कटारी । कटारी नगरपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को संयुक्त चुनावी गठबन्धन रहेको छ । त्यही गठबन्धनबाट कटारी नगरपालिका ४ मा माओवादी केन्द्रकी नेतृ मुनाकुमारी कटुवालको नेतृत्वमा चुनावी तालमेल छ ।
जसमा वडा अध्यक्षको उम्मेदवारमा मुनाकुमारी कटुवाल, सदस्यहरुमा चन्द्रमाया खड्का, दुर्गाकुमारी दमाइ, चोकबहादुर श्रेष्ठ र सुभाष दनुवार हुनुहन्छ ।
उहाँहरुको चुनावी प्रतिवद्धता यस्तो रहेको छ । उहाँहरुले यस जनभाव दैनिकबाट शसुल्कसहित प्रकाशन गर्नु भएको छ । हेरौँ जस्ताको तस्तै ।
आदरणीय वडा नम्वर ४ निवासी आमाबुवा, दाजुभाइ, दिदिबहीनीहरुमा नमस्कार
हामी बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट स्थानीय तहको दोस्रो निर्वाचनको लागि तपाँइको घरदैलोमा आइपुगेका छौँ । तत्कालिन केपी ओली नेतृत्वको सरकारले दुई/दुई पटक प्रतिनिधिसभा विघटन गरेपछि नेपालको संविधान २०७२ च्यातिने अवस्थामा पुगेको थियो । देशलाई प्रतिगमनको बाटोमा जान भनौँ वा राजनीतिक अस्थिरताबाट जोगाउनको लागि ‘बाम लोकतान्त्रिक गठबन्धन’ बनेको कुरा सबैमा सर्वविधितै छ । यो बाम लोकतान्त्रिक गठबन्धन राष्ट्रिय आवश्यकताबाट बनेको गठबन्धन हो । त्यही गठबन्धनलाई अहिलेको चुनावमा तपाँइहरुको अमुल्य मतको आवश्यकता छ । तर्सथ यस कटारी नगरपालिकाको वडा नम्वर ४ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई हजुरहहरुको अमूल्य मत दिइ विजयी गराइदिनु हुन अनुरोध छ । हामीले हाम्रा वडाका जनताका जनजीविकासँग जोडिएका महत्पूर्ण समस्यालाई अध्ययन गरी प्रतिवद्धता पत्र लिएर आएका छाैँ ।
हाम्रा प्रतिवद्धताहरु यसप्रकार छन्ः
१.गबुँवा–त्रित्रिबोट–जुरेलीडाँडा–भगवानपुर जाने सडक निर्माणमा तत्काल पहल तथा समन्वय गरिने छ ।
२. त्रित्रिबोटबाट वैकल्पिक मार्ग हुँदै मरुवाको पारिपट्टीको भागलाई सिद्धिचरण मार्गसँग जोडिने छ ।
३. जौबारीको माथिल्लो बस्तिबाट अड्डाकुना स्कुल जोड्ने सडक निर्माणमा पहल गरिने छ ।
४. खानेपानीको आवश्यकता भएका वस्ति र घर धुरी पहिचान गरी खानेपानीको व्यवस्था गरिने छ ।
५. ककुर खोला, तावा खोला, मरुवा खोला लगायतका नदी नियन्त्रणको लागि बाँध निर्माण गर्न नगरपालिका, प्रदेश र संघीय सरकारसमक्ष पहल गरिने छ ।
६ दलित, अतिविपन्न तथा घरविहीनहरुको लागि घरको व्यवस्था गर्ने छौँ ।
७ भ्रष्टचारविरुद्ध शुन्य सहन शिलताको नीति अवलम्बन गरिने छ ।
८ वडा कार्यालयबाट प्रदान गरिने सेवामा छिटो, छरितो, प्रार्दशी तथा जनमुखी बनाइइने छ । व्यक्तिगत घटना दर्तालाई निशुल्क गरिने छ ।
९ बजार क्षेत्रभित्रका ढल नालाको दिर्घकालिन व्यवस्थापन गर्न गुरु योजना निर्माण गरी नगरपालिका, प्रदेश, संघीय सरकारसमक्ष पहल गरिने छ । हाम्रै कार्यकालमा ढल नालाको दिर्घकालिन निकाशको व्यवस्था गरिने छ ।
१० भुमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासको हकमा नापी भएको ऐलानी जग्गाको जग्गाधनी पूर्जा तथा लालपूर्जा वितरणमा निर्वाचित भएपछि तत्काल प्रक्रिया सुरु गरिने छ । साथै ब्लगमा रहेको जग्गा तथा २०५५ सालमा नापी भई जग्गा धनी पूर्जा नपाएहरुलाई जग्गा धनिपूर्जा दिलाउन तत्काल प्रक्रिया सुरु गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
११ वडाभरी रहेका सरकारी विद्यालयहरुको शिक्षामा सुधार ल्याउनको लागि विद्यालयमा देखिएका समस्याहरुको पहिचान गरी समाधान गर्न पहल गरिने छ ।
१२ कृषि क्षेत्रलाई व्यवसायिकरण गर्न कृषकहरुको समस्या पहिचान गरी समाधान गरिनेछ ।
१३ कटारीबाट त्रित्रिबोट हुँदै गबुँजा जाने सडकमा पर्ने मरुवा खोलामा पक्की पुल निर्माणको लागि नगरपालिका, प्रदेश र संघीय सरकारसमक्ष पहल गरिने छ । हाम्रो कार्यकालमा पुल निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्दछौँ ।
१४ मरुवा खोलामै पर्ने दुम्सेमा पनि पक्की पुल निर्माण पहल गर्ने र हाम्रै कार्यकालमा निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्दछौँ ।
१५ ककुरखोला, तावाखोला, मरुवा खोला नदी नियन्त्रणको लागि बाँध निर्माण गर्न नगरपालिका, प्रदेश र संघीय सरकारसमक्ष पहल गर्ने छौँ ।
१६. सामाजिक सुरक्षा भत्तामा पर्ने विधुवा भत्ता, बृद्धाभत्ता, एकल महिला भत्ता लगायतका भत्ता घर घरमै पु¥याउने प्रतिवद्धता व्यक्त गर्दछौँ । सामाजिक सुरक्षा भत्ता घर घरमा पु¥याउनको लागि बैंकको सहकार्यमा गरिने छ ।
१७ बालबालिक, महिला, जेष्ठ नागरिकको वर्षमा तीनपटक निशुल्क स्वास्थ्य परीक्षण वडा कार्यालयले गराउने प्रतिवद्धता व्यक्त गर्दछौँ ।
१८ पिछिडिएका वस्तिहरुको पहिचान गरी विशेष योजना ल्याउने छ ।
१९. वडा समितिको काम, कर्तव्य र अधिकारभित्र रहेर वडा भित्रका योजना तर्जुमा प्रणालीअनुसार बस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रीया अवलम्बन गरिने छ । बस्ती तथा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन गरी वस्ती तथा टोलस्तरीय योजनाको माग संकलन गरी प्राथमिकीकरणको आधारमा योजनाहरुको छनोट गरिने छ । टोल विकास संस्थाको गठन र परिचालन तथा वडाभित्र संचालन हुने योजनाहरूका काम चुस्त दुरुस्त बनाइने छ । वडा भित्रका योजना तथा भौतिक पुर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापनमा जोड दिइने छ ।
२० सामाजिक, आर्थिक, संस्कृतिक समानताको लागि विशेष पहल गरिने छ ।