूका अनुसार गिरिराज नभएको भए बर्दिबासले यो हाइट पाउँदैनथ्यो ।'एक दशक अघिको बर्दिबास र अहिलेको बर्दिबासको तुलनै हुँदैन,' स्थानीयहरू भन्छन्, 'यसमा गिरिराजमणिको ठूलो योगदान छ ।'
त्यसो त पोखरेलले सिँचाइ र खानेपानीको विकासका लागि पनि योजनाबद्ध रूपले काम अघि बढाएका छन् । 'मरिणको पानि ल्याएर महोत्तरीमा मिलाउन सकिन्छ कि भनेर खानेपानी मन्त्रालयबाट हामीले अध्ययन गराएका छौँ,' पोखरेल भन्छन्, 'पूरै क्षेत्रमा हामीले काम गर्नुपर्नेछ ।'
महोत्तरीको समस्या र जनताका पीडालाई नजिकबाट देखेका पोखरेलले यो क्षेत्रबाट धेरै युवा कामको खोजिमा विदेशिने गरेको उल्लेख गर्दै आफूले उनीहरूलाई स्वदेशमै रोजगारी उपलब्ध गराउन खोजेको पनि बताएका छन् ।
'महोत्तरीबाट धेरै युवाहरू बाहिर जानुहुन्छ । म चाहन्छु देशभित्रै युवाहरूले काम गर्ने वातावरण होस्,' पोखरेलले भनेका छन्,'आउने दिनमा देशभित्र रोजगारी, स्वरोजगारीको अभियान छेड्न जरूरी छ ।'
विगतमा जस्तै महोत्तरी १ का जनताले यसपटक पनि माया गर्नेमा आफू विश्वस्त रहेको पोखरेल बताउँछन् । पोखरेलप्रति मतादाताको निकै सद्भाव रहेको उनको अभियानमा खटिएकाहरूको प्रतिक्रिया छ ।
आफ्ना उम्मेदवारप्रति मतदाताको सकारात्मक प्रतिक्रिया पाउँदा अभियानमा खटिएका नेता-कार्यकर्ताहरू थप उत्साही बनेका छन् ।