नुवाकाेट । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन मंसिर ४ गते हुँदैछ । नुवाकोट क्षेत्र न.एकमा प्रतिनिधिसभाका लागि
माओवादी केन्द्रका उम्मेदवार हित बहादुर तामाङ नेपाली कांग्रेस, एकीकृत समाजवादीलगायत पाँच दलीय सत्ता गठबन्धनको साझा
उम्मेदवार हुन् भने प्रदेश क मा गठबन्धनबाट माओबादी उमेद्द्वार राधिका तामाङ र प्रदेश ख मा कांग्रेसबाट रमेश कुमार
महत उमेद्द्वार रहेका छन् । एमालेका उम्मेदवार क्षेत्र एकमा बद्रि मैनाली रहेका छन् भने प्रदेश क मा शुशील खड्का र ख मा
पूर्ण दास श्रेष्ठ उमेद्द्वार रहेका छन् ।
नुवाकोट क्षेत्र एक को चुनावी प्रतिस्पर्धामा एमाले रक्षात्मक अबस्थामा रहेको छ भने गठबन्धन भारी मतका साथ धेरै अगाडी रहेको पाउन सकिन्छ । नुवाकोट क्षेत्र एक मा सात पालिका रहेका छन् । दुप्चेश्वर गाउँपालिका,तादी गाउँपालिका, शिवपुरी गाउँपालिका,पन्चकन्या गाउँपालिका,लिखु गाउँपालिका,ककनी गाउँपालिका र सुर्यगढ़ी गाउँपालिका यस क्षेत्रमा पर्दछन । गएको स्थानीय तहको निर्वाचन मत परिणामले पनि गठबन्धन अधिक मतका साथ अगाडि रहेको देखाउँछ । स्थानीय चुनावमा सात पालिका रहेको यस क्षेत्रमा शिवपुरी गाउँपालिका र सुर्यगढ़ी गाउँपालिकाबाहेक ५ वटा पालिकामा कांग्रेस,माओबादी र एमालेले एक्लाएक्लै चुनावी प्रतिस्पर्धा गरेका थिए ।
जस अनुसार दुप्चेश्वर गाउँपालिका,पन्चकन्या गाउँपालिका र ककनी गाउँपालिकामा माओबादीले अध्यक्ष र उपाध्यक्ष जितेको छ भने शिवपुरी गाउँपालिका र तादी गाउँपालिकामा उपाध्यक्ष जितेको छ । कांग्रेसले लिखु गाउँपालिका र सुर्यगढ़ी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको छ भने शिवपुरी गाउँपालिका र तादी गाउँपालिकामा अध्यक्ष जितेको छ ।
सातपालिका रहेको यस क्षेत्रमा गएको स्थानीय तहको निर्वाचनमा एमालेले कुनै पालिकामा जित निकाल्न सकेन । करिव १ लाख २० हजार मतदाता रहेको यस क्षेत्रमा ७५ देखि ८० हजार मत खस्ने अनुमान गरिएको छ । यस क्षेत्रमा कांग्रेसको मत करिव २७ हजार रहेको छ भने माओबादीको पनि २४ हजार रहेको छ । तर एमालेको मत भने १७ हजार रहेको छ । यस क्षेत्रमा एकीकृत समाजवादीको ५ हजार,राप्रपाको ५ हजार र अन्य पार्टीको करिव ४ हजार मत रहेको पाउन सकिन्छ । यस क्षेत्रमा रहेका करिव २५ हजार मतदाता देश बाहिर रहेको अनुमान छ । ने करिब २० हजार मतदाता मतदानमा सहभागी नहुने अनुमान गरिएको छ ।
यसरी हेर्दा स्थानीय चुनावमा प्राप्त मतको आधारमा गठबन्धन एमालेभन्दा करिब ३८ हजार मतले अगाडि छ । जसका कारण एमालेका बद्रि मैनालीलाई निर्वाचित हुन अति चुनौतिपूर्ण छ । भने माओवादीका हित बहादुर तामाङलाई निर्वाचित हुन अति सहज रहेको छ । यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धनका उमेद्द्वारको जित सुनिस्चित रहेको छ