कटारी । उदयपुरको कटारी नगरपालिका वडा नम्वर–१२ मा नवनिर्वाचित वडा अध्यक्ष यम्बरबहादुर कटुवाल उर्फ कमरेड बाँसुले पदभार सम्हाल्दै वडाका सम्पूर्ण नागरिकको निशुल्क स्वास्थ्य जीवन विमा गर्ने पहिलो निर्णय गर्नुभएको छ ।
कटुवाल नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘हामीले नेपाल सरकारको स्वास्थ्य जीवन विमा कार्यक्रम अन्र्तगत रहेर सम्पूर्ण वडाबासीको जीवन विमाको रकम वडाले नै तिरदिने गरी पहिलो निर्णय गरेका हौँ ।’ वडा अध्यक्ष कटुवालले वडाका घरधुरी र जनसंख्याको पहिचान गर्ने काम सुरु भएको बताउनु हुँदै भन्नुभयो, ‘हामीले अहिलेको अवस्थामा वडामा कति घरधुरी, कति जनसंख्या छ । त्यसमा जेष्ठ नागरिक, युवा, महिला, बालबालिका, अपाङ्ग भएका व्यक्ति लगायत सबैको तथ्यंक निकाल्न सुरु गरेका छौँ । त्यो तथ्यंक जम्मा गरेपछि वीमा गराउने काम आउने आर्थिक वर्षबाट सुरु गर्ने छौँ ।’
गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा कटारी नगरपालिकाको जम्मा १४ वटा वडामध्ये वडा नम्वर १२ मात्र माओवादी केन्द्रबाट कटुवाल निर्वाचित हुनुभएको थियो । उहाँले भन्नुभयो, ‘मेरो वडामा जनता जनजीविकासँग जोडिएका समस्याहरुको समाधान गर्न म, मैले मोल्नु पर्ने जस्तोसुकै जोखिम पनि मोल्न तयार छु ।’ उहाँले आफु जनताको सेवक भएर काम गर्ने बताउनु भएको छ ।
को हुनु, वडाअध्यक्ष कटुवाल ?
साविकको हर्देनी गाउँ बिकास समिति खड्कुले अर्थात हालको कटारी नगरपालिका १२ मा वुवा कर्णबहादुर कटुवाल र आमा पदमकुमारी कटुवालको कोखबाट २०३२ साल माघ ११ गते जन्मिुनु भएका वडा अध्यक्ष कटुवालको राजनीतिक यात्रा निकै रोचक छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा सोही वडाबाट झिनो मत पराजित हुनु भएको थियो । कटुवालको जीवन निर्वाह पेशा कृषि र सवारी चालक हो । उहाँ भन्नुहुन्छ, ‘कृषि मेरो पुख्र्यौली पेशा हो । सवारी चालक घर खर्च चलाउने पेशा हो ।’
उहाँका उहाँसहित तीन दाजुभाई र ६ वटी दिदीबहिनी हुनुहुन्छ । २०४५ सालदेखि पञ्चायती सरकारविरुद्धको अन्दोलनमा सहभागी हुँदै राजनीतिक यात्रामा आउनु भएको थियो । उहाँ भन्नुहुन्छ, ‘२०४५ सालपछि भएका विभिन्न परिवर्तनकारी आन्दोलनमा सहभागी हुँदै आएको हुँ ।’
उहाँले प्रतिगामीहरुका विरुद्ध सधैँ खवरदारी गर्दै आएको दाबी गर्नुभयो । ‘विभिन्न काल खण्डमा क्रान्तिकारी अर्थात अग्रगमनकारी शक्ति वा पार्टीलाई मेरो समर्थन रह्यो । तर, विस्तारै प्रतिगामी बन्ने बाटोमा लग्ने पार्टी र शक्तिलाई मेरो कहिले पनि साथ रहेन् ।’
परिवारको कमजोर आर्थिक अवस्था भएको कारण कटुवालले २६ वर्षको उमेर देखि सवारी चालक (ड्राइभर) पेशा अगाल्नु भयो । उहाँ विगत सम्झदै भन्नुहुन्छ, ‘घरको आर्थिक अवस्था कमजोर भएकाले सानैदेखि ड्राइभिङ गर्दै राजनीतिमा आफुलाई सक्रिय बनाउँदै आएको हुँ ।’
२०५२ सालबाट तत्कालिन नेकपा (माओवादी) हाल माओवादी केन्द्रले सुरु गरेको जनयुद्धमा प्रत्येक्ष वा अप्रत्येक्ष रुपमा सहभागी बन्नुभयो । जनयुद्ध हुँदै पार्टी शान्ति प्रक्रियामा आएपछि कटुवाल माओवादी केन्द्र उदयपुरले दिएको विभिन्न जिम्मेवार सम्हाल्दै आउनु भयो । उहाँ भन्नुहुन्छ, ‘मैले पार्टीले दिएको विभिन्न जिम्मेवारी सम्हालेको छु, अहिले माओवादी केन्द्र नगर कमिटी सचिव हुँ ।’
पुन फेरि कटुवालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा झिनो मतले पराजित भएको सम्झदै भन्नुभयो, ‘जनताको सेवामा जुटे जनताले पनि साथ दिनुहुन्छ । यो मैले मेरो जीवनबाट सिकेको पाठ हो ।’
०७४ मा सोही वडाबाट माओवादी केन्द्रका वडा अध्यक्षको उम्मेदवार रहनु भएका कटुवालले कुल खसेको मतमा दुईसय ८२ मत पाएर पराजित हुनु भएको थियो । विजेता नेपाली कांग्रेसका चन्द्रदीप पौडेलले तीनसय १९ मत पाउनु भएको थियो । कटुवाल ३७ मतको फरकमा पराजित हुनु परेको थियो । उहाँ भन्नुहुन्छ, ‘२०७९ सालमा आइपुग्दा म चारसय ६७ मत पाएर विजयी भएँ । कांग्रेसका प्रतिद्वन्दीले तीनसय ४१ मत पाउनु भयो । हाम्रो फरक मत एकसय २६ थियो ।’
०७४ मा पराजित भएका कटुवाल फेरि जिवनयापन सहज बनाउनको लागि एक नीजि विद्यालयको बस चलाउनु थाल्नुभयो । उहाँ भन्नुहुन्छ, ‘आप्mनो शिप भनेको सवारी चालक हो । ०७४ मा चुनाव हारिहालेँ । त्यसपछि कटारीमा रहेको एक नीजि विद्यालयको बस चलाउँदै जनताको सेवा जुट्न थाले । दिनभरी कटारीमा स्कुलको बस चलाउँथ्ये । बेलुका घर गएर जनताका समस्या बुभ्mने र समाधानको उपायहरु खोजिरहथ्येँ ।’
राजनीति र सवारी चालकको पेशालाई एक रथका दुई पाङ्ग्रा बनाउने कटुवालको विवाहा २०६७ सालमा जनयुद्धकर्मी जिमला पौडेल कमरेड मिनासँग भयो । उहाँकी जीवन संगिनी कमरेड मिना अहिले माओवादी केन्द्र उदयपुरको जिल्ला कमिटी सदस्य हुनुहुन्छ । कमरेड मिना र कमरेड बाँसका दुई सन्तान छन् ।
उहाँ भन्नुहुन्छ, ‘मैले जसरी जीवनमा लामो समय ड्राइभिङ गर्दा उकालो–ओरालो, घुम्ती र भनज्याङ, पिच रोड र अफरोडमा ट्राफिक नियमको पालना गर्दै सवारीलाई गन्तव्यमा पु¥याएको थियो । त्यसैगरी कटारी नगरपालिका–१२ को वडा सरकारलाई संविधानमा रहेका ऐन, नियम, कानुनहरुको पालना गर्दै माओवादी केन्द्रको परिकल्पना अनुसार शिखरमा पु¥याउने छु । कटारी नगरपालिकाका जम्मा १४ वटा वडा मध्ये १२ नम्वरलाई नमुना बनाउने छु ।’