उदयपुर । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग जलजलेले कोलमिल बेल्ट जडान गरेपछि वार्षिक रुपमा लाखौँ रुपैँया बचत गर्ने भएको छ ।
उद्योगले झण्डै १५ लाख लगानीमा निर्माण गरेर जडान गरेको कोल मिल बेल्टले वार्षिक रुपमा हुने खर्च कटौती गर्ने भएको हो । कोल मिल बेल्ट भनेको सिमेन्ट बनाउन प्रयोग हुने कोइलालाई गोदाम (कोलयाड) बाटै कोल मिलमा पुर्याउने एक मेसिन हो ।
उदयपुर सिमेन्ट उद्योग लिमिटेडका महाप्रबन्धक गोपीकृष्ण न्यौपाउनेले कोल मिल बेल्टका कारण उद्योगलाई वार्षिक ३५ लाख बचत हुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘उद्योगलाई मर्मत गर्ने तथा सुधार गर्ने काममा एउटा महत्पूर्ण काम हो । कोल मिल बेल्टबाट वार्षिक रुपमा ३५ लाख बचत हुन्छ ।’
उद्योगका मर्मत सम्भार तथा वर्कशप विभागका प्रमुख टिका कुँवरले कोल मिल बेल्टले उद्योगलाई खर्च कटौती गर्न सहयोग पुगेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘लोडर प्रयोग गरेर पु¥याउँथ्यौँ । लोडर प्रयोग गर्दा डिजेल, अपरेटर, लोडर मर्मत लगायतको खर्च बचेको छ ।’ उद्योगमै कार्यरत कुवँरको नेतृत्वको इन्जिनियरहरुको टोलीले कोल मिल बेल्ट निर्माण गरेको हो ।
लोडरले बोकेर कोइलामा कोल मिलमा पु¥याउँदा कोइला पोखिन्थ्यो, छरिथ्यो, नष्ट हुन्थ्यो । अब त्यो समस्या हटेको कुँवरको भनाइ छ । उनले सिमेन्ट बनाउन प्रयोग हुने रातो माटो लगायतका कच्चा पर्दाथलाई पनि भट्टीमा पु¥यउँन कोल मिल बेल्ट जस्तै अरु मेसिन अरुपनि जडान गर्नु पर्ने बताउनु भयो ।
उद्योगको ३४ औं वार्षिक साधारणसभाको अवसरमा त्रियुगा नगरपालिका प्रमुख बसन्तकुमार बस्नेतले कोलमिल बेल्टको उद्घाटन गर्नुभएको थियो ।