कटारी / यसपटकको तिहारमा सयपत्रीको माला दाजुभाईलाई लगाउन कहाँबाट ल्याउने भन्ने चिन्ता छ ? यदि त्यसोभए तपाई कटारी , ४ स्थित श्री त्रिवेणी मावि पुग्दा हुन्छ । यहाँका विद्यार्थीहरुले लगाएको सयपत्रीको फुल विक्रीमा छ ।
विद्यार्थीहरुले विद्यालय परिसरमै गरेको फुल खेतिबाट आम्दानी पनि लिन थालेका छन् । त्रिवेणी मावि कटारीका कृषी प्राविधिक धार तर्पmका कक्षा १२ का विद्यार्थीहरुले तिहारमा आवश्यक सयपत्री फुल खेतिबाट आम्दानी लिन थालेका मात्रै छैनन् यस क्षेत्रको फुलको अभावलाई राहत समेत दिएका छन् ।
कृषी प्राविधिक तर्पm कक्षा १२ ले प्रत्येक वर्ष एउटा विषयको उपलब्धिमुलक तालिम कार्य गर्नुपर्ने र सोही अन्र्तगत विद्यार्थीहरुले फुल खेतिबाट आम्दानी लिन थालेको विद्यालयका प्रधानाध्यापक वालकृष्ण कार्कीले बताउनुभयो ।‘गतवर्ष एक कट्ठामा लगाएको सयपत्रीबाट सवै खर्च कटाएर विद्यार्थीहरुले ७० हजार बचाएका थिए ।’प्रधानाध्यापक कार्कीले भन्नुभयो –‘यसपटक ३ कट्ठाको हाराहारीमा लगाएका छन् , २ लाख बढी आम्दानी गर्ने लक्ष्य विद्यार्थीहरुको छ ।’
प्रधानाध्यापक कार्कीका अनुसार पढ्दै कमाउँदै कार्यक्रम अन्र्तगत उनीहरुले बेचेको फुलको आम्दानी विद्यार्थी आपैmले वाँडेर लिन पाउँछन् । ‘कक्षा १२ मा २५ विद्यार्थी छन् , उनीहरुले यो आम्दानी वाँड्दा प्राप्त रकमले उनीहरुलाई पढाईमा राम्रै राहत मिल्ने रहेछ ।’प्रधानाध्यापक कार्कीले भन्नुभयो ।
विद्यार्थीहरुले कटारी क्षेत्रमा तिहारमा आउने फुलको अभावलाई मध्यनजर गर्दै फुल खेति गरेका हुन् । ‘उन्नत जातको फुल लगाएका छौं , र यसको हेरचाह र खेति सम्बन्धि कक्षामा अध्ययन गछौं र बारीमा अभ्यास गछौं ।’विद्यार्थीहरुका अगुवा विवश लामिछानेले भन्नुभयो–‘फुल खेति अध्ययन र सिक्न पनि पाईयो आम्दानी पनि गर्दैछौं ।’
दिवा समयमा विद्यालयको कक्षा कार्यसँगै विद्यार्थीहरुले फुलको अवस्था र यसलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर फुलवारीमा खटिने गरेको अर्का विद्यार्थी पवन पोखरेलले बताउनुभयो । उनीहरुले फुल विक्रीका लागि विद्युतिय माध्यम (अनलाईन अर्डर)को व्यवस्था मिलाएका छन् । ‘धेरै माग आएर खातामा पैसा जम्मा भईसक्यो अव माग रोक्ने अवस्थामा आईसकेका छौं ।’लामिछानेले भन्नुभयो –‘बाँकी रहे बजारमा लगेर बेच्छौं ।’
समयमा फुल तयार गर्न अहिले विद्यार्थीहरु आवश्यक औषधि गरिरहेका छन् । यो उन्नत जातको र अध्ययन अनुसार फुलाएको सयपत्री फुल भएकाले एकहप्ता सम्म नओईलाउने विद्यार्थीहरु बताउँछन् । फुलको खेति र विक्रीबाट विद्यार्थीहरुले बजार व्यवस्थापनका वारेमा पनि सिक्ने अवसर पाएको प्रधानाध्यापक कार्की बताउँछन् ।
यस पटक तिहार पछी लगत्तै आउने निर्वाचनमा पनि फुलको माग आउन सक्ने भएकाले फुललाई नियमित फुलाउने तयारीमा विद्यार्थीहरु लागिपरेका छन् । त्यसपछी एकादशी , वालाचर्तुदशी र विवाहामा समेत कटारी क्षेत्रको फुल अभाव अन्त्यगर्ने लक्ष्य रहेको विद्यार्थीहरु बताउँछन् । यो विद्यालय सरकारी अन्र्तगतको नमुना विद्यालयमा पर्दछ । तिहारमा प्लाष्टिकको माला समेत अभाव हुने समयमा यहाँका विद्यार्थीले लगाएको फुल खेतिले यसक्षेत्रलाई राहत मिल्ने देखिन्छ । साभार जनता भ्वाइस