उदयपुर । जिल्ला मालपोत कार्यालय उदयपुरमा चालु आर्थिक वर्षको ८ महिनामा ११ करोड बढी राजश्व संकलन भएको छ । लिखत पारितको शतवार्षिकीको अवसरमा आयोजित अन्तरक्रियामा फागुन मसान्तसम्ममा ११ करोड ५ लाख ७७ हजार राजश्व संकलन भएको हो ।
संकलित राजश्वमध्ये सबैभन्दा बढी रजिष्टे«शन दस्तुर र सेवा शुल्कमा ८ करोड ७७ लाख ११ हजार रहेको छ भने सबैभन्दा कम पुँजिगत लाभकर २ करोड २८ लाख ६६ हजार रहेको छ । कार्यालयमा भए गरेका कामको कार्यपत्र प्रतिवेदन प्रस्तुत गर्दै उपसचिव तथा कार्यालय प्रमुख कुमारबहादुर खड्काले पुँजिगत लाभकर संघीय सरकारको कोषमा र अन्य दस्ुतर र सेवा शुल्कवापतको राजश्व प्रदेश सरकारमा ४० र स्थानीय तहमा ६० प्रतिशत वाँडफाँट हुने बताउनु भयो ।
उहाँका अनुसार ३ करोड ५० लाख ८४ हजार प्रदेश र ५ करोड २६ लाख २७ हजार स्थानीय तहमा पठाईने छ । ८ वटा स्थानीय तह रहेको उदयपुरमा जिल्ला मालपोत कार्यालयको क्षेत्राधिकार रहेको ३÷३ नगरपालिका र गाउँपालिकालाई बाँडफाँट गरिने प्रमुख खड्काले बताउनु भयो ।
बाँकी रहेको कटारी नगरपालिका र ताप्ली गाउँपालिका मालपोत कार्यालय कटारीको क्षेत्राधिकार भित्र रहेकाले सोही कार्यालयको राजश्व वाँडाफाँट हुने छ । यसरी स्थानीय तहमा वाँडफाँट हुने राजश्व मालपोतमा स्थानीय तहको कारोबारको आधारमा गरिने छ उहाँको भनाइ छ । कार्यालयको अभिलेख अनुसार अघिल्लो आव. २०७७÷७८ मा १६ करोड ६१ लख राजश्व संकलन भएको थियो ।
त्यसमध्ये रजिष्ट्रेशन वापत १० करोड २६ लाख रुपैँया संकलन भएको जनाइएको छ । कार्यपत्रमा बैद्धिककालदेखि नै भूमिलाई राज्यको अधिनमा राखी भूमीको उपयोग गर्नेले निश्चित कर राज्यलाई बुझाउनु पर्ने प्रचलनबाट सुरु भएको इतिहास भेटिन्छ ।
कटारी मालपोतमा दिप प्रज्वलन
जग्गा प्रशासन लिखत रजिस्ट्रेशन पारित भएको सय वर्ष पुरा भएको उपलक्ष्यमा कटारी मालपोत कार्यलयले दिप प्रज्वलन गरेको छ । मालपोत कार्यलय कटारीले विहीबार एक कार्यक्रमको आयोजना गर्दै दिप प्रज्वलन गरेको हो ।
२०७८ चैत ३० गते देखी २०७९ बैशाख २ गते सम्म दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको कटारी मालपोत कार्यलयले जनाएको छ । मालपोत कार्यलय कटारीका प्रमुख र प्रमुख अतिथि कटारी नगरपालिका उपमेयर भीम कुमारी राउतले पानसमा बत्ती बालेर दिप प्रज्वलन गर्नु भएको थियो ।
नेपालको भूमी ब्यबस्था निक्कै पुरानो छ । बैदिक कालमासमेत भूमिको प्रसंग आउने गरेको पाइन्छ ।जग्गा जमिनलाई अचल सम्पतीको रुपमा स्वीकार गरिसकेपछि, हक र अधिकारका कुराहरु स्थापित हुन गयो । जग्गा जमिनको किनबेच शुरू भयो ।
१९७९ साल बैशाख १ गते देखी पोता रजिस्ट्रेशन अड्डाले जग्गा जमिनको किनबेच हुँदा रजिस्ट्रेशन गर्नु पर्ने ब्यबस्था शुरू भएकाले पोता रजिस्ट्रेशन भनेर चिनिन्छ । जग्गाको हक हस्तान्तरण औपचारिक रुपमा सुरुवात भएको एकसय वर्ष पूरा भएको अबसरमा कटारी मालपोत कार्यलयले दिप प्रज्वलन गर्दै आजको दिनलाई बिशेष पर्वको मनाएको कटारी मालपोत कार्यलय कटारीका प्रमुख नेत्रराज भण्डारीले बताउनु भयो ।
नेपालमा ऐतिहासिक कलदेखि नै औपचारिक तथा अनौपचारिक तवरबाट जग्गा प्रशासन सम्बधी काम कारबाही हुँदै आएको पाइन्छ । कटारीका सरकारी कार्यलयका प्रतिनिधि र लेखापढी ब्यबसाहीसमेतको उपस्थितिमा कार्यलय परिसरमा दिप प्रज्वलन गरिएको थियो ।